युरोपका ६ देशमा प्रदर्शन चर्कियो, इटालीमा विद्यालय कब्जा र ग्रिसमा संसद्अघि धर्ना

काठमाडौं, कात्तिक २ । बढ्दो शैक्षिक खर्च, बेरोजगारी, महँगो आवास र शिक्षा क्षेत्रमा सरकारी लगानीको विरोधमा युरोपका ६ देशमा प्रदर्शन चर्किएको छ। फ्रान्स, इटाली, स्पेन, ग्रिस, बेल्जियम र अल्बानियामा विद्यार्थी तथा विभिन्न समूहले प्रदर्शन गरेका छन्। फ्रान्समा विद्यालयको जीर्ण अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध १४० सहरमा प्रदर्शन भएको समाचारमा उल्लेख छ। करिब ८ लाख मानिस सहभागी भएको दाबी गरिएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटना भएका छन्। १८ अक्टोबरसम्म करिब १ हजार ८ सय जना पक्राउ परेको विवरण सार्वजनिक भएको छ। इटालीमा विद्यार्थीहरूले शिक्षामा सरकारी लगानी बढाउन, जीर्ण विद्यालय सुधार गर्न र शैक्षिक खर्च घटाउन माग गर्दै रोम र ट्युरिनसहित विभिन्न सहरका विद्यालयमा कब्जा जमाएका छन्। उनीहरूले ३० अक्टोबरमा राष्ट्रव्यापी हड्ताल गर्ने घोषणा गरेका छन्। स्पेनमा महँगो घरभाडा र आवास अभावविरुद्ध प्रदर्शन भइरहेको छ। राजधानी म्याड्रिडसहित विभिन्न सहरमा प्रदर्शनकारीले भाडा नियन्त्रण, घरबाट निकाल्ने कार्य रोक्न र सस्तो सरकारी आवास निर्माण गर्न माग गरेका छन्। ग्रिसको राजधानी एथेन्समा विद्यार्थीहरूले होस्टेल अभाव, बढ्दो भाडा र अध्ययन खर्चको विरोधमा संसद्अघि टेन्ट टाँगेर धर्ना दिएका छन्। उनीहरूले सरकारी होस्टेल निर्माण, छात्रवृत्ति वृद्धि र विश्वविद्यालयको बजेट बढाउन माग गरेका छन्। बेल्जियमको राजधानी ब्रसेल्समा शिक्षा बजेट कटौतीविरुद्ध भएको प्रदर्शनका क्रममा केही प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको विवरणमा उल्लेख छ। प्रदर्शनका क्रममा १५० जना पक्राउ परेको समाचारमा जनाइएको छ। अल्बानियाको राजधानी तिरानामा विद्यार्थी तथा युवाले महँगो शिक्षा, बेरोजगारी, भ्रष्टाचार र विश्वविद्यालयको कमजोर अवस्थाविरुद्ध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले प्रधानमन्त्री एडी रामाको राजीनामा माग गरेका छन्। प्रदर्शनका क्रममा ढुङ्गामुढा, तोडफोड र आगजनीका घटना भएको विवरण सार्वजनिक भएको छ। छ देशमा देखिएको प्रदर्शनमा शिक्षा क्षेत्रको अवस्था सुधार, सरकारी लगानी वृद्धि, सस्तो आवास र रोजगारीका अवसर विस्तार प्रमुख मागका रूपमा उठेका छन्।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

What Red Bull needs to pass McLaren at the United States Grand Prix - Motorsport.com
What Red Bull needs to pass McLaren at the United States Grand Prix Motorsport.com

What Will Happen to the Oil Price Over the Next Few Quarters? - Rigzone
What Will Happen to the Oil Price Over the Next Few Quarters? Rigzone

JPMorgan Expands JPM Coin to Ethereum for Institutions - Finanzen.net
JPMorgan Expands JPM Coin to Ethereum for Institutions Finanzen.net

ESPN's John Buccigross: Red Wings will trade Dylan Larkin this week
ESPN NHL analyst John Buccigross said Friday he thinks the Detroit Red Wings will trade center Dylan Larkin in the next seven to 10 days.

