अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपभरि सैन्य आक्रमण रोक्न आग्रह गरेको बताएका छन् । उनले गत साता चीनमा भएको भेटका क्रममा पुटिनसँग यस विषयमा छलफल गरेको र यसले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौताका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा रुस र युक्रेनबीच चाँडै सम्झौता हुन सक्ने बलियो सम्भावना रहेको बताए । यद्यपि, उनले कुन भूभागमा सैन्य आक्रमण रोक्ने भन्ने स्पष्ट पारेका छैनन् । विशेषगरी, सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेको युक्रेनको नाम ...
युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा ट्रम्प, पुटिनलाई आक्रमण रोक्न आग्रह

Read Complete Original Article
Published originally on फरकधार






