Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

युक्रेनमा रुसी बमबारी : मानवीय सहायता केन्द्रमा २६ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेनमा रुसी बमबारी : मानवीय सहायता केन्द्रमा २६ जनाको मृत्यु
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १७ । युक्रेनको दक्षिणी जापोरिझा क्षेत्रस्थित एक मानवीय सहायता केन्द्रमा रुसी बमबारी हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । आक्रमणमा पाँच जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार कोमिसुभाखा गाउँमा कम्तीमा नौवटा तीन हजार किलोग्रामका हवाई बम खसालिएका थिए । क्षेत्रीय प्रमुख माइखाइलो सेमिकिनले आक्रमणबाट ठूलो जनधनको क्षति भएको जानकारी दिनुभएको छ । सुरुमा २७ जना बेपत्ता भएको बताइएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार स्थानीय विद्यालयलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग गरिएको थियो । पहिलो आक्रमणपछि मानिसहरूले आश्रय लिएको स्थानमा दोस्रो आक्रमण गरिएको उहाँले बताउनुभएको छ । सोमबार भएको आक्रमणपछि घटनास्थलमा बनेको ठूलो खाल्डो र भग्नावशेषमा उद्धार टोलीले खोजी गरिरहेको भिडियो राष्ट्रपति जेलेन्स्कीले सार्वजनिक गर्नुभएको छ । जेलेन्स्कीले सुरुमा मृतकको सङ्ख्या १८ रहेको बताउनुभएको थियो । सोमबार अबेर सार्वजनिक भिडियो सम्बोधनमार्फत उहाँले मृतकको सङ्ख्या २६ पुगेको जानकारी दिनुभएको हो । रुसी सेनाले भने घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन । राष्ट्रपति जेलेन्स्कीका अनुसार कोमिसुभाखामा रहेका स्थानीय बासिन्दाले प्रत्येक सोमबार मानवीय सहायता प्राप्त गर्दै आएका थिए । रुसी पक्ष यसबारे अनभिज्ञ हुन नसक्ने उहाँको भनाइ छ । उहाँले उक्त आक्रमणले रुस तनाव कम गर्न इच्छुक नरहेको देखाएको आरोप लगाउनुभएको छ । आक्रमणमा ज्यान गुमाएकाहरूको शोकमा मंगलबार जापोरिझा क्षेत्रमा एक दिन शोक घोषणा गरिएको छ । — बीबीसी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युवतीको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा शेयर गर्ने एक युवक काठमाडौंबाट पक्राउ
Latest NewsJust now

युवतीको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा शेयर गर्ने एक युवक काठमाडौंबाट पक्राउ

काठमाडौं । महिलाको अश्लिल भिडिओ बनाएको आरोपमा प्रहरीले कालिकोटका एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका- ३ बस्ने ३७ वर्षीय खगेन्द्र प्रसाद न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक बरम यादवले जानकारी दिए। न्यौपानेले एक युवतीको अश्लिल भिडिओ बनाएर विभिन्न व्यक्तिहरूलाई देखाउने र सामाजिक सञ्जालमा शेयर गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। पीडित युवतीको जाहेरीको आधारमा ...

केन्द्रबिन्दु
सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते
Latest NewsJust now

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

काठमाडौँ, कात्तिक १७ गते । काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार सुन्दरीजलबाट नाम्... ...

गोरखापत्र
सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति
Latest NewsJust now

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति

लुम्बिनीमा सम्पन्न डीआईजीस्तरीय बैठकले सूचना आदानप्रदान, अवैध ओसारपसार नियन्त्रण र संयुक्त निगरानी बढाउने निर्णय गरेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play