Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुग्नुभएका अध्यक्ष ढकालले दुबईमा युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो आग्रह गर्नुभएको हो । सो अवसरमा नेपाल-युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको थियो । भेटमा ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डाटा सेन्टरका क्षेत्रमा उच्च सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा लगानी भित्र्याउन आग्रह गर्नुभयो । नेपालमा उपलब्ध पर्याप्त स्वच्छ ऊर्जा जलविद्युत् र नेपालको चिसो हावापानीका कारण सूचना प्रविधि तथा डाटा सेन्टर स्थापनाका लागि नेपाल अत्यन्त आकर्षक गन्तव्य बन्नसक्ने उहाँले बताउनुभएको थियो । साथै केबलकार र स्की रिसोर्ट जस्ता उच्चस्तरीय पर्यटन पूर्वाधारमा समेत लगानीको ठूलो अवसर रहेको ढकालको भनाइ थियो । नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए । आगामी वर्ष सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीका अवसरमा विशेष समारोह आयोजना गर्ने मन्त्री अल जेउदीको सोचको ढकालले स्वागत गर्नुभयो । स्वर्ण जयन्तीको अवसर पारेर दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउन सरकारी तथा निजी क्षेत्रबीच उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिनुपर्ने विषयमा समेत ढकालले जोड दिनुभयो । उहाँले लगानीकर्तालाई नीतिगत र नियमनकारी स्पष्टतासहित विश्वास दिलाउन द्विपक्षीय लगानी सम्झौता (बिआइए) तथा दोहोरो कर मुक्ति सम्झौता जस्ता कानुनी आधारलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले फ्लाई दुबईले युएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि पहल गरिदिन अनुरोध गर्नुभयो । भैरहवामा सिधा उडान सुरु भएमा युएईलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग प्रत्यक्ष जोड्ने महत्त्वपूर्ण प्रवेशद्वार बन्ने ढकालको भनाइ थियो । आगामी स्वर्ण जयन्ती वर्ष सन् २०२७ ले नेपाल र युएईबीच साझा समृद्धि र बलियो आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनआरएनए नवौँ मध्यपूर्व सम्मेलनको अन्तिम तयारी
Latest NewsJust now

एनआरएनए नवौँ मध्यपूर्व सम्मेलनको अन्तिम तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्व-अध्यक्षसहितको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग भेटवार्ता गरेको छ । भेटका क्रममा कतारको दोहामा आगामी डिसेम्बर ११ र १२, २०२६ मा आयोजना हुने ‘नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६’ मा प्रमुख आतिथ्यताका लागि सभामुख अर्याललाई निमन्त्रणा हस्तान्तरण गरिएको छ । प्रतिनिधिमण्डलमा पूर्व- अध्यक्षहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. बद्री केसी, आरके ...

हिमालय टाइम्स
एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने
Latest NewsJust now

एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने

काठमाडौं । कनेक्टिङ फर प्रोस्पेरेटी भन्ने नाराका साथ क्यानडाको टोरन्टोमा आगामी २०२७ अप्रिल २४ र २५ मा हुने १० औँ क्षेत्रीय सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनको तयारीको नेतृत्व अमेरिकाज क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलको टिमले गरिरहेको छ । सम्मेलनलाई केवल औपचारिक भेला वा नियमित ...

हिमालय टाइम्स
‘एग्री मेक’को थप सपोर्टिङ पार्टनरमा ग्लोबल र ओविफर्ट
Latest NewsJust now

‘एग्री मेक’को थप सपोर्टिङ पार्टनरमा ग्लोबल र ओविफर्ट

काठमाडौं । कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि भन्ने नाराका साथ हुन गइरहेको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ अर्थात ‘एग्री मेक’को सपोर्टिङ पार्टनरमा ग्लोबल आइएमई बैंक र ओविफर्ट थपिएका छन । आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा दुवै संस्थाले सहकार्य गर्ने भएका हुन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले सामाजिक सञ्जालमार्फत दुवै ...

हिमालय टाइम्स
आइएमई बिग सावधिक जीवन बीमा योजना
Latest NewsJust now

आइएमई बिग सावधिक जीवन बीमा योजना

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लक्ष्मीपूजाको अवसरमा लोयल्टी बोनस सहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । बचत र जीवन सुरक्षा एकसाथ समेट्ने योजनाले बीमा लेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनसमार्फत थप लाभ प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमांक रकम, बोनस तथा लोयल्टी बोनस ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play