Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

युइएफए नेसन्स लिग: स्पेन र इंग्ल्यान्डले विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
युइएफए नेसन्स लिग: स्पेन र इंग्ल्यान्डले विजयी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत बिहीबार राति भएका खेलमा स्पेन र इंग्ल्यान्डले जित निकालेका छन् । स्पेनले चेक गणतन्त्रलाई २–० गोलले पराजित गर्दा इंग्ल्यान्डले क्रोएसियामाथि २–१ को जित दर्ता गरेको छ । नेसन्स लिगअन्तर्गत इंग्ल्यान्डले क्रोएसियालाई २–१ गोलले पराजित गरेको छ । इंग्ल्यान्डको जितमा मोर्गन रोजर्स र ह्यारी केनले गोल गरेका थिए । क्रोएसियाका लागि पेटार सुचिचले एक गोल फर्काएका थिए । पहिलो हाफमा जुड बेलिङ्घमको पासमा मोर्गन रोजर्सले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पेटार सुचिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए । तर त्यसको पाँच मिनेटपछि इंग्ल्यान्डले पेनाल्टी अवसर पायो । कप्तान ह्यारी केनले पेनाल्टीलाई गोलमा परिणत गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि इंग्ल्यान्ड विजयी भयो । यस खेलसँगै ह्यारी केनले इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानसमेत आफ्नो नाममा लेखाएका छन् । उनले १२६औँ खेल खेल्दै पिटर सिल्टनको कीर्तिमान तोडेका हुन् । यस जितसँगै इंग्ल्यान्डले समूह ‘ए’ को समूह ३ बाट क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । त्यस्तै प्रागमा भएको खेलमा स्पेनले घरेलु टोली चेक गणतन्त्रलाई २–० गोलले पराजित गरेको हो । स्पेनका एलेक्स बेनाले ३९औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि निर्धारित समयको खेल सकिएपछि थपिएको समयमा मार्क पुबिलले दोस्रो गोल गरेपछि स्पेनले सहज जित निकालेको थियो । खेलको ६९औँ मिनेटमा चेक गणतन्त्रका कप्तान लादिस्लाभ क्रेची रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो । यस जितसँगै स्पेनले प्रतियोगितामा लगातार पाँचौँ जित निकालेको छ । स्पेन यसअघि नै समूह ‘ए’ को समूह ३ बाट क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । The post युइएफए नेसन्स लिग: स्पेन र इंग्ल्यान्डले विजयी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कालीमाटीमा बढ्यो छठ लक्षित व्यापार, तस्बिरमा हेर्नुहोस्
Latest NewsJust now

कालीमाटीमा बढ्यो छठ लक्षित व्यापार, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । दसैँ र तिहार सकिएसँगै तराई–मधेससहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । छठ पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार बढेको... ...

रातोपाटी
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या
Latest NewsJust now

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो । ...

कान्तिपुर
आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक
Latest NewsJust now

आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

कैलाली । तिहारको बिदा सकिएलगत्तै कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा पर्यटकको चहलपहल बढेको छ । बिहीबार बिहानैदेखि पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको थियो। परिवार, आफन्त र साथीभाइसँग घुमफिर गर्न पुगेका पर्यटकका कारण पार्क दिनभरजसो भरिभराउ बनेको थियो । पार्कको टिकट बिक्री काउन्टरका विनोद चौधरीका अनुसार बिहीबार मात्रै २ लाख ६० हजार रुपैयाँ बराबरको टिकट बिक्री भएको हो । उनका अनुसार ...

केन्द्रबिन्दु
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
Latest NewsJust now

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन्। दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play