Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

Share:WhatsAppFacebookX (Twitter)Telegram
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा। यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ। फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो। यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिए। यातायातको सहजतासँगै पर्यटकहरू आउन थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको उनको भनाइ छ। जिल्ला सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल यात्रापछि लाङटाङ पुग्न सकिन्छ। अहिले धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न सकिने वैकल्पिक मार्ग तय गरिएको छ। गोसाईंकुण्ड गाउँपालिका–४ मा पर्ने पर्यटकीय क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाख ६६ हजार बिगो असुल
ताजा खबरJust now

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाख ६६ हजार बिगो असुल

गण्डकी । कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा २३ पुरुष र नौ महिला छन् । उनीहरूलाई कैद सजाय भुक्तान गराउन र जरिवाना असुल गर्न अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी ...

केन्द्रबिन्दु
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
ताजा खबरJust now

विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं। बडादशैँको मुख्य दिन विजयादशमीका अवसरमा आज बिहानैदेखि देशभर हर्षोल्लासका साथ मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०:२६ बजेको समयलाई टीका लगाउने उत्तम साइतका रूपमा सार्वजनिक गरेको थियो। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र पहेँलो जमरा लगाउने परम्परा छ। शास्त्रीय ...

नेपालन्युज
मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आएकालाई टीका
ताजा खबरJust now

मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आएकालाई टीका

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), कात्तिक ४ गते । हिन्दू धर्मालम्बीहरूको पवित्र तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शनका लागि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play