यस्तो छ यसपालिको विजया दशमीको टीकाको उत्तम साइत

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ सालको विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ। अंग्रेजी पात्रोअनुसार उक्त दिन अक्टोबर २१, २०२६ मा पर्छ। समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ। साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय उत्तम रहेको समितिले जनाएको छ। टीका लगाउँदा पश्चिम फर्किनुपर्ने पनि जनाइएको छ। विजया दशमीका दिन उत्तम साइतमा टीका लगाउन चाहनेहरूले तोकिएको समयमा टीका लगाउन सक्नेछन्। यद्यपि, साइतमै टीका लगाउन सम्भव नभए पनि दिनभर मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्न सकिनेछ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

राजदेवी मन्दिरमा करिब १५ हजारभन्दा बढी बोका बलि दिइयो
जनकपुरधाम । जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि दिएको छ । बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको... ...

भ्रष्टाचार आरोपमा बंगलादेशका पूर्व वायुसेना प्रमुख कतारमा पक्राउ
ढाका – बंगलादेशका पूर्व वायुसेना प्रमुख एयर भाइस मार्सल (सेवानिवृत्त) शेख अब्दुल हन्नान कतारमा पक्राउ परेका छन् । भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा रहेका उनलाई ३ दिनअघि कतारी प्रहरीले पक्राउ गरेको बंगलादेशको भ्रष्टाचारविरोधी आयोग (एसीसी) ले जनाएको छ । आयोगका सचिव सैदुर रहमान खानका अनुसार इन्टरपोलले इमेलमार्फत हन्नान पक्राउ परेको पुष्टि गरेको हो । आयोगले आईतबार […] ...

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु
सुडान । दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ । मृतकमध्ये घर फर्कनका लागि ट्रक चढ्ने प्रतीक्षामा रहेका यात्रुहरू धेरै रहेको एक चिकित्सक स्रोत र प्रत्यक्षदर्शीले... ...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा
लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाएका छन्। उनले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्। खानले लुम्बिनीको विकास, संरक्षण र प्रवद्र्धनका लागि स्थानीय भावना बुझ्ने, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्... ...


