यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ८० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८० रुपैयाँ र सानो (टनेल) गोलभेडा ९० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८३ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै बन्दा (लोकल) ४५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ४० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ, डल्लो भन्टा ७० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ तथा घिउ सिमी (लोकल) ८० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ रहेको छ । त्यसैगरी टाटे सिमी १०० रुपैयाँ, भटमासकोसा ८० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लौका ६० रुपैयाँमा कारोबार भइरहेको छ । रायोको साग १०० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २५० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ । यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १५० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी
सरकारले सात दशक पुरानो प्रहरी ऐनलाई विस्थापन गरी समयसापेक्ष र व्यावसायिक संगठन निर्माणका लागि नयाँ प्रहरी विधेयक अगाडि बढाएको जनाएको छ । ७१ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले सरुवा–बढुवालाई प्रणालीगत बनाउँदै हाकिमलाई रिझाउने प्रवृत्तिको अन्त्य गरिने र सेवा अवधिसम्बन्धी विषयमा समेत समयानुकूल परिमार्जन गरिने घोषणा गरेका हुन् । शुक्रवार आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण तथा ७१ ...

राजनीतिक यात्रामा धेरैपटक ढलेको छु, अप्ठ्यारोमा साथ दिनेको महत्व हुन्छ : गगन थापा
‘म कैंयन पटक कमजोर हुँदा, तल पर्दा, अप्ठ्यारोमा पर्दै गर्दा मलाई किञ्चित केही नसोचिकन तपाईंहरूको निरन्तर मसँग शुभेच्छा रहेको छ,’ थापाले भने, ‘आशिर्वाद रहेको छ । स्नेह रहेको छ । त्यसका निम्ति मैले बोलेर आभार प्रकट गरेर पुग्दैन ।’ ...

कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दशैँपछि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्व पीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन ...

सहोदर घिमिरे दाजुभाइ कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित
३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकै घरका दुई दाजुभाइ निर्वाचित भएका छन् । कांग्रेस नेता किरणकिशोर घिमिरे र कमलकिशोर घिमिरे पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । किरणकिशोर खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदा कमलकिशोर भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । किरण र कमल ‘जयतु संस्कृतम्’ आन्दोलनका सेनानी ऋषिराम शर्मा घिमिरेका छोराहरू… ...


