यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

काठमाडौंं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ । “आगामी शुक्रबारसम्म देशका विभिन्न भूभागमा मौसममा बदली हुने तथा वर्षा र हिमपातको पनि सम्भावना छ, आज हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ,” उनले भने, “आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।” महाशाखाका अनुसार मङ्गलबार कोशी, मधेस, बागमती र गण्डकीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । सो अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । बुधबारदेखि शुक्रबारसम्म पनि देशका हिमाली तथा पहाडी भूभागमा बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । बिहीबार र शुक्रबार पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । महाशाखाले मौसमसम्बन्धी पूर्वानुमानलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ । वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई मौसमको अद्यावधिक सूचना लिएर आवश्यक तयारी गर्न महाशाखाले अनुरोध गरेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु
काठमाडाैँ। पाकिस्तान प्रशासित काश्मीरको मुजफ्फराबादको बाहिरी क्षेत्रमा यात्रु बोकेको जीप पहाडी सडकबाट करिब एक हजारदेखि एक हजार पाँच सय फिट तल खस्दा सात जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका... ...

सिक्किमको पाल्जोर स्टेडियममा गुञ्जिदै नेपथ्य
लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ। त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ (कात्तिक १४) मा नेपथ्य गुञ्जिन लागेको छ। सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो। भारतको ८० औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्र... ...

जाडोमा रुघाखोकी र सङ्क्रमणबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउने ५ पेय पदार्थ
काठमाडौँ । रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी) भन्नाले शरीरले रोगहरूसँग कति समयसम्म लड्न सक्छ भन्ने बुझाउँछ। यदि तपाईं बारम्बार बिरामी पर्नुहुन्छ वा बिरामी भएपछि चाँडै निको हुनुहुन्न भने त्यो शरीरको इम्युनिटी कमजोर भएको... ...

वैधानिकताको फैसलाअघि पराजित र असन्तुष्ट नेता फर्काउने कसरतमा देउवा समूह
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गरेर आगामी ४ वर्षे कार्यकालका लागि गगन थापाको सभापतित्वमा २३१ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ... ...


