Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

यति पेन्ट्स उत्कृष्ट करदाताका रुपमा सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
यति पेन्ट्स उत्कृष्ट करदाताका रुपमा सम्मानित
Photo / Coverage: पर्दाफास

पेन्ट्स उत्पादक स्वदेशी कम्पनी यति पेन्ट्स प्रालि आन्तरिक राजस्व कार्यालय हेटाौडा, मकवानपुरबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८१।८२ को आय विवरण अनुसार कार्यलयको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको भन्दै कम्पनीलाई सम्मान गरिएको हो । १५ औं राष्ट्रिय कर दिवस २०८३ को अवसरमा कम्पनीलाई सम्मानपत्र प्रदान गरिएको हो । यति पेन्ट्सले यसअघि आर्थिक वर्ष २०७९।८० मा पनि उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको थियो । उत्कृष्ट करदाता बन्न सफल हुनुले कम्पनीको व्यावसायिक पारदर्शिता, करप्रतिको जिम्मेवारी र राज्यप्रतिको दायित्वलाई थप पुष्टि गरेको यति पेन्ट्सका अध्यक्ष झलक बहादुर केसीले जानकारी दिए । सम्मान ग्रहणपछि अध्यक्ष केसीले उत्कृष्ट करदाता बनेर राज्यलाई आर्थिक रूपमा सहयोग गर्न पाउादा खुसी लागेको बताए । व्यवसाय सञ्चालनसागै राज्यप्रतिको दायित्व पूरा गर्नु प्रत्येक उद्यमी तथा व्यवसायीको जिम्मेवारी भएको उल्लेख गर्दै उहााले कर तिर्ने संस्कृतिको विकासले मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्ने बताए । समयमै पारदर्शी रुपमा कर तिरेर देशको विकासमा योगदान गर्न पाउनु गर्वको विषय भएको महाप्रवन्धक श्रीहरि मास्केले बताए । राज्यका तर्फबाट प्राप्त सम्मानले देशको विकासका लागि कर तिर्न थप प्रोत्साहन मिलेको मास्केको भनाई छ । स्वदेशी लगानीमा सञ्चालित यति पेन्ट्सले नेपाली बजारमा आफ्ना उत्पादन विस्तार गर्दै आएको छ । कम्पनीले गुणस्तरीय उत्पादन र व्यावसायिक सेवासागै राज्यलाई नियमित कर योगदान गर्दै आएको जनाएको छ । राज्यबाट प्राप्त सम्मानले स्वदेशी उद्योगहरूलाई कर अनुपालन, व्यावसायिक पारदर्शिता र जिम्मेवार उद्यमशीलताका लागि थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै
OthersJust now

काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै

मारवाडी समुदायको कला, संस्कृति, परम्परा, वेशभूषा तथा खानाका परिकारको संरक्षण, प्रदर्शन र प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘मारवाडी महोत्सव २०८३’ आयोजना हुने भएको छ । प्रेस्टिज इभेन्ट्स मारवाडी समाजको आयोजनामा आगामी मंसिर १२ गते शनिबार काठमाडौंको भृकुटीमण्डप बगैँचा क्षेत्रमा एकदिने महोत्सव आयोजना गर्न लागिएको हो । आयोजकले पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिँदै नेपालमा लामो समयदेखि बसोबास गर्दै आएको मारवाडी समुदायको मौलिक पहिचान, कला, ...

पर्दाफास
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री बालेनको आह्वान
OthersJust now

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री बालेनको आह्वान

प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै दुई देशबीच भएका समझदारी र अघि बढाइएका पूर्वाधार आयोजनाबाट नागरिकले प्रत्यक्ष आर्थिक तथा सामाजिक लाभ पाउनुपर्ने बताएका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले नेपाल र भारतबीच शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप ...

पर्दाफास
राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी
OthersJust now

राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

राउटे समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, ज्ञान र परम्परागत सीप तथा कलाको पहिचान संरक्षण गर्दै उनीहरूको चाहना र आवश्यकताअनुसार जीवनस्तर उकास्न सरकारले विशेष कार्यक्रम अघि बढाउने तयारी गरेको छ । समुदायको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकता पहिचान गरी आवास, शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक आत्मनिर्भरताका अवसर विस्तार गर्न विशेष अध्ययन कार्यदल गठन गर्ने पहलसमेत अघि बढाइएको छ । मंसिर ६ ...

पर्दाफास
प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डीबी सुनारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ आयामबाट परिभाषित गर्न महत्वपूर्ण सन्देश दिने बताएका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमणबारे धारणा राख्दै उनले नेपाल–भारत सम्बन्धमा अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकाबारे उठ्ने प्रश्न र आरोपहरूलाई चिर्न भ्रमण महत्वपूर्ण हुने बताए । उनले भने, ‘नेपाल र भारतको सम्बन्धमा इन्टरनेसनल फ्याक्टरहरूले कसरी भूमिका निर्वाह गरिरहेका छन् ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement