म्यानेजर र क्लब नेतृत्वसँगको भेटपछि मार्टिनेजले माफे मागी

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका रक्षक लिस्यान्ड्रो मार्टिनेजले क्लबप्रति गरेको आलोचनाको बारेमा माफी मागेका छन् । क्लबको रोलक्रमको बारेमा आलोचना गरेका मार्टिनेजले बिहीबार मुख्य प्रशिक्षक माइकल क्यारिकलगायत पदाधिकारीहरू भेटेका थिए । उनले गत मंगलबार च्याम्पियनस लिगअन्तर्गत स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्धको हारपछि आलोचना गरेका थिए । मार्टिनेजले भेटपछि आफूले बोलेका कुरा उचित नरहेको बताउँदै माफी मागेका हुन् । “मैले क्लब नेतृत्व र म्यानेजरसँग भेटे । उहाँहरूसँग मेरो सकारात्मक कुरा भयो । म फुटबललाई अन्तरमनदेखि माया गर्ने खेलाडी हुँ । हारको दबाबका कारण मैले त्यस्तो बोलेँ । र, मैले पुनः विचार गर्दा ती कुराहरू उचित लागेन । म माफी माग्छु,” मार्टिनेजले भने । उनले २–० ले पराजित भएको उक्त खेलपश्चात् अन्तर्वार्तामा टोलीका फुटबल निर्देशक जेसन विल्कक्सलाई इंगित गर्दै क्लबले युरोपमा चुनौती पेस गर्ने सक्ने टिमको लागि नयाँ र अब्बल खेलाडीहरू भित्र्याउनुपर्ने बताएका थिए । उनले माफी माग्दै टिम अहिले लक्ष्य पूरा गर्न केन्द्रित रहेको धारणा राखे । हाल प्रिमियर लिगमा टोली १३औँ स्थानमा छ । आइतबार टोलीले लिगअन्तर्गत सातौँ स्थानमा रहेको लिड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्ने तालिका छ । टोलीले यस वर्ष प्रतियोगितामा गरेका सुरुआत ४० वर्षयताकै खराब सुरुआत रहेको बताइएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैँमा ओइरिने प्रश्न: बिहे कहिले ?
साँच्चै भन्ने हो भने मलाई आजकल चाडबाड नआइदिए जस्तो हुन्छ । आइदिए पनि आफ्नै घरको चार किल्लाभित्र मात्रै अटाइदिए हुन्थ्यो जस्तो लाग्छ । यो इष्टमित्र आफन्तकोसम्म पुग्नुपर्ने लेठोले मलाई सारै... ...

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
वीरगञ्ज । हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार गर्ने भएको छ । पहिलो चरणमा त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मितेरी पुलदेखि गण्डक चोकसम्मको आठ किलोमिटर सडक विस्तारका गर्न उक्त कार्यालयले बोलपत्र आह्वान गरेको छ । मितेरी पुलदेखि घण्टाघरसम्म र त्यहाँबाट गण्डक चोकसम्मको बाटो स्तरोन्नतिका निम्ति बोलपत्र आह्वान भएको हो । उक्त कार्यालयका इन्जिनियर दुर्गा प्रसादका अनुसार इदगाह चोकदेखि पावर हाउससम्म चार लेन ...

क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
काठमाडौं । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको सिरिज अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दैछ । ओमानको अल अमेरात स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । विश्वकप लिग–२ को शिर्ष चारमा परेर विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा सिधै छनौट हुने सम्भावना सकिए पछि नेपाल अहिले एकदिवसीय मान्यता ...

मौलिकता खोज्दै हिँडेको दसैँ
समय बदलियो, समाज बदलियो, तर सम्झनामा बसेको दसैँ अझै उस्तै छ । पहिलेको जस्तो मौलिकता बोकेको दसैँ आज कहाँ छ र ? दसैँ आउनु भनेको केवल पात्रोमा रातो अक्षरले लेखिएका... ...


