म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै गोठ ल्याएको बताए । विदेशबाट फर्किएर ३५ वटा भैँसी पालेका उनका अनुसार हाल मकै भित्र्याएको बारीमा राखिएको गोठ कोदो भित्र्याएपछि मङ्सिरमा बेँसीको फाँटमा झार्ने चलन छ । पोषिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेँडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन् । गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहल बढेको गुर्जाका राजिन छन्त्यालले बताए । पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन् । ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन् । महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुन्छ । हिमाली क्षेत्रको बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ, बलिया र दुधालु हुने धौलागिरि–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताए । खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा गोठ लैजाने गरिन्छ । धौलागिरिको गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ, रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख, राम्चेका किसानले घुम्ती गोठमा परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने चलन छ । युवा पुस्ताले बेवास्ता गर्दा र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा गरिने पशुपालन सङ्कटमा परेको धौलागिरि गाउँपालिका–४ का कीर्तबहादुर घर्तीले बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सामान्य प्रशासनमन्त्री रावल कात्तिक ९ गते चितवन जाँदै
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मंसिर ९ गते बिहान चितवन भ्रमणमा जाने भएकी छन् । भ्रमणका क्रममा मन्त्री रावलले भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारी पीडितका गुनासा र भूमि व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ । यस्तै भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। मन्त्रालयबाट हालसम्म भएका काम, आगामी योजना तथा नागरिकका गुनासा ...

दसैँ मनाएर काठमाडौँ फर्किनेको लर्को
काठमाडौं । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका छन् । यात्रुहरू फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । घरबाट फर्किने यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती, तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी ...

दुर्व्यसनविरुद्ध कावासोतीका तीन युवा मेची–महाकाली साइकल यात्रामा
युवालाई दुर्व्यसनबाट टाढा रहन र नियमित व्यायाम गर्न प्रेरित गर्ने उद्देश्यले उनीहरूले नेपाल–भारत सीमा क्षेत्रबाट यात्रा थालेका हुन्। ...

दसैँ मनाएर फर्किने यात्रुको चाप बढ्दै, नाकामा सवारीको लर्को
काठमाडौं।दसैँको बिदा सकिएसँगै काठमाडौं उपत्यका फर्किने यात्रुहरूको संख्यामा वृद्धि भएको छ। यात्रु र सवारीसाधनको चाप बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारीसाधनको लर्को देखिन थालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा-कलङ्की, जडीबुटी-कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली-फर्पिङ सडकखण्डमा सवारीसाधनको चाप उच्च बनेको छ। दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका थिए। बिदा सकिएपछि उनीहरू ...


