म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी। म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्। शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन्। पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ। धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै गोठ ल्याएको बताए। विदेशबाट फर्किएर ३५ वटा भैँसी पालेका उहाँका अनुसार हाल मकै भित्र्याएको बारीमा राखिएको गोठ कोदो भित्र्याएपछि मङ्सिरमा बेँसीको फाँटमा झार्ने चलन छ। पोषिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेँडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन्। गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहल बढेको गुर्जाका राजिन छन्त्यालले बताए। पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन्। ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन्। महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुन्छ। हिमाली क्षेत्रको बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ, बलिया र दुधालु हुने धौलागिरि–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताए। खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ। ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा गोठ लैजाने गरिन्छ। धौलागिरिको गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ, रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख, राम्चेका किसानले घुम्ती गोठमा परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन्। बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने चलन छ। युवा पुस्ताले बेवास्ता गर्दा र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा गरिने पशुपालन सङ्कटमा परेको धौलागिरि गाउँपालिका–४ का कीर्तबहादुर घर्तीले बताए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला
• दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजना हुने भएको छ। • प्रतियोगितामा ११ टोली सहभागी हुनेछन् र ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ। • कर्णाली प्रदेशले १० हजार दर्शक क्षमताको सुविधासम्पन्न रंगशाला निर्माण गरिसकेको छ, जहाँ उद्घाटन र समापन समारोह हुने छ। ...

युक्रेनमा स्टारलिंक र स्टारसिल्डको गति सामान्य अवस्थामा फर्किएको दाबी
काठमाडौँ। युक्रेनका रक्षामन्त्री येभेनी खमाराले स्टारलिंक र यसको सैन्य संस्करण स्टारसिल्डको सञ्चार गति प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी पुगेको बताएका छन्। एक साताभन्दा लामो समयदेखि सेवा सीमित हुँदा युक्रेनी सेनाको सञ्चार... ...

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
मुस्ताङ, कात्तिक ७ गते । हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । दसैंअघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसु... ...

मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने
जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ। विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधबारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो। गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ। हाललाई देशको मौसम स्थिर र... ...


