म्याक्स टाइगरको ‘दशैँ धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

काठमाडौँ । दशैँको रौनक सँगै म्याक्स टाइगरको ‘दशैँ धमाका’ भने रोकिएको छैन । कसैको हातमा मोटरसाइकलको चाबी, कसैको घरमा नयाँ स्कुटरको खुसी । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ । अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन् । अझ रोचक कुरा त के छ भने, सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ । यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका छन् । म्याक्स टाइगरको एक क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले दुवै विजेताको दशैंलाई विशेष बनाएको छ । जीवनमै पहिलोपटक यति ठूलो पुरस्कार हात पारेका नरबहादुर ठोकरका लागि यो जित अझ स्मरणीय बनेको छ । सामान्य रूपमा खरिद गरिएको एक क्यान इनर्जी ड्रिंकले उनलाई नयाँ स्कुटरको विजेता बनाएको छ । दशैंको उत्सवसँगै जोडिएको यो अप्रत्याशित खुसीले उनको चाडपर्वलाई थप यादगार बनाएको छ । यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए । त्यस्तै, सुर्खेतका किशोर जंग शाह यामाहा रे जेडआर स्कुटरको विजेता बनेका थिए । पछिल्ला दुई विजेता थपिएसँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानमा पुरस्कारको आकर्षण अझै कायम छ । अभियानअन्तर्गत कुल १८ भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । त्यसमाथि एक जना महाभाग्यशाली उपभोक्ताको भाग्यमा हुनेछ बम्पर पुरस्कार प्रोटोन कार पाउनेछन । पाँच विजेता सार्वजनिक भइसके पनि अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कारको पुरस्कार बाँकी छ । यसले आगामी विजेता को बन्ला भन्ने उत्सुकतालाई थप बढाएको छ । बनेपादेखि बुटवल, धादिङदेखि धनगढी र सुर्खेतसम्म पुगेको म्याक्स टाइगरको पुरस्कार अभियानले विभिन्न स्थानका उपभोक्ताको उत्सवमा नयाँ उत्साह थपेको छ । एकपछि अर्को विजेता सार्वजनिक भइरहँदा अभियानप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ । दशैंको उत्साहलाई ऊर्जा र आकर्षक पुरस्कारसँग जोड्ने उद्देश्यले सुरु गरिएको यस अभियानले उपभोक्तालाई उत्सव मनाउने थप अवसर प्रदान गरिरहेको छ । स्कुटर र मोटरसाइकलका थप विजेतासँगै सबैको प्रतीक्षामा रहेको प्रोटोन कारको बम्पर पुरस्कारले आगामी दिनमा अभियानलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । हरेक क्यानमा ऊर्जा, हरेक जितमा नयाँ उत्साह ! म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ ले उपभोक्ताका लागि यो चाडपर्व पुरस्कार, खुसी र अविस्मरणीय अनुभवको उत्सव बनाइरहेको छ ।
Read Complete Original Article
Published originally on अर्थ सरोकार
Related News

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
काठमाडाैँ। विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित परिवार लालपुर्जा पाएसँग जग्गाधनी बनेका छन्।... ...

धनुषाधाममा आगलागी हुँदा ९ लाखको धनमाल क्षति
जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–९ मा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ११ः३० बजे स्थानीय देवकुमारी बरालको घरमा आगलागी... ...
.jpeg)
नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ
काठमाडौँ, असोज ३० गते । सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताउनुभएको छ । छयालिसौँ विश्व खाद्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कृषि विज्ञहरु... ...

फागुन १ देखि नेपाल फुटबल लिग, चार महिना होम एन्ड अवेमा प्रतिस्पर्धा हुने ,
• नेपाल फुटबल लिग (एनएफएल) आगामी फागुन १ गतेदेखि चार महिनासम्म सञ्चालन हुने भएको छ। • लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसीसहित नयाँ टोलीले प्रतिस्पर्धा गर्नेछन्। • लिगलाई निष्पक्ष रूपमा सञ्चालन गर्न स्वतन्त्र समिति गठन गरिनेछ र नेपाली फुटबललाई व्यावसायिक बनाउने लक्ष्य राखिएको छ। ...


