Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मौसम क्रमिक सुधार हुँदै, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

मौसम क्रमिक सुधार हुँदै, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
मौसम क्रमिक सुधार हुँदै, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भने कायमै रहेको छ । हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि सामान्य वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, आइतबार राति पनि देशभर आंशिक बदली रहने अनुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । The post मौसम क्रमिक सुधार हुँदै, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

हेर्नुहोस् साताका ७ तस्बिर
ताजा खबरJust now

हेर्नुहोस् साताका ७ तस्बिर

काठमाडौँ । गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार - दसैँपछि काठमाडौँ फर्किने यात्रुको चहलपहल बढ्यो । सोमबार... ...

रातोपाटी
कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने
ताजा खबरJust now

कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे आज विशेष सम्बोधन गर्ने भएका छन्। १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेपछि पहिलो पटक पत्रकार सम्मेलनमार्फत उनले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय स्रोतका अनुसार ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज दिउँसो २ बजे सम्बोधन कार्यक्रम तय गरिएको छ। सम्बोधन गर्नुअघि ...

नेपालन्युज
बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास हुँदै
ताजा खबरJust now

बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास हुँदै

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास भइरहेको छ।  तर अहिलेसम्मको मौसम विश्लेषणअनुसार  त्यसले नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन। यद्यपि नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको छ र आवश्यकताअनुसार थप अद्यावधिक सूचना जार... ...

नेपालखबर
कालीमाटीमा सबैजसो तरकारीको भाउ बढ्दा च्याउको घट्यो
ताजा खबरJust now

कालीमाटीमा सबैजसो तरकारीको भाउ बढ्दा च्याउको घट्यो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज काउली, गोलभेँडा, गाँजर, मुला, बन्दा, भन्टा, करेला, सागसहित सबैजसो तरकारीको भाउ बढेको छ। तर च्याउसहितका तरकारी भने सस्तिएको छ।  कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो थ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play