भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा भारत नेपालका लागि वर्षौंदेखि विश्वसनीय साझेदार रहँदै आएको बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटवार्तापछि मोदीले यस वर्ष तेल आपूर्तिसँग सम्बन्धित गम्भीर चुनौतीका बाबजुद पनि नेपाललाई इन्धन, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर राखेको बताएका हुन्। भारतको ‘छिमेकी पहिलो’ नीतिको भावनाअनुसार नेपाललाई आवश्यक वस्तुको आपूर्ति सुनिश्चित गरिएको उनको भनाइ छ। मोदीले सामाजिक सञ्जालमार्फत भारतले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै कठिन परिस्थितिमा पनि सहयोग जारी राखेको उल्लेख गरेका छन्।
मोदीले भने– चुनौतीका बीच पनि नेपाललाई इन्धन र मल आपूर्ति निरन्तर राख्यौँ

Read Complete Original Article
Published originally on पर्दाफास






