Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

मोडिफाइड बाइकलाई १५ हजार जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोडिफाइड बाइकलाई १५ हजार जरिवाना
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १ । ट्राफिक नियमविपरीत स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाइएका ४०१ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

ध्वनि प्रदूषण नियन्त्रण तथा सडक सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले एक साताको अवधिमा ती सवारीसाधन नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेका अनुसार कारबाहीमा पर्नेमा ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, चारवटा स्कुटर, दुई-दुईवटा डुकाटी र एमटी, एक-एकवटा डोमिनार र केटीएम ड्युक तथा आठवटा अन्य सवारीसाधन छन् ।

एसएसपी काफ्लेले सडकमा ध्वनि प्रदूषण बढाउने र अन्य सवारी चालक तथा सर्वसाधारणलाई असर पुर्‍याउने गरी मोटरसाइकल मोडिफाइ गर्ने प्रवृत्ति नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार निजी सवारीसाधन भन्दै आफूखुसी स्वरूप परिवर्तन गरेर सडकमा चलाउने प्रवृत्ति बढ्दै गएको छ । यस्तो गतिविधिले चालक स्वयंलाई जोखिममा पार्नुका साथै सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा समेत असर पुर्‍याउँछ ।

ट्राफिक प्रहरीले मोडिफाइ गरिएका मोटरसाइकल नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ । कानुनी प्रक्रिया पूरा भएपछि सवारीसाधनलाई शोरुमबाट निस्कँदाको मूल स्वरूपमा फर्काएर मात्र सम्बन्धित धनीलाई जिम्मा लगाइने काफ्लेले बताउनुभयो ।

पटक–पटक नियम उल्लंघन गर्ने पाँचदेखि १० वटासम्म मोटरसाइकल भने प्रहरीले नियन्त्रणमै राखेको छ ।

मोडिफाइ गरिएका दुईपाङ्ग्रे सवारीसाधनले निर्धारित कार्यक्षमतामा असर पार्नुका साथै दुर्घटनाको जोखिम बढाउन सक्ने उहाँको भनाइ छ । काठमाडौं उपत्यकामा हुने कुल सवारी दुर्घटनामध्ये ६० देखि ७० प्रतिशत दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित रहेको काफ्लेले जानकारी दिनुभयो ।

सडक सबैको साझा प्रयोगस्थल भएकाले प्रत्येक चालकले आफ्नो व्यवहारले अरूलाई असर पारेको छ कि छैन भन्नेमा सचेत हुनुपर्ने उहाँले बताउनुभयो । ट्राफिक नियमको पालना र जिम्मेवार व्यवहारबाट मात्रै सडक दुर्घटना न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, कसले कति जिते ?
Economy & BusinessJust now

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, कसले कति जिते ?

होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यस वर्षको दशैंको अवसरमा ल्याएको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत सातै ...

अर्थडबली
हिमाल र जैविक विविधताको खानी मर्दी, पर्यटक बढेपछि व्यवस्थापनमा चुनौती
Economy & BusinessJust now

हिमाल र जैविक विविधताको खानी मर्दी, पर्यटक बढेपछि व्यवस्थापनमा चुनौती

जापानबाट यस वर्ष दसैँतिहार मनाउन जन्मथलो फर्किएकी काभ्रेकी ज्योति खड्काले चाडपर्वलगत्तै चार दिन कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदमार्गमा बिताइन् । हिमाल, हरियाली, बादल र ...

अर्थडबली
छापबिनाको मासु बिक्री गरे कारबाही, मंगलबारदेखि उपत्यकामा कडा अनुगमन गरिँदै
Economy & BusinessJust now

छापबिनाको मासु बिक्री गरे कारबाही, मंगलबारदेखि उपत्यकामा कडा अनुगमन गरिँदै

काठमाण्डु- काठमाण्डु उपत्यकामा अब पशु स्वास्थ्य परीक्षण र मासुको गुणस्तर जाँचबाट प्रमाणित भएको मासु मात्रै बिक्री गर्न पाइने भएको छ। सरकारले लामो समयदेखि कार्यान्वयन हुन नसकेको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएसँगै मासुमा आधिकारिक छाप लगाउने व्यवस्था सुरु गरेको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयले मंसिर १ गतेदेखि काठमाण्डु, ललितपुर र भक्तपुरका […] ...

काठमाण्डुपाटी
जाडोमा अनुहारको ट्यानिङ र सुख्खापन हटाउन बेसन, दही र महको फेसप्याक, यसरी घरमै बनाउन सकिन्छ
Economy & BusinessJust now

जाडोमा अनुहारको ट्यानिङ र सुख्खापन हटाउन बेसन, दही र महको फेसप्याक, यसरी घरमै बनाउन सकिन्छ

काठमाडौं । जाडो मौसम सुरु भएसँगै चिसो हावा र वातावरणमा आर्द्रताको कमीले स्वास्थ्यसँगै छालामा पनि असर पार्न थाल्छ । विशेषगरी अनुहारको छाला सुख्खा, खस्रो र निस्तेज देखिने समस्या बढ्छ । त्यस्तै, जाडोमा घाममा लामो समय बिताउँदा अनुहारमा ट्यानिङ अर्थात् घामका कारण छालाको रङ गाढा हुने समस्या पनि देखिन सक्छ । यस्तो अवस्थामा धेरै मानिस पार्लर गएर डी–ट्यान उपचार गराउने व… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play