Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मोटरसाइकल चिप्लिएर गोकर्णेश्वरमा किशोरको मृत्यु, चालक गम्भीर घाइते

मोटरसाइकल चिप्लिएर गोकर्णेश्वरमा किशोरको मृत्यु, चालक गम्भीर घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोटरसाइकल चिप्लिएर गोकर्णेश्वरमा किशोरको मृत्यु, चालक गम्भीर घाइते

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गएराति रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ठाकुर गम्भीर घाइते भएका छन् भने मोटरसाइकलको पछाडि सवार भारत घर भई हाल तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ । जसिमलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याउँदा चिकित्सकले बाटोमै मृत्यु भइसकेको पुष्टि गरेका थिए । गम्भीर घाइते ठाकुरको नेपाल मेडिकल कलेजमा उपचार भइरहेकोमा थप उपचारका लागि सोमबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । The post मोटरसाइकल चिप्लिएर गोकर्णेश्वरमा किशोरको मृत्यु, चालक गम्भीर घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

रूसलाई वार्ताबाट टाढिन दिने कदम चाल्दिनँ : ट्रम्प
ताजा खबरJust now

रूसलाई वार्ताबाट टाढिन दिने कदम चाल्दिनँ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न शान्ति वार्ताको प्रयास गरिरहेको बताएका छन् । उनले रुसलाई वार्ताबाट टाढिन बाध्य पार्ने कुनै कदम चाल्न नचाहेको... ...

रातोपाटी
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने
ताजा खबरJust now

प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने

सुर्खेत । लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिन भित्र खुलाउनका लागि काम जारी राखिएको छ । नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समस्या भएको हो । योजना प्रमुख बेलबहादुर नेपालीले सडकमा थुप्रिएको हिउँ पन्छाउन उपकरण र जनशक्ति परिचालन गरिएको छ । मौसमले साथ दिए मङ्गलवार सम्म सडक सञ्चालनमा ल्याउने ...

अनलाइनपाना
बेनी–दरवाङको फापरखेत वैकल्पिक सडक सञ्चालनमा
ताजा खबरJust now

बेनी–दरवाङको फापरखेत वैकल्पिक सडक सञ्चालनमा

ठाकुरप्रसाद आचार्य म्याग्दी(बेनी) कात्तिक २ गते । सुख्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकको फा... ...

गोरखापत्र
विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब
ताजा खबरJust now

विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौँ ।आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। शीर्ष ६ मा रहँदै ओडीआई मान्यता जोगाउने लक्ष्यमा रहेको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण बनेको छ। ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ–१) मा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। त्रिदेशीय शृङ्खलाको सुरुआती दुई खेलमा नेपालले क्यानडा र ओमानलाई ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play