Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

मेलामा मात्रै भरिभराउ हुने गोसाइँकुण्डमा अहिले बाह्रै महिना पर्यटक

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेलामा मात्रै भरिभराउ हुने गोसाइँकुण्डमा अहिले बाह्रै महिना पर्यटक
Photo / Coverage: पर्दाफास

रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा विशेष पर्वका अवसरमा मात्र यात्रुको चहलपहल हुने गरेकामा पछिल्लो समय वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् । सडक सञ्जालको विस्तार तथा पदमार्गमा होटल र लजको सुविधा थपिएपछि जुनसुकै याममा पनि गोसाइँकुण्ड पुग्न सहज भएको स्थानीय व्यवसायी बताउँछन् । काठमाडौँबाट सदरमुकाम धुन्चेसम्म सवारीसाधनमा पुग्न सकिने भएकाले त्यहाँबाट दुई दिनको पैदलयात्रामा गोसाइँकुण्ड पुग्न सकिन्छ । काठमाडौँको सुन्दरीजल वा नुवाकोटको समुद्रटार हुँदै जाने वैकल्पिक पदमार्गबाट पनि यात्रा गर्न सकिन्छ । पदमार्गमा खानेबस्ने सुविधा सहज भएसँगै बाह्रै महिना पदयात्री आउन थालेको खेन्दीका होटल व्यवसायी सृजना घलेले बताए । पहिले विशेष मेलापर्वमा मात्र पर्यटकको चहलपहल हुने गरेकामा अहिले वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उनको भनाइ छ । धुन्चेका होटल व्यवसायी विशाल घलेका अनुसार सामान्य अवस्थामा दैनिक करिब १०० जना पर्यटक यस क्षेत्रमा आउने गरेका छन् । केही दिन यो सङ्ख्या अझ बढी हुने गरेको छ । गत भदौ १० गतेको बाढीले बाटो तथा संरचनामा क्षति पुर्‍याउँदा पर्यटक आगमन केही समय प्रभावित भए पनि अहिले जनजीवन र पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको उनले बताए । मिनी गोसाइँकुण्डमा होटल व्यवसाय गर्दै आएकी सीता देवकोटाले पनि बाढीका कारण केही समय व्यवसाय प्रभावित भए पनि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन सामान्य बन्दै गएको बताइन् । उनका अनुसार यात्राका क्रममा धैबुङको दहीचिउरा, धुन्चेको बसाइ र चन्दनबारीको प्राकृतिक सौन्दर्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ । धार्मिक विश्वासअनुसार संसारभरका देवीदेवता गोसाइँकुण्डमा बास बस्ने भएकाले त्यहाँ स्नान गर्दा सम्पूर्ण देवीदेवताको दर्शन हुने मान्यता रहेको स्थानीय समाजसेवी दावाफिन्जो तामाङ बताउछन् । पौराणिक कथनअनुसार समुद्रमन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि उत्पन्न जलन शान्त पार्न भगवान् शिवले त्रिशूलले जमिनमा प्रहार गरी निस्किएको जल पिएको र त्यही कुण्डमा शयन गरेको विश्वास गरिन्छ । त्रिशूलबाट निस्किएको जलबाट गोसाइँकुण्ड बनेको र भगवान् शिव आजसम्म पनि कुण्डमा शयन गरिरहेको धार्मिक विश्वास छ । कुण्डमा स्नान गर्दा रोगव्याधि हट्ने र घरमा सुखशान्ति मिल्ने विश्वासका साथ श्रद्धालुहरू नीलाद्री पर्वत पुगेर शिवको पूजाआराधना गर्ने तथा वरदान माग्ने परम्परा रहेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिए । गोसाइँकुण्डको ऐतिहासिक महत्व पनि रहेको छ । नेपाल–अङ्गे्रज युद्धपछि भएको सुगौली सन्धिबाट नेपालको हित नभएको पीडामा राष्ट्रिय विभूति अमरसिंह थापाले गोसाइँस्थानमा देहत्याग गरेको इतिहास रहेको पुरोहित ढकालले बताए । उनका अनुसार थापाले कुण्डको दक्षिणतर्फको भिरमा रहेको गुफामा अन्तिम समय बिताएका थिए। प्रत्येक वर्ष १० हजारभन्दा बढी भक्तजन तथा पदयात्रीले गोसाइँकुण्ड क्षेत्रको भ्रमण गर्ने गरेका छन् । धार्मिक आस्था राख्ने यात्रुहरूले यात्रा सुरु गर्नुअघि घरका कुलदेवताको बिदा मागेर वेत्रावती नदीमा केश मुण्डन तथा गङ्गापूजा गर्ने प्रचलन छ । यात्राका क्रममा ‘ॐ नम: शिवाय’ जप्दै सुलाद्री पर्वत (लौरीविनायक) आरोहण गरी लौरी चढाउने परम्परासमेत कायम छ । जुनसुकै मौसममा पदयात्रा गर्न सकिने भए पनि लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा वनस्पति नपाइने र अक्सिजनको मात्रा कम हुने भएकाले लेक लाग्ने जोखिम रहेको छ । त्यसैले यात्राका क्रममा पर्याप्त पानी तथा ग्लुकोज पिउन, चिकित्सकको परामर्शअनुसार आवश्यक औषधि बोक्न र अदुवा, लसुन तथा कागतीजस्ता घरेलु उपाय अपनाउन स्थानीयवासीले सुझाव दिने गरेका छन् । धार्मिक, ऐतिहासिक तथा प्राकृतिक विविधता समेटिएको गोसाइँकुण्ड पदयात्रा र भ्रमणका लागि महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने
OthersJust now

प्रधानमन्त्री बालेनलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने

प्रधानमन्त्री वालेन्द्र शाह भारतका प्रधानमन्त्रीको निमन्त्रणामा आज दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको उडानमार्फत दिउँसो ३:४५ बजे भारतको इन्दिरा गान्धी अन्ताराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ। विमानस्थलबाट प्रधानमन्त्री शाह सीधै होटल ताजमहल पुग्नेछन्। होटलमा ...

पर्दाफास
प्रधानमन्त्री बालेनको स्वागतका लागि दिल्ली सजाइयो, ठाउँठाउँमा फहराइए नेपाल–भारतका झण्डा
OthersJust now

प्रधानमन्त्री बालेनको स्वागतका लागि दिल्ली सजाइयो, ठाउँठाउँमा फहराइए नेपाल–भारतका झण्डा

प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री साहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखेर स्वागतको वातावरण तयार पारिएको हो । प्रधानमन्त्री साह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका हुन् । उनको स्वागतका लागि दिल्लीका सडक तथा विभिन्न स्थानमा दुवै देशका झण्डा पोलमा राखिएका छन् ...

पर्दाफास
मधेशमा दोस्रो पटक सरकारको नेतृत्व गर्दै यादव, विश्वासको मत लिने तयारी
OthersJust now

मधेशमा दोस्रो पटक सरकारको नेतृत्व गर्दै यादव, विश्वासको मत लिने तयारी

मधेश प्रदेशमा दोस्रो पटक सरकारको नेतृत्व सम्हाल्न लागेका सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शपथ गराउने कार्यक्रम छ ।प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव शनिबार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । शपथसँगै दोस्रो ...

पर्दाफास
कांग्रेसको कठिन समय सम्झाउँदै शशांकले भने– चुनौती चिर्दै अघि बढेको इतिहास छ, विचलित हुनुपर्दैन
OthersJust now

कांग्रेसको कठिन समय सम्झाउँदै शशांकले भने– चुनौती चिर्दै अघि बढेको इतिहास छ, विचलित हुनुपर्दैन

नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले कांग्रेसले विगतमा अहिलेको भन्दा पनि कठिन राजनीतिक परिस्थितिको सामना गरेर अघि बढेको इतिहास रहेको बताएका छन् । पार्टी अहिले कठिन मोडमा रहे पनि विगतका चुनौती र संघर्षबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ छ । कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक कोइरालाले शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play