मेरो नाम जोडेर प्रकाशित समाचार आधारहीन र कपोलकल्पित छन् : प्रधानन्यायाधीश शर्मा

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले अमेरिकामा घुससम्बन्धी विषयमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै ती समाचार आधारहीन र कपोलकल्पित रहेको बताउनुभएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै उहाँले ‘दियो पोस्ट’ लगायतका सञ्चारमाध्यममा आफ्नो नामसमेत जोडेर समाचार प्रकाशित भएकोप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्नुभएको हो । प्रधानन्यायाधीश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पोखरेलको नाम जोडेर अमेरिकामा घुससम्बन्धी विषय तथा ‘फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण’ लगायतका शीर्षकमा समाचार प्रकाशित भएका थिए । ती समाचारमा उल्लेखित व्यक्ति र प्रसङ्गसँग आफ्नो कुनै संलग्नता नरहेको उहाँले स्पष्ट पार्नुभएको छ । सम्बन्धित व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान तथा सम्पर्क नरहेको र आफूले उनीहरूलाई कहिल्यै नभेटेको पनि शर्माले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यसरी आधारहीन, झुटा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु।’ समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाका घटनाक्रम हुँदा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको अवस्था रहेको शर्माले बताउनुभएको छ । उहाँले आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रहसमेत गर्नुभएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटर
कम्पनीका अनुसार नयाँ हिटरमा प्रभावकारी तताउने प्रविधि, सुरक्षा प्रणाली, टिकाउपन र प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधा समेटिएका छन्। ...

प्रहरी नेतृत्वबारेका भ्रामक हल्लाप्रति मुख्यालयको गम्भीर ध्यानाकर्षण
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १२ गते । प्रहरी नेतृत्वबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लाप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको ज... ...

हसिना भागेको भिडिओ खिचेका वायुसेना अधिकारीको रहस्यमय मृत्यु
बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेका बेला भिडिओ रेकर्ड गरेका तत्कालीन वायुसेना अधिकारी केएम तौसिफ सौरी मृत फेला परेका छन्। उनको शव बिहीबार ढाकाको तुराग नदीमा भेटिएको हो। २८ वर्षीय फ्लाइट लेफ्टिनेन्ट सौरी अक्टोबर २७ देखि बेपत्ता थिए। पीडित परिवारले हसिनाको भिडिओ सार्वजनिक गरेका कारण उनको हत्या गरिएको आरोप लग... ...

कर्णालीको दोस्रो जित, विराटनगर ४ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ४ विकेटको रोमाञ्चक जित रेकर्ड गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ भने विराटनगरले लगातार दोस्रो ...


