काठमाडौं । प्रयोगकर्ताको स्पष्ट अनुमति नलिई मोबाइलमा रहेका तस्बिर तथा भिडियोमा पहुँच बनाएको आरोपमा इटालीले सामाजिक सञ्जाल कम्पनी मेटालाई ८८ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ३० अर्ब रुपैयाँ) जरिवाना गरेको छ । इटालीको तथ्याङ्क संरक्षण प्राधिकरणका अनुसार फेसबुकले करिब दुई करोड प्रयोगकर्तालाई उनीहरूको मोबाइलमा रहेका तस्बिर तथा भिडियो प्रयोग गर्ने सुविधाबारे पर्याप्त जानकारी दिएको थिएन । प्राधिकरणले ६० दिनभित्र उक्त सुविधा स्वतः निष्क्रिय हुने व्यवस्था गर्न र प्रयोगकर्ताको छुट्टै सहमति लिन निर्देशन दिएको छ । मेटाले भने निर्णयप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने जनाएको छ । यसअघि अमेरिकाको न्यु मेक्सिकोस्थित अदालतले प्रयोगकर्ताको तथ्याङ्क व्यवस्थापनमा गलत जानकारी दिएको ठहर गर्दै मेटालाई २५ अर्ब अमेरिकी डलर (करिब ३६ खर्ब ६५ अर्ब रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको थियो । The post मेटालाई इटालीमा ८८ करोड ७० लाख डलर जरिवाना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
मेटालाई इटालीमा ८८ करोड ७० लाख डलर जरिवाना

Read Complete Original Article
Published originally on कर्पोरट खबर






