Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

सिमसार क्षेत्र नासिँदा घट्दै हिउँदे आगन्तुक चराको सङ्ख्या

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिमसार क्षेत्र नासिँदा घट्दै हिउँदे आगन्तुक चराको सङ्ख्या
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपालमा पछिल्लो समय सिमसार क्षेत्रको विनाश र मानवीय हस्तक्षेपका कारण हिउँदे आगन्तुक चराहरूको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ। बर्ड कञ्जरभेसन नेपालका अनुसन्धान अधिकृत आनन्दकुमार श्रेष्ठका अनुसार नेपालमा करिब १५० प्रजातिका आगन्तुकसहित ९०२ भन्दा बढी प्रजातिका चराहरू अभिलेख गरिएका छन्। हिउँद छल्न साइबेरियालगायत हजारौँ किलोमिटर टाढाका क्षेत्रबाट रुद्र चखेवा, नाडेउरी हाँस, सुरेउरी हाँस, नकटा, सुनजघे हाँस, लालसिर हाँस र गोन्डरजस्ता प्रजाति नेपाल आउने गर्छन्। यसबाहेक जलेवा, खोया हाँस, लक्ष्मण सारस तथा स्टेप्प इगल, इर्सियन मार्स ह्यारियर र हिमाली बजार्डजस्ता सिकारी चराहरू पनि जाडोयाममा नेपाल भित्रिन्छन्। यी चराहरूले कीरा नियन्त्रण र पारिस्थितिकीय प्रणालीको सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्। श्रेष्ठका अनुसार सिमसार क्षेत्रको ह्रास, प्रदूषण, अत्यधिक सिकार र कीटनाशक औषधिको प्रयोगले यी चराहरूको अस्तित्वमाथि खतरा बढाएको छ। चरा गणनाको तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, “काठमाडौँ उपत्यकाको टौदह पोखरीमा हिउँदका समयमा पहिले ४०० देखि ५०० को सङ्ख्यामा हाँसहरू आउने गरेकामा अहिले घटेर जम्मा १०० देखि १५० मा सीमित भएका छन्।” त्यस्तै, जगदीशपुर जलाशयमा पनि कुनै समय दसौँ हजार पानीचरा आउने गरेकामा हाल दुई हजारदेखि तीन हजारको हाराहारीमा मात्र चरा देखिने गरेका छन्। नेपाल केन्द्रीय एसियाली उडान मार्गअन्तर्गत पर्ने भएकाले यहाँ कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा राखिएको छ। घुमन्ते चराले अन्तर्राष्ट्रिय सीमा पार गर्ने भएकाले उनीहरूको संरक्षणका लागि उडान मार्गमा पर्ने सम्पूर्ण देशहरूबीच आपसी सहकार्य आवश्यक रहेको श्रेष्ठले बताए। बिग्रिएका सिमसारको पुनःस्थापना, प्राकृतिक नदी प्रणालीको जगेर्ना र दिगो कृषि अभ्यासले मात्र चराहरूको सुरक्षित बासस्थान सुनिश्चित गर्न सकिने उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा
Latest NewsJust now

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन बजारबाट करिब तीन किलोमिटर कुरिनटारतर्फ पर्ने घोप्टेभिरमा सुक्खा पहिरो खस्न थालेपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ३० मिटर माथिबाट ढुङ्गासहित पहिरो... ...

रातोपाटी
बंगलादेशको गोपालगन्जमा शेख हसिनाको पार्टीले गर्‍यो तोडफोड र आगजनी
Latest NewsJust now

बंगलादेशको गोपालगन्जमा शेख हसिनाको पार्टीले गर्‍यो तोडफोड र आगजनी

प्रतिबन्धका बाबजुद पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले बंगलादेशमा आइतबार हतियार र लाठीसहित विरोध प्रदर्शन गरेको छ।  स्थानीय पत्रकारहरूका अनुसार बंगलादेशको गोपालगन्जमा दिनभरि भएको प्रदर्शनमा अवामी लिगका नेता, कार्यकर्ता र समर्थकहरूले धारिलो हतियार र लाठी बोकेका थिए। स्थानीय पत्रकारहरूका अनुसार दिनभरि भएको प्रदर्शनमा धेरै मानिसह... ...

नेपालखबर
लागुऔषधसम्बन्धी हिंसा बढेपछि ग्वाटेमालाको पूर्वी क्षेत्रमा सङ्कटकाल
Latest NewsJust now

लागुऔषधसम्बन्धी हिंसा बढेपछि ग्वाटेमालाको पूर्वी क्षेत्रमा सङ्कटकाल

काठमाडाैँ । लागुऔषध ओसारपसारमा संलग्न समूहसँग सम्बन्धित हिंसा बढेपछि ग्वाटेमालाका अधिकारीहरूले देशको पूर्वी क्षेत्रमा सङ्कटकाल घोषणा गरेका छन् । एक सांसदसहित चार जनाको हत्या भएको एक सातापछि सरकारले यस्तो कदम... ...

रातोपाटी
पोखराका चार स्थानमा मनाइयो छठ पर्व
Latest NewsJust now

पोखराका चार स्थानमा मनाइयो छठ पर्व

कास्की । देशको पर्यटकीय राजधानी पोखराका विभिन्न चार स्थानमा रहेका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज साँझ छठ पूजा गरिएको छ । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play