झापा। मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ। भक्तपुरको प्राचीन कला शैलीमा बनेको उक्त शालिक निर्माणमा रु २० लाख खर्च भएको शालिक निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले जानकारी दिए। राष्ट्रिय विभूति शङ्खधरको मेचीनगरमा बनेको यो पहिलो शालिक हो। मेचीनगर नगरपालिकाले शालिक निर्माणका लागि रु पाँच लाख बजेट उपलब्ध गराएको र अरु रकम जनसहयोगबाट जुटाइएको उनले बताए। शालिक राखिएको स्थललाई समेत भक्तपुरे प्राचीन कला शैलीमा सजाइएको छ भने शालिकका लागि एउटै ढुङ्गामा मूर्ति कुँदिएको निर्माण समितिका सचिव मिलनराज प्रसाईले बताए।
मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

Read Complete Original Article
Published originally on नेपालन्युज






