मृत्युको उत्सव मनाउने पर्व ‘डे अफ द डेड’ [तस्विरहरु]
![मृत्युको उत्सव मनाउने पर्व ‘डे अफ द डेड’ [तस्विरहरु]](https://kendrabindu.com/wp-content/uploads/2026/10/004445-01-02.jpg)

मेक्सिकोमा मृतक आफन्त तथा साथीहरूको सम्झनामा मनाइने ‘डे अफ द डेड’ पर्वको तयारी सुरु भएको छ । हरेक वर्ष नोभेम्बर १ र २ मा मनाइने यस पर्वमा मृतकको सम्झना गर्दै उनीहरूप्रति श्रद्धा व्यक्त गरिन्छ । मृत्युको भय र शोकलाई मात्र केन्द्रमा नराखी जीवनकै निरन्तरताका रूपमा मृत्युलाई आत्मसात् गर्ने यस परम्पराले मेक्सिकन संस्कृतिमा विशेष स्थान ओगटेको छ ।

मेक्सिकन परम्परामा सुन्तला रङको सयपत्री फूल अर्थात् ‘सेम्पासुचिल’ लाई दिवंगत आत्मालाई आफ्ना परिवारसम्म फर्कने बाटो देखाउने प्रतीकका रूपमा लिइन्छ । त्यसैले पर्वका बेला घर, सडक, बजार र स्मृतिमा बनाइने विशेष वेदीहरूमा यी फूलको व्यापक प्रयोग हुन्छ । यस पर्वको तयारीका क्रममा पनि जलिस्को राज्यको रान्चो सान जुआन डिएगोमा सयपत्री फूलले ढाकिएको बगैंचामा तस्बिर खिच्नेकाे भीड लागेकाे छ ।

‘डे अफ द डेड’ पर्वको इतिहास मध्यअमेरिकाका प्राचीन आदिवासी सभ्यतासँग जोडिएको छ । एज्टेक, माया, ओल्मेक र टोल्टेकलगायत सभ्यताहरूमा मृत्यु जीवनको अन्त्य नभई अर्को अस्तित्वको निरन्तरता हो भन्ने मान्यता थियो । उनीहरूले दिवंगत आत्मा र जीवित परिवारबीचको सम्बन्ध कायम रहने विश्वासका आधारमा मृतकलाई खाना, पानी तथा आवश्यक वस्तु चढाउने परम्परा विकास गरेका थिए ।

१६औँ शताब्दीमा स्पेनी उपनिवेशवादीहरू मेक्सिको पुगेपछि इसाई धर्मका ‘अल सेन्ट्स डे’ र ‘अल सोल्स डे’ जस्ता पर्व तथा परम्परा स्थानीय संस्कृतिसँग मिसिए । यसरी आदिवासी मान्यता र इसाई परम्पराको सम्मिश्रणबाट वर्तमान स्वरूपको ‘दिया दे मुर्तोस’ विकसित भएको हो । यसको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वलाई मान्यता दिँदै सन् २००८ मा युनेस्कोले यस पर्वलाई मानवताको अमूर्त सांस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा समावेश गरेको थियो ।

‘डे अफ द डेड’ पर्वले मेक्सिकोको पर्यटनलाई समेत आकर्षित गर्दै आएको छ । सन् २०२५ मा ४ करोड ७० लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले मेक्सिको भ्रमण गरेको तथ्याङ्कले त्यहाँको पर्यटन क्षेत्रको विस्तार देखाउँछ । अक्टोबरको अन्त्य र नोभेम्बरको सुरुवातमा पर्वको अनुभव लिन आउने पर्यटकका कारण राजधानीलगायत विभिन्न स्थानमा चहलपहल बढ्ने गर्छ ।

तस्विरहरु- अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सामान्य विवादमा दाजुद्वारा भाइलाई छुरा प्रहार, घाइतेको उपचार हुँदै
झापा । झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार […] ...

सौर्यमण्डल बाहिर पहिलो चन्द्रमाको खोजी : बृहस्पति ग्रहभन्दा ठुलो उपग्रह भेटिएको दाबी
काठमाडौँ । खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल बाहिर सम्भवतः पहिलो चन्द्रमा फेला पारेका छन्, तर यो रहस्यमयी पिण्ड हामीले चिनेका कुनै पनि चन्द्रमाभन्दा फरक रहेको छ। युरोपेली साउदर्न अब्जर्भेटरीको भेरी लार्जर टेलिस्कोप (ईएसओको... ...

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाखलाई सुरक्षित स्थानमा सार्ने तयारी
काठमाडौँ । बंगालको खाडीबाट चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ । भारतको मौसम विभागका अनुसार यो चक्रवात अक्टोबर २७ सम्म शक्तिशाली आँधीमा परिणत हुन सक्नेछ । अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको तटमा ठोक्किने अनुमान गरिएको छ । त्यस क्रममा हावाको गति प्रतिघण्टा १२५ किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ। चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशका जोखिमयुक्त क्षेत्रबाट करिब ...

हुम्लामा चार करोडका खसीबोका व्यापार
राजन रावतहुम्ला, कात्तिक ९ गते । हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक... ...