Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/World/मृत्युको अफवाहपछि किम जोङ उनका तस्बिर सार्वजनिक

मृत्युको अफवाहपछि किम जोङ उनका तस्बिर सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
मृत्युको अफवाहपछि किम जोङ उनका तस्बिर सार्वजनिक

काठमाडौं, कात्तिक ४ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको मृत्यु भएको अफवाह फैलिएपछि उनी सार्वजनिक कार्यक्रममा सहभागी भएका तस्बिर सार्वजनिक गरिएको छ।

मस्तिष्कमा रक्तस्राव (ब्रेन ह्यामरेज) का कारण किमको निधन भएको हल्ला अनलाइनमा फैलिएको केही घण्टाभित्रै उनी जुत्ता तथा महिलाका कपडाको प्रदर्शनी अवलोकन गरिरहेको तस्बिर सार्वजनिक भएको हो।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले सोमबार सार्वजनिक गरेका तस्बिरमा ४२ वर्षीय किम सक्रिय देखिएका छन्। उनी बालबालिकाका जुत्ता निरीक्षण गर्दै, अधिकारीहरूलाई निर्देशन दिँदै र महिलाले लगाउने कोट अवलोकन गरिरहेका देखिन्छन्।

किमलाई गम्भीर मस्तिष्क रक्तस्राव भएको, उनी कोमामा पुगेको र उपचारका लागि बेइजिङ लगिएपछि मृत्यु भएको दाबीसहितका अपुष्ट विवरण सामाजिक सञ्जालमा फैलिएका थिए। त्यसको केही घण्टामै उनका तस्बिर सार्वजनिक भएका हुन्।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार किमले सोमबार हल्का उद्योग क्षेत्रअन्तर्गतको लत्ताकपडा तथा जुत्ता प्रदर्शनी स्थलको अवलोकन गरेका थिए।

किमको मृत्यु भएको हल्ला फैलिरहेका बेला सार्वजनिक भएका यी तस्बिरले उनी सार्वजनिक कार्यक्रममा सहभागी भएको देखाएका छन्। यद्यपि, तस्बिर सार्वजनिक हुनुले मात्रै अफवाहको स्रोत र त्यसको विश्वसनीयताबारे थप पुष्टि गर्दैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play