Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मुस्ताङ भन्सारको राजस्व साढे तीन महिनामै ११ अर्ब बढि, वार्षिक लक्ष्य नाघ्यो

मुस्ताङ भन्सारको राजस्व साढे तीन महिनामै ११ अर्ब बढि, वार्षिक लक्ष्य नाघ्यो

11/1/2026, 6:17:32 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मुस्ताङ भन्सारको राजस्व साढे तीन महिनामै ११ अर्ब बढि, वार्षिक लक्ष्य नाघ्यो

काठमाडौं – नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को साढे तीन महिनामै वार्षिक राजस्व लक्ष्यभन्दा २ अर्ब ४५ करोड रुपैयाँ बढी सङ्कलन गरेको छ । कार्यालयले यस अवधिमा ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व उठाएको हो । मुस्ताङ भन्सार कार्यालयका लागि चालु आर्थिक वर्षमा ९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर साउनदेखि कात्तिक १३ गतेसम्मको अवधिमै उक्त लक्ष्य पार भएको भन्सार अधिकृत अमिन्द्र सिंहले जानकारी दिएका छन् । उनका अनुसार उक्त अवधिमा कोरलानाकाबाट २६ अर्ब १ करोड २३ लाख रुपैयाँ बराबरका मालवस्तु चीनबाट आयात भएका छन् । नेपालबाट भने २८ करोड ६३ लाख रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएका छन् । १५ दिनमै थपिए २ हजार ५७५ विद्युतीय गाडी कोरलानाकाबाट हुने आयातमा विद्युतीय सवारीसाधनको हिस्सा उल्लेख्य देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १३ गतेसम्म चीनबाट आयात गरिएका विभिन्न कम्पनीका ६ हजार ५०१ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ । दसैँअघि असोज २७ गतेसम्म ३ हजार ९२६ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए । दसैँपछिको १५ दिनमै थप २ हजार ५७५ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको भन्सार अधिकृत सिंहले बताएका छन्। यसले कोरलानाका हुँदै चीनबाट विद्युतीय सवारी आयातको गति तीव्र बनेको देखाउँछ। दसैँपछि बढ्यो आयात र राजस्व दसैँअघि असोज २७ गतेसम्म मुस्ताङ भन्सार कार्यालयले ८ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। दसैँपछिको अवधिमा थप ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ । त्यस्तै, दसैँअघि कोरलानाकाबाट १० अर्ब ४० करोड ६९ लाख रुपैयाँ बराबरका चिनियाँ मालवस्तु आयात भएका थिए। दसैँपछि थप ६ अर्ब ७० करोड ५४ लाख रुपैयाँ बराबरका वस्तु नेपाल भित्रिएका छन् । रसुवागढी र तातोपानी नाका बन्द हुँदा कोरलामा चाप भन्सार अधिकृत सिंहका अनुसार रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द हुँदा कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार बढेको हो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि व्यापारिक मार्ग परिवर्तन हुँदा सयौँ कन्टेनरका मालवस्तु कोरलानाकाबाट नेपाल भित्रिएका छन्। यसले कोरलानाकालाई चीनसँगको व्यापारका लागि महत्त्वपूर्ण वैकल्पिक मार्गका रूपमा स्थापित गर्न सहयोग पुगेको छ । हाल कोरलानाका हुँदै चीनबाट तयारी पोसाक, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल, चाडपर्व लक्षित सामग्री तथा विद्युतीय सवारीसाधन आयात भइरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

जर्मनी घुम्न जाँदै हुनुहुन्छ ? बिल तिर्दा यस्तो चलन नबिर्सनुहोस् !
ताजा खबरJust now

जर्मनी घुम्न जाँदै हुनुहुन्छ ? बिल तिर्दा यस्तो चलन नबिर्सनुहोस् !

• जर्मनीमा साथीहरूसँग रेस्टुरेन्ट वा बारमा खानपिन गर्दा प्रत्येक व्यक्तिले आफ्नो बिल आफैँ तिर्ने चलन प्रचलित छ। • यो परम्परा निष्पक्षता र आर्थिक हिसाबमा स्पष्टता कायम राख्ने चाहनाका कारणले हो। • जर्मनी भ्रमण गर्ने विदेशीहरूले पनि आफ्नो खर्च आफैँ तिर्ने अपेक्षा गर्नु उपयुक्त मानिन्छ। ...

नेपालबहस
रास्वपाले अघि बढाउन खोजेको महाभियोग : पदमुक्तसम्म कसरी अगाडि बढ्छ प्रक्रिया ?
ताजा खबरJust now

रास्वपाले अघि बढाउन खोजेको महाभियोग : पदमुक्तसम्म कसरी अगाडि बढ्छ प्रक्रिया ?

काठमाडौँ । एकल बुहमतको सरकार चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले शनिबार न्यायालयभित्रका विकृतिलाई संसद्बाट विधिसम्मत तवरले निरुपण गर्न निर्णायक कदम चाल्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ । बैठकपछि... ...

रातोपाटी
प्राचीन शास्त्रको कर-नीति र आजको नेपाल
ताजा खबरJust now

प्राचीन शास्त्रको कर-नीति र आजको नेपाल

चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारले १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। असोज ७ सम्म २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ उठिसकेको छ, जुन गत वर्षको सोही अवधिभन्दा १५.४ प्रतिशत बढी हो। गत वर्षको अनुभव भने सजिलो थिएन। आर्थिक वर्ष २०८२/८३ मा सरकारले लक्ष्यको करिब ८४ प्रतिशत मात्र राजस्व उठायो, र पुँजीगत खर्च लक्ष्यको आधा ...

टक्सार
नेपालमा पहिलोपटक ‘बीसाइड्स’ साइबर सुरक्षा सम्मेलन हुँदै
ताजा खबरJust now

नेपालमा पहिलोपटक ‘बीसाइड्स’ साइबर सुरक्षा सम्मेलन हुँदै

नेपालमा पहिलोपटक साइबर सुरक्षा सम्मेलन ‘बीसाइड्स काठमाडौँ २०२६’ आयोजना हुने भएको छ। सम्मेलन आगामी नोभेम्बर २१ मा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा सम्मेलन आयोजना गरिने भएको हो। साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका विज्ञ, अनुसन्धानकर्ता र यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको सामुदायिक प... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play