मुस्ताङमा नेवारी फल्चा, ललितपुरमा मुस्ताङको स्याउ

हिमालपारिको जिल्ला मुस्ताङमा नेवारी संस्कृति झल्किने परम्परागत फल्चा निर्माण गरिएको छ भने ललितपुरमा मुस्ताङको स्याउको प्रतीक निर्माण गरिने भएको छ । फरक भूगोल, फरक सांस्कृतिक पहिचान र मौलिक विशेषता बोकेका यी दुई जिल्लाले एकअर्काको पहिचानलाई सम्मान गर्दै सांस्कृतिक आदानप्रदानको पहल थालेका छन् । ललितपुर महानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच स्थापित भगिनी सम्बन्धलाई सांस्कृतिक सम्पदामार्फत थप सुदृढ बनाउने उद्देश्यले यस्तो पहल गरिएको हो । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा घरपझोङ गाउँपालिकाको प्रशासनिक भवन परिसरमा नेवारी वास्तुकला झल्किने परम्परागत फल्चा निर्माण गरिएको छ । यता, घरपझोङ गाउँपालिकाले ललितपुर महानगरपालिकामा मुस्ताङको पहिचानसँग जोडिएको स्याउको प्रतीक निर्माण गर्ने तयारी गरेको छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार फल्चा निर्माणका लागि ललितपुर महानगरपालिकाले ३५ लाख रुपैयाँ सहयोग गरेको हो । चालु आर्थिक वर्षमा पनि महानगरपालिकाले स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि थप ३५ लाख रुपैयाँ सहयोग गरेको उनले बताए । दुई स्थानीय तहबीचको सम्बन्धलाई औपचारिकतामा मात्र सीमित नराखी सांस्कृतिक पहिचान र सम्पदाको संरक्षणसँग जोड्ने उद्देश्यले सहकार्य भइरहेको अध्यक्ष लालचनले बताए । ललितपुरमा निर्माण गरिने स्याउको प्रतीकले मुस्ताङको स्थानीय उत्पादन र पहिचानलाई उपत्यकासम्म चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकामा थकाली, गुरुङ तथा दलित समुदायको बसोबास छ । यस्तो क्षेत्रमा नेवारी वास्तुकला झल्किने फल्चा निर्माण हुनुले फरक समुदाय र भौगोलिक क्षेत्रबीच सांस्कृतिक आदानप्रदानको अवसर सिर्जना गरेको छ । फल्चा नेवारी वास्तुकला, काष्ठकला र परम्परागत निर्माण सीपसँग जोडिएको सार्वजनिक संरचना हो । परम्परागत रूपमा विश्राम गर्ने, भेटघाट गर्ने र सामुदायिक गतिविधि सञ्चालन गर्ने स्थलका रूपमा यसको महत्त्व रहँदै आएको छ । जोमसोममा यस्तो संरचना निर्माण हुनुले नेवारी कला र वास्तुकलालाई हिमाली क्षेत्रमा चिनाउने अवसर दिएको छ । नेपालमा नेवार र थकाली समुदाय परम्परागत रूपमा व्यापार व्यवसायमा सक्रिय समुदायका रूपमा परिचित छन् । दुवै समुदायका आ–आफ्नै भाषा, संस्कृति, परम्परा र सामाजिक अभ्यास छन् । सांस्कृतिक विशेषता फरक भए पनि आपसी सहकार्यले एकअर्काको पहिचानलाई चिनाउने र सम्मान गर्ने अवसर प्रदान गरेको छ । घरपझोङ गाउँपालिकाले ललितपुर महानगरपालिकामा निर्माण गर्न लागेको स्याउको प्रतीकले मुस्ताङको कृषि उत्पादन र स्थानीय पहिचानलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । मुस्ताङ स्याउ उत्पादनका लागि परिचित जिल्ला हो । स्याउको प्रतीकमार्फत मुस्ताङको पहिचानलाई ललितपुरमा स्थापित गर्ने योजना अघि बढाइएको अध्यक्ष लालचनले बताए । ललितपुरमा नेवारी कला र वास्तुकलाको ऐतिहासिक पहिचान छ भने मुस्ताङको आफ्नै हिमाली संस्कृति, प्राकृतिक विशेषता र कृषि उत्पादनसँग जोडिएको पहिचान छ । दुई स्थानीय तहले एकअर्काका सांस्कृतिक तथा स्थानीय प्रतीकलाई आ–आफ्नो क्षेत्रमा स्थापित गर्न खोज्नुले भगिनी सम्बन्धलाई व्यवहारमा उतार्ने प्रयास देखाएको छ । यस पहलले स्थानीय तहबीचको सहकार्यलाई सांस्कृतिक सम्पदाको संरक्षण, स्थानीय पहिचानको प्रवद्र्धन र आपसी सम्बन्ध विस्तारसँग जोडेको छ । जोमसोममा बनेको नेवारी फल्चा र ललितपुरमा निर्माण गरिने मुस्ताङको स्याउको प्रतीक दुई क्षेत्रबीचको सांस्कृतिक आदानप्रदानका प्रतिनिधि बन्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

१२ देखि १४ गते तीन दिन पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह
उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण हिमपात, हिमआँधी र हिम पहिरोको जोखिम बढ्ने पूर्वानुमानपछि अध्यागमन विभागले तीन दिनका लागि जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने निर्णय गरेको छ। विभागले जारी गरेको सूचनाअनुसार कात्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसम प्रतिकूल रहने सम्भावना देखिएकाले उक्त अवधिमा जोखिमयुक्त क्षेत्रमा जाने पदयात्री तथा विदेशी पर्यटकलाई अनुमति प्रदान गरिने छैन। मौसमसम्बन्धी ...

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह
१० कात्तिक, काठमाडौं । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ । विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक सूचना जारी गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र… ...

एनपीएल : कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै कर्णालीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो । जनकपुरका मयान यादवले १४, त्रित राज दासले १ र मोइन अलीले १९ रन बनाए । ...

रास्वपाकै पूर्व अडान विपरीतका प्रावधान राखेर आयो भूमि अध्यादेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याएको भूमि अध्यादेशमा रास्वपा प्रतिपक्षमा हुँदा ल्याउनै हुँदैन भनेको प्रावधान समेत हुबहु राखिएको छ । ...


