मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षकमा पोलार्ड नियुक्त

काठमाडौं । इन्डियन प्रिमियर लिग (IPL) को फ्रेन्चाइज टोली मुम्बई इन्डियन्सले कायरन पोलार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। आईपीएल २०२७ अघि टोलीले महेला जयवर्द्धनेको स्थानमा पोलार्डलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

वेस्ट इन्डिजका पूर्व अलराउन्डर पोलार्ड मुम्बई इन्डियन्सका सफल खेलाडीमध्ये एक हुन्। उनले सन् २०१० देखि २०२२ सम्म मुम्बईबाट १३ सिजन खेलेका थिए। यस अवधिमा उनले १८९ खेलमा ३ हजार ४१२ रन बनाउनुका साथै ६९ विकेट लिएका थिए।

पोलार्ड मुम्बई इन्डियन्सबाट पाँच पटक आईपीएल उपाधि जित्ने टोलीका सदस्यसमेत हुन्। उनले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेका थिए। आईपीएल खेलाडीका रूपमा संन्यास लिएपछि उनले मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकका रूपमा काम गर्दै आएका थिए।

ब्याटिङ प्रशिक्षकबाट मुख्य प्रशिक्षक बनेपछि पोलार्डले मुम्बई इन्डियन्ससँगको आफ्नो सम्बन्ध र नयाँ जिम्मेवारीप्रति खुसी व्यक्त गरेका छन्।

‘मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनु मेरा लागि सम्मानको विषय हो। यो टोली मेरो जीवन र करिअरको महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ। टोली, खेलाडी र समर्थकसँगको सम्बन्ध मेरा लागि निकै अर्थपूर्ण छ,’ उनले क्लबद्वारा जारी विज्ञप्तिमा भनेका छन्।

खेलाडी र प्रशिक्षक दुवै भूमिकामा काम गरिसकेका कारण मुम्बई इन्डियन्सको पहिचान र त्यसको प्रतिनिधित्व गर्दा आउने जिम्मेवारी आफूले बुझेको पनि उनले बताएका छन्। टोलीको विरासतलाई अघि बढाउने, प्रतिभाशाली खेलाडीलाई विकास गर्ने र समर्थकलाई थप खुसी दिने लक्ष्यका साथ काम गर्ने उनको भनाइ छ।

मुम्बई इन्डियन्सकी सहमालिक नीता अम्बानीले पनि पोलार्डको नियुक्तिप्रति खुसी व्यक्त गरेकी छन्। उनका अनुसार पोलार्ड २२ वर्षको उमेरमा मुम्बई इन्डियन्ससँग जोडिएका थिए र पछिल्लो १६ वर्षदेखि फ्रेन्चाइजको अभिन्न हिस्सा रहँदै आएका छन्।

‘खेलाडीका रूपमा उनले हामीलाई धेरै अविस्मरणीय क्षण दिएका छन्। प्रशिक्षकका रूपमा पनि उनले आफ्नो अनुभव, जोस र खेलप्रतिको गहिरो बुझाइ साझा गर्दै आएका छन्। मुख्य प्रशिक्षकका रूपमा नयाँ जिम्मेवारी सम्हालेको देख्न पाउँदा हामी खुसी छौँ,’ अम्बानीले भनेकी छन्।

सन् २०२० मा पछिल्लो पटक आईपीएल उपाधि जितेयता मुम्बई इन्डियन्सले विगतको सफलता दोहोर्‍याउन सकेको छैन। आईपीएलमा संयुक्त रूपमा सर्वाधिक सफल टोलीमध्ये रहेको मुम्बई पछिल्ला ६ सिजनमध्ये सन् २०२३ र २०२५ मा मात्र प्लेअफमा पुगेको थियो। टोली सन् २०२४ मा दशौँ र २०२६ मा नवौँ स्थानमा सीमित भएको थियो।

मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेसँगै पोलार्डको पहिलो काम खेलाडीको रिटेन्सन सूची अर्थात् आगामी सिजनका लागि टोलीमा कायम राखिने खेलाडीको सूची अन्तिम रूप दिनु हुनेछ। आईपीएल २०२७ का लागि रिटेन्सन सूची बुझाउने समयसीमा नोभेम्बर १५ तोकिएको छ। मिनी अक्सन डिसेम्बरको मध्यतिर भारतको गोवामा आयोजना हुने अपेक्षा गरिएको छ।

पोलार्ड मुम्बई इन्डियन्सको विश्वभरका फ्रेन्चाइज टी–२० प्रतियोगितामा सहभागी अन्य टोलीसँग पनि आबद्ध छन्। दुई पटक टी–२० विश्वकप जितेका पोलार्ड द हन्ड्रेड प्रतियोगिताको एमआई लन्डनका मुख्य प्रशिक्षक हुन्।

त्यस्तै, उनले मेजर लिग क्रिकेट (एमएलसी) मा एमआई न्युयोर्क, दक्षिण अफ्रिकाको एसए२० मा एमआई केपटाउन र यूएईको आईएलटी२० मा एमआई एमिरेट्सबाट पनि खेलिसकेका छन्। उनले एमआई केपटाउनबाट सन् २०२४ र २०२५-२६ तथा एमआई एमिरेट्सबाट सन् २०२३ देखि २०२५–२६ सम्म खेलेका थिए।

Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढाएको हो ?
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)ले नेपाललाई खेल पर्यटनको ‘हब’का रूपमा विकसित गर्ने सम्भावना बढाएको अग्रज खेल पत्रकारहरुले बताएका छन् । अग्रज पत्रकारहरुले एनपीएल नेपाललाई अन्तर्राष्ट्रिय ...

रियाद विमानस्थलमा उडान सुरु, हुथीद्वारा थप आक्रमणको चेतावनी
रियाद । यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तरराष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडानहरू पुनः सुरु भएका छन् । यद्यपि, इरान समर्थित यस समूहले आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।’फ्लाइट राडार’ नामक अनुगमन साइटले आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दाह त… ...

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर ...

प्रकृतिको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम (तस्विरसहित)
बाजुरा । प्रकृति भित्रै पनि स्वर्ग भेटिन्छ । मनमा कौतुहलता र आश्चार्य लाग्छ सक्छ । यो सृष्टिमा असम्भव भन्ने कुरा केही नहुँदो रहेछ । प्रकृति भित्रै पनि स्वर्ग भेटिने रहेछ भन्ने उदाहरण हो,मुगु जिल्लामा अवस्थित ‘महेन्द्र ताल’ अर्थात् रारा ताल । प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम।जो निकै अद्भुत र अलौलिक छ । धर्तिमै भेटिएको प्रकृतिको स्वर्ग हो रारा । नीलो ...