काठमाडौं। मुन्दुम पदमार्गको पर्यटकीय महत्त्व र पदयात्रासम्बन्धी जानकारी उपलब्ध गराउने उद्देश्यले नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ। कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले उक्त वेबसाइट सार्वजनिक गरेको हो। यस डिजिटल माध्यमबाट पर्यटकले पदमार्गको अवस्थिति, गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता र स्थानीय रहनसहनबारे जानकारी प्राप्त गर्न सक्नेछन्। टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार टुरिजम डट कोशी डट जिओभी डट एनपीमार्फत मुन्दुम पदमार्गसहित अन्य पर्यटकीय क्षेत्रको सूचना लिन सकिनेछ। भोजपुर र खोटाङलाई जोड्ने यो पदमार्ग पूर्वी नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो। प्राकृतिक सुन्दरता, हिमाली दृश्य र किरात संस्कृतिका कारण यो क्षेत्र पदयात्रीका लागि आकर्षक मानिन्छ। वेबसाइटको सञ्चालनले पदमार्गको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न र पर्यटकलाई यात्रा योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीय पर्यटन व्यवसाय, घरबास र समग्र आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने गाउँपालिकाले जनाएको छ। पदमार्गको व्यवस्थित प्रवर्द्धनका लागि डिजिटल प्रविधिको प्रयोगलाई महत्त्वपूर्ण माध्यमको रूपमा लिइएको छ।
मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालनमा

Read Complete Original Article
Published originally on नेपालन्युज






