मुगु र हुम्लाका बस्तीमा सञ्चार सेवा अवरुद्ध, दसैँपछि मात्रै मर्मत हुने

मुगु । मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्या आएपछि मुगु र हुम्लाका विभिन्न बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ । गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या दसैँपछि मात्रै समाधान गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । टेलिकमको मुगु कार्यालयका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जडान गरिएका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि सञ्चार सेवा अवरुद्ध भएको हो । दसैँ बिदामा कर्मचारी घर गएकाले तत्काल मर्मत गर्न नसकिने उनले बताए। टावरमा समस्या आएपछि मुगुको सोरु गाउँपालिकासहित हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका अधिकांश बस्तीमा सञ्चार सेवा प्रभावित भएको छ । अदानचुली गाउँपालिका–४ का वडासदस्य सिंह बोहराले समस्या समाधानका लागि टेलिकमका कर्मचारीलाई पटक–पटक फोन गरेर आग्रह गरिएको बताए । सञ्चार सेवा अवरुद्ध हुँदा दसैँमा घर आउने तथा घरबाट बाहिर जाने आफन्तसँग सम्पर्क गर्न र रकम पठाउनसमेत समस्या भएको उनले बताए। भौगोलिक विकटताका कारण वैकल्पिक सञ्चार माध्यमको पहुँचसमेत सहज नभएका यी क्षेत्रका नागरिक टेलिकमको सेवा अवरुद्ध हुँदा थप समस्यामा परेका छन् । दसैँका बेला आफन्तसँग सम्पर्क गर्न र आर्थिक कारोबार गर्नसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
रसुवा। यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको... ...

चाडपर्व राष्ट्रिय पहिचानका धरोहर : मुख्यमन्त्री थापा
बागमती। बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्। विजयादशमीका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उनले चाडपर्वहरू धार्मिक तथा सांस्कृतिक आस्था मात्र नभई सामाजिक सद्भाव,... ...

ब्राउन सुगरसहित बाँकेका ३ जना पक्राउ
लागुऔषध भारतीय सीमा लौकाही र बलैगाउँबाट भित्र्याएको प्रहरीको भनाइ छ । ...

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व होः मुख्यमन्त्री आचार्य
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता बलियो बनाउने बताएका छन्। बडादसैँका अवसरमा बुधबार शुभकामना... ...


