Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

मुख्यमन्त्री यादवले दिए राजिनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुख्यमन्त्री यादवले दिए राजिनामा
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। मधेस प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नरहेकाले मत विभाजनमा जानुभन्दा राजीनामा दिने निर्णय गरेको बताएका हुन्। प्रदेशसभामा बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री यादवले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउनुअघि नै राजीनामाको घोषणा गरेका हुन्। उनको घोषणापछि सभामुख रामआशिष यादवले मत विभाजनको आवश्यकता नरहेको भन्दै प्रदेशसभा बैठक स्थगित गरेका छन्। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफ्नो कार्यकालमा संघीयतालाई बलियो बनाउने, सुशासन कायम गर्ने तथा प्रदेशको विकास र समृद्धिका लागि विभिन्न काम गरेको बताए। आफूले गरेका कामबाट सन्तुष्ट रहेको उल्लेख गर्दै उनले पदभन्दा प्रदेशको प्रतिष्ठा र लोकतान्त्रिक मूल्य–मान्यता महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे। उनले सुशासन र प्रशासनिक सुधारका लागि विभिन्न पहल गरेको बताउँदै मन्त्रालयको संख्या घटाउने विषयमा प्रतिवेदन तयार पारिएको जानकारी दिए। मन्त्रालयको संख्या घटाउने प्रक्रिया अघि बढिरहेका बेला नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्यान्वयनमा समस्या आएको उनको भनाइ थियो। आगामी सरकारले पनि प्रशासनिक सुधार र मन्त्रालयको संख्या घटाउने विषयलाई गम्भीरतापूर्वक अघि बढाउने उनले विश्वास व्यक्त गरे। मुख्यमन्त्री यादवले विकास निर्माणका योजनामा हुने अनियमितता तथा खरिद–बिक्री रोक्न पहल गरेको, नियमित बेरुजु घटाउने कार्यविधि तयार पारेको र रकमान्तर नियन्त्रण गर्दै राजस्व वृद्धि गर्ने प्रयास गरेको बताए। त्यस्तै, सरकारी गाडी तथा अन्य अनावश्यक खर्च कटौती, कृषि क्षेत्रको सुधार र सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउने कामसमेत गरिएको उनले उल्लेख गरे। उनले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि रामायणसँग सम्बन्धित विभिन्न कार्यक्रम अघि बढाइएको बताउँदै भारतको अयोध्यादेखि जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि पहल गरिएको जानकारी दिए। उक्त रेल सेवाको उद्घाटनको तयारी भइरहेको पनि उनले बताए। त्यसैगरी, प्रदेशका अस्पतालहरूमा आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि काम गरिएको उनको भनाइ थियो। मुख्यमन्त्री यादवले मधेस प्रदेशको विकास र समृद्धिका लागि आफू आगामी दिनमा पनि निरन्तर सक्रिय रहने बताए। आफ्नो कार्यकालमा सुरु गरिएका राम्रा कामलाई आगामी सरकारले निरन्तरता दिने विश्वास व्यक्त गर्दै उनले प्रदेशको हितलाई प्राथमिकतामा राख्न आग्रह गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
Latest NewsJust now

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

कास्की । माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्न थालेका छन् । तारेबराह आधारभूत विद्यालयमा आज आयोजित उद्यमशीलतासम्बन्धी अन्तरक्रियामा विद्यार्थीले बाँस... ...

रातोपाटी
आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउँछौं -अध्यक्ष ओली
Latest NewsJust now

आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउँछौं -अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका गलत कामलाई रोक्दै जनतामाझ जान आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका हुन् । एमाले सिद्दियो भन्ने कुरालाई गलत प्रमाणित गर्न आन्दोलन र निर्वाचनबाट देखाउनुपर्ने उनको भनाइ ...

केन्द्रबिन्दु
आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएका छन्ः केपी ओली
Latest NewsJust now

आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएका छन्ः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएको बताएका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचन एमालेलाई अनुकुल बन्दै गएको बताएका हुन् । उनले एमालेले स्थानीय तहको निर्वाचन र प्रदेश तहको निर्वाचनको तयारीलाई गम्भिर भएर लाग्ने बताए । उनले […] ...

मकालु खबर
अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा
Latest NewsJust now

अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा

वासिङ्टन। प्राविधिक समस्याका कारण शुक्रबार घण्टौँसम्म अवरुद्ध भएको अमेरिकाको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । पुराना हवाई ट्राफिक नियन्त्रण उपकरणमा समस्या आएपछि देशभरका विमानस्थलमा उडान रोकिएको थियो । अमेरिकी यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिएका छन् । यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन केही समय लाग्ने उनले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play