Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

जनकपुरमा छठको तयारी पूरा, रवि आउने भएपछि गंगासागरमा विशेष सतर्कता

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरमा छठको तयारी पूरा, रवि आउने भएपछि गंगासागरमा विशेष सतर्कता
Photo / Coverage: पर्दाफास

छठ पर्वको तयारीका निम्ति जनकपुरधामका पोखरी तथा जलाशयहरुको तयारी पूरा भएको छ । घाट सफा गर्ने देखि टेन्ट, बत्ती जडान लगायतका कार्यहरु सम्पन्न भइसहेको छ । विशिष्ठ व्यत्तिहरुको आगमनलाई मध्येनजर गर्दै जनकपुरधामका घाटसहित नगरभरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलले जनकपुरधामको गंगासागर पोखरीमा छठ मनाउने भएका कारण यस घाटको वरिपरि विशेष सुरक्षा नियमहरु अपनाइएको छ । गंगासागर छठ पूजा समितिले शनिबार पत्रकारसम्मेलन गर्दै सुरक्षा नियमहरुबारे जानकारी गराएको छ । समितिका अध्यक्ष सतिश कुमार लाल दासका अनुसार विशिष्ट अतिथिहरूको आगमनलाई मध्येनजर गर्दै गंगा सागर घाटको वरिपरि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा समितिका स्वयंसेवक परिचालन गरी विशेष सुरक्षा र भीड व्यवस्थापनमा कडाइ गरिएको छ । विगतका वर्षहरुमा एकदिन अगावै घाटमा पूजा सामग्री राखिने होड हुन्थ्यो । तर यस वर्ष भने छठ घाटमा पूजाका सामग्री व्यवस्थापन सहज बनाउन कार्तिक २९ गते बिहान ७ बजेदेखि मात्र डाला तथा सुपली घाटमा ल्याउन समितिले व्रतालुहरूलाई आग्रह गरेको छ । त्यस्तै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार छठ पर्व अवधिभर गंगासागर आसपासका क्षेत्रमा माछा, मासु तथा मदिराजन्य पसल बन्द गर्न निर्देशनसमेत दिइएको छ । समिति अध्यक्ष दासका अनुसार घाट परिसरमा डिजे बजाउन, मादक पदार्थ सेवन गरी होहल्ला गर्न तथा पटाका पड्काउनसमेत प्रतिबन्ध लगाइएको छ । त्यस्तै, छठ पर्वका मुख्य दिनमा गंगासागर पोखरीका चारैतर्फका डिल तथा पूजा परिसरभित्र सवारीसाधन प्रवेश र पार्किङ गर्न रोक लगाइनुका साथै पोखरीको चारैतर्फ ठेला, फुटपाथ पसल तथा अस्थायी व्यापार व्यवसाय सञ्चालन गर्न पनि निषेध गरिएको छ । सवारी आवागमन व्यवस्थित गर्न कार्तिक २९ गते दिउँसो ४ बजेदेखि ३० गते बिहानको अर्घ्य सम्पन्न नहुँदासम्म विशेष ट्राफिक व्यवस्थापन समेत लागू गरिएको अध्यक्ष दासले जानकारी दिए । छठ पर्व मनाउन रास्वपा सभापति लामिछाने दम्पत्ति आजै जनकपुरधाम आउन लागेका छन् । उनको आगमनका कारण जनकपुर नगरभरि भारी मात्रामा प्रहरी प्रशासन तैनाथ गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली
OthersJust now

अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली

स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले समेत महत्त्वपूर्ण हुने उनको भनाइ छ । ...

अनलाइन खबर
तोसिमा कार्की मनिला जाँदै
OthersJust now

तोसिमा कार्की मनिला जाँदै

रास्वपा सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन् । ...

अनलाइन खबर
५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार छु : शेरबहादुर देउवा
OthersJust now

५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार छु : शेरबहादुर देउवा

‘अदालतमा मेरो विश्वास छ । १८ करोडको कुरा आएको छ । अदालतले निष्पक्ष न्याय दिनेमा विश्वस्त छु’, देउवाले भने, ‘ ...

अनलाइन खबर
छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने
OthersJust now

छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । यसवर्षको छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम पुगेका छन् । उनी केहीबेर अघि विमानमार्फत जनकपुर पुगेका हुन् । लामिछाने जनकपुर जाने कार्यसूची यसअघि नै बनिसकेको थियो । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन जनकपुरधाम पुगेका हुन् । विमानस्थलमा उनीसँग… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play