Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबीच सम्झौता

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबीच सम्झौता
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा, फूलबारी स्थित नेपाल मणिपाल शिक्षण अस्पताल बीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ । सम्झौता अनुसार अस्पतालको विभिन्न सेवा तथा सुविधाहरुमा १० देखि २० प्रतिशत सम्मको छुट उपलब्ध हुनेछ । यसैगरी, मुक्तिनाथ विकास बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई न्युनतम ब्याजदरमा प्रोफेशनल लोन, होम लोन, अटो लोन, व्यवसायिक कर्जा तथा अन्य सहुलियतपुर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ । यस सहकार्यबाट दुवै संस्थाबीचको संस्थागत सम्बन्ध थप सुदृढ हुनुका साथै बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा र अस्पतालका कर्मचारीहरूलाई सहज, सरल तथा प्राथमिकतायुक्त बैंकिङ सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । उक्त समझदारीले स्वास्थ्य सेवा र वित्तीय सेवाबीच सहकार्य विस्तार गर्दै ग्राहक सन्तुष्टि, संस्थागत सम्बन्ध तथा पारस्परिक लाभ अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । The post मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबीच सम्झौता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सर्वोच्चले दिएन आईजीपी नियुक्तिविरुद्ध अन्तरिम आदेश, सात दिनभित्रै अन्तिम सुनुवाइ हुने
Latest NewsJust now

सर्वोच्चले दिएन आईजीपी नियुक्तिविरुद्ध अन्तरिम आदेश, सात दिनभित्रै अन्तिम सुनुवाइ हुने

• सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सात दिनभित्र अन्तिम सुनुवाइका लागि पेसी चढाउन आदेश दिएको छ। • अदालतले मुद्दाको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी संगठनको नेतृत्वको महत्वलाई औँल्याएको छ। • डा. मनोजकुमार केसीले प्रहरी महानिरीक्षकका रूपमा कार्यभार सम्हालिसकेका छन्, तर नियुक्तिको वैधानिकता सर्वोच्च अदालतको अन्तिम सुनुवाइपछि मात्र स्पष्ट हुनेछ। ...

नेपालबहस
दानबहादुर कार्कीको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार
Latest NewsJust now

दानबहादुर कार्कीको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार

काठमाडौँ- सर्वोच्च अदालतले महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा अन्तरिम जारी नहुने आदेश गरेको छ । न्यायाधीश नृपधवज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको सुनुवाइपछि कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यस आदेशसँगै सरकारको निर्णयबमोजिम नियुक्त भएका आईजीपी मनोज केसीलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म काम गर्न बाटो खुलेको छ। सरकारले कात्तिक १८ गते कार्कीलाई ...

नेपालन्युज
मसालको ठहर- बालेनले लिपुलेकको मुद्दा छोड्दा मोदीको प्रियपात्र बने
Latest NewsJust now

मसालको ठहर- बालेनले लिपुलेकको मुद्दा छोड्दा मोदीको प्रियपात्र बने

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रधानमन्त्री वालेन्द्र शाहले कालापानी, लिपुलेक, लिम्पियाधुराको नेपालको भूगोल भारतलाई सुम्पेको बताएको छ। बुधबार प्रेस वक्तव्य जारी गरी मसालले प्रधानमन्त्री शाहले ‘भारतीय साम्राज्यवादप्रति आत्मसमर्पणको नीति अपनाएको’ बताएको हो।  महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री शाह चरम प्रकारको मौकापरस्त व्यक्ति ... ...

नेपालखबर
राष्ट्रिय खेलकुद: सुदूरपश्चिम बास्केटबलको क्वार्टरफाइनलमा
Latest NewsJust now

राष्ट्रिय खेलकुद: सुदूरपश्चिम बास्केटबलको क्वार्टरफाइनलमा

सुदूरपश्चिम प्रदेशले सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको महिला बास्केटबलमा समूह विजेता रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ। तीन टोली रहेको समूह ‘बी’ को दोस्रो खेलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि सहज जित निकालेको छ। सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको कोर्टमा सुदूरपश्चिमले मधेशाई ४७-३ को फराकिलो अन्तरले हराएको हो।  सुदूरपश्चिमक... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement