Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

मुक्तिनाथबाट सुरु भएको रथयात्रा त्रिवेणीधाम पुगेर समापन

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुक्तिनाथबाट सुरु भएको रथयात्रा त्रिवेणीधाम पुगेर समापन
Photo / Coverage: नेपालन्युज

चितवन। मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ। मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य) को सत्संकल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए। ‘देशका विभिन्न स्थानको यात्रा गर्दै मेची र महाकालीको जल ल्याएका छौँ। उक्त जल गण्डकीमा अर्पण गर्नेछौँ’, प्रवक्ता प्रपन्नाचार्य भने । उनका अनुसार रथयात्राको स्वागत तथा दर्शनका लागि स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु हुँदैछ । महायज्ञको पहिलो दिन बिहान ८ः०० बजे गौशालामा सामूहिक गौपूजा, ९ः०० बजे गण्डकी पूजन र १०ः०० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए। कलश यात्रा गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी यज्ञस्थलमा पुग्नेछ । त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिनेछ। बिहान ११ः३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको उनले बताए। मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यले एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान गरिने बताए। ‘प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवंगत भएका आत्माहरूको उद्धार र शान्तिका लागि पितृमुक्ति महायज्ञ आयोजना गर्न लागिएको हो’, उनले भने। उनले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न भक्तजनलाई आग्रह गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा
Latest NewsJust now

अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा

• इरानले अमेरिकी उच्च अधिकारीलाई लक्षित गर्दै 'डर्टी बम' प्रयोग गर्ने रणनीति बनाइरहेको अमेरिकी गुप्तचर निकायको नयाँ सूचनाले देखाएको छ। • अमेरिकी अधिकारीहरूले इरानसँग अमेरिकाभित्र बम निर्माणमा प्रयोग हुने सामग्री लुकाइएको दाबीको विश्वसनीयताबारे मतभेद रहेको बताएका छन्। • अमेरिकी विदेशमन्त्रीले बहराइनसँगको सुरक्षा साझेदारीको प्रतिबद्धता दोहो¥याएका छन् र इरानको आणविक कार्यक्रमलाई खतरा मानिएको छ। ...

नेपालबहस
ट्रम्प, सी र पुटिनबीचको भेटवार्ताले इरान–अमेरिका, रूस–युक्रेन युद्ध अन्त्य होला ?
Latest NewsJust now

ट्रम्प, सी र पुटिनबीचको भेटवार्ताले इरान–अमेरिका, रूस–युक्रेन युद्ध अन्त्य होला ?

काठमाडौं– चीनले अमेरिका, रूस र चीनका राष्ट्रपतिबीच विश्व शान्तिका विषयमा गहन छलफल हुने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यसै साता चीनमा पहिलोपटक त्रिपक्षीय शिखर वार्ता हुन लागेको हो । चिनियाँ विदेश मन्त्रालयले सोमबार तीन देशका राष्ट्रपतिबीच विश्व शान्ति संरक्षण र अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायित्व प्रवर्द्धन गर्ने विषयमा गहन छलफल हुने जानकारी दिएको ...

विश्वखबर
एनपीएलको पहिलो क्वालिफायर आज, लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Latest NewsJust now

एनपीएलको पहिलो क्वालिफायर आज, लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा आज मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।  एनपीएलको यो सिजन यी २ टोली दोस्रोपटक भिड्न लागेका हुन्। एनपीएलको उद्घाटनमा यी २ टोलीको पहिलो भेट भएको थियो। सो भेटमा लुम्बिनीले ७ विकेटले सुदूरपश्चिमलाई पराजित गरेको थियो... ...

नेपालखबर
‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर स्थापना
Latest NewsJust now

‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर स्थापना

• 'गान्धी–मण्डेला फाउन्डेसन' को नेपाल च्याप्टरको स्थापना शान्ति, अहिंसा, करुणा र मानवताको सन्देशलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो। • फाउन्डेसनले गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाका विचार र जीवनदर्शनलाई साझा मानवीय मूल्यका रूपमा विश्वभर फैलाउने लक्ष्य राखेको छ। • नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई मजबुत बनाउने अपेक्षासहित च्याप्टरले युवा, विद्यार्थी र सामाजिक अभियन्ताबीच सहकार्यको अवसर विस्तार ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play