मासु वा हड्डी घाँटीमा अड्किएमा तत्काल के गर्ने के नगर्ने ?

दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ । मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर समस्या आउन सक्ने भएकाले सतर्क रहनुपर्ने वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.विमलेशकुमार गुप्ताले बताए। दसैँमा खानपान गर्दा अपनाउनुपर्ने सावधानी, चिल्लो तथा बोसोयुक्त मासुले घाँटीको स्वास्थ्यमा पार्ने असर र घाँटीमा मासु वा हड्डी अड्किएमा गर्नुपर्ने उपायबारे समाचारदाता प्रगति ढकालले डा. गुप्तासँग गरेको कुराकानीको सम्पादित अंशः दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुरा बढी खाने चलन छ । यसले घाँटीको स्वास्थ्यमा कस्तो असर पार्छ ? यस्ता खानेकुरा बढी खाँदा घाँटीमा जलन र असहजता हुन सक्छ । पेटको अम्ल घाँटीसम्म फर्किने एसिड रिफ्लक्सका कारण घाँटी र छाती पोल्ने तथा घाँटीमा केही अड्किएजस्तो वा खसखस हुने महसुस हुन सक्छ । त्यसैले खानाको मात्रा र प्रकृतिमा ध्यान दिनुपर्छ । घाँटीमा एलर्जी हुने वा रुघाखोकी लागेर घाँटी दुख्ने व्यक्तिले दसैँमा चिल्लो र बोसोयुक्त मासु खान मिल्छ कि मिल्दैन ? घाँटीमा जलन वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले चिल्लो र बोसोयुक्त मासु कम खानु उपयुक्त हुन्छ । यस्ता खानेकुराले केही व्यक्तिमा रिफ्लक्स बढाउन सक्छन् । यस्तो अवस्थामा आफूलाई सहज हुने, पचाउन सजिलो खानेकुरा खानु र पर्याप्त पानी पिउनु राम्रो हुन्छ । दसैँमा मासु खाँदा मासुको टुक्रा वा हड्डी घाँटीमा अड्कियो भने कस्तो समस्या हुन सक्छ ? मासु वा हड्डी अड्किँदा निल्न गाह्रो हुने, घाँटीमा दुखाइ हुने र थुक निल्नसमेत समस्या हुन सक्छ । अड्किएको वस्तुले श्वासनलीमा अवरोध गरेमा सास फेर्न गाह्रो हुन सक्छ, जुन ज्यानै जोखिममा पार्ने अवस्था हो । हड्डी अड्किएको शङ्का भएमा आफैँ निकाल्ने प्रयास नगरी चिकित्सकको सहायता लिनुपर्छ । मासु वा हड्डी घाँटीमा अड्किएमा तत्काल के गर्ने र के गर्नु हुँदैन ? अड्किएको वस्तु निकाल्न औँला घाँटीभित्र हाल्नु हुँदैन । भात, रोटी वा अन्य खानेकुरा निलेर त्यसलाई तल धकेल्ने प्रयास गर्दा चोट लाग्न सक्छ । निल्न नसक्ने वा थुकसमेत निल्न गाह्रो हुने अवस्था भएमा तुरुन्त अस्पताल जानुपर्छ । यदि सास फेर्न नसक्ने, बोल्न नसक्ने वा प्रभावकारी रूपमा खोक्न नसक्ने अवस्था आएमा श्वासनलीमा अवरोध हुन सक्ने भएकाले तत्काल आपतकालीन सहायताका लागि अस्पताल जानुपर्छ
Read Complete Original Article
Published originally on पर्दाफास
Related News
![[अर्काइभ] राजस्व छल्ने १३० जनाको नाम किटान गर्ने त्यो संसदीय प्रतिवेदन](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)
[अर्काइभ] राजस्व छल्ने १३० जनाको नाम किटान गर्ने त्यो संसदीय प्रतिवेदन
२०५५ मा गठित संसदीय छानबिन समितिले राजस्व चुहावट र तस्करीमा संलग्न रहेको आरोपमा १३० जनाको नाम किटान गरेको थियो । ३ सय ३७ पृष्ठको प्रतिवेदनमा ५६ सरकारी निकायको समन्वयमा तस्करी हुने गरेको र बर्सेनि ४ अर्ब रुपैयाँ राजस्व नोक्सानी हुने गरेको उल्लेख थियो । ...

दसैंमा पनि सडक आन्दोलनमै छिन् दीपा, १८४ दिनदेखि न्यायको पर्खाइ
जातीय विभेदविरुद्ध न्याय माग्दै दीपा नेपाली १८४ दिनदेखि माइतीघर मण्डलमा धर्नामा छिन् । सरकारले माग सम्बोधन नगरेको र वार्तामा समेत नबोलाएको उनको गुनासो छ । ...

सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते
बारा । बाराको सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल पछाडिको बस्तीमा आतंक मच्चाउँदै आएको कुकुरलाई सोमबार साँझ नियन्त्रणमा लिइएको छ । कुकुरले... ...

मुस्ताङमा पर्यटकको संख्या ४१ प्रतिशतले घट्यो
काठमाडौं। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ६८५ जना पर्यटक मुस्ताङ पुगेकामा यस वर्ष सोही अवधिमा ४१ दशमलव ५२ प्रतिशतले घटेर ६९ हजार ४०३ जनामा सीमित भएको छ। प्रहरी निरीक्षक ईश्वर महतका अनुसार यस वर्षको ...


