Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मासु खाँदा हड्डी अड्किए के गर्ने ?

मासु खाँदा हड्डी अड्किए के गर्ने ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
मासु खाँदा हड्डी अड्किए के गर्ने ?

काठमाडौं।दशैंमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्। बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ। मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर समस्या आउन सक्ने भएकाले सतर्क रहनुपर्ने वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताले बताए। दशैंमा खानपान गर्दा अपनाउनु पर्ने सावधानी, चिल्लो तथा बोसोयुक्त मासुले घाँटीको स्वास्थ्यमा पार्ने असर र घाँटीमा मासु वा हड्डी अड्किएमा गर्नुपर्ने उपायबारे डा. गुप्तासँग गरिएको कुराकानीको सम्पादित अंशः दशैंमा चिल्लो, पिरो र अमिलो खानेकुरा बढी खाने चलन छ। यसले घाँटीको स्वास्थ्यमा कस्तो असर पार्छ ? यस्ता खानेकुरा बढी खाँदा घाँटीमा जलन र असहजता हुन सक्छ। पेटको अम्ल घाँटीसम्म फर्किने एसिड रिफ्लक्सका कारण घाँटी र छाती पोल्ने तथा घाँटीमा केही अड्किए जस्तो वा खसखस हुने महसुस हुन सक्छ। त्यसैले खानाको मात्रा र प्रकृतिमा ध्यान दिनुपर्छ। घाँटीमा एलर्जी हुने वा रुघाखोकी लागेर घाँटी दुख्ने व्यक्तिले दशैंमा चिल्लो र बोसोयुक्त मासु खान मिल्छ कि मिल्दैन ? घाँटीमा जलन वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले चिल्लो र बोसोयुक्त मासु कम खानु उपयुक्त हुन्छ। यस्ता खानेकुराले केही व्यक्तिमा रिफ्लक्स बढाउन सक्छन्। यस्तो अवस्थामा आफूलाई सहज हुने, पचाउन सजिलो खानेकुरा खानु र पर्याप्त पानी पिउनु राम्रो हुन्छ। दशैंमा मासु खाँदा मासुको टुक्रा वा हड्डी घाँटीमा अड्कियो भने कस्तो समस्या हुन सक्छ ? मासु वा हड्डी अड्किँदा निल्न गाह्रो हुने, घाँटीमा दुखाइ हुने र थुक निल्न समेत समस्या हुन सक्छ। अड्किएको वस्तुले श्वासनलीमा अवरोध गरेमा सास फेर्न गाह्रो हुन सक्छ, जुन ज्यानै जोखिममा पार्ने अवस्था हो। हड्डी अड्किएको शंका भएमा आफै निकाल्ने प्रयास नगरी चिकित्सकको सहायता लिनुपर्छ। मासु वा हड्डी घाँटीमा अड्किएमा तत्काल के गर्ने र के गर्नु हुँदैन ? अड्किएको वस्तु निकाल्न औंला घाँटीभित्र हाल्नु हुँदैन। भात, रोटी वा अन्य खानेकुरा निलेर त्यसलाई तल धकेल्ने प्रयास गर्दा चोट लाग्न सक्छ। निल्न नसक्ने वा थुक समेत निल्न गाह्रो हुने अवस्था भएमा तुरुन्त अस्पताल जानुपर्छ। यदि सास फेर्न नसक्ने, बोल्न नसक्ने वा प्रभावकारी रूपमा खोक्न नसक्ने अवस्था आएमा श्वासनलीमा अवरोध हुन सक्ने भएकाले तत्काल आपतकालीन सहायताका लागि अस्पताल जानुपर्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

छुमसुरको पहिरो हटेपछि खाँदबारी–किमाथांका सडकमा एकतर्फी यातायात सञ्चालन
ताजा खबरJust now

छुमसुरको पहिरो हटेपछि खाँदबारी–किमाथांका सडकमा एकतर्फी यातायात सञ्चालन

नेपाली सेनाले आइतबार साँझ ब्लाष्टिङ गरेर पहिरो हटाएसँगै लामो समयदेखि अवरुद्ध सडकमा सवारीसाधन सञ्चालन भएको हो । ...

कान्तिपुर
बूढीगण्डकीले बगाएको आरुघाट पुलमा जोडियो बेलिब्रिज
ताजा खबरJust now

बूढीगण्डकीले बगाएको आरुघाट पुलमा जोडियो बेलिब्रिज

काठमाडौं । बूढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलको टुटेको भागमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै यातायात सेवा पुन: सञ्चालन गर्ने तयारी गरिएको छ । बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो । यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको ...

कर्पोरट खबर
एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने
ताजा खबरJust now

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने

• नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत नयाँ इन्टरनेट प्याकेजमा ग्राहकको चासो बढेको छ र १९८ नम्बरको क्षमता वृद्धि गरेको छ। • ग्राहकले अनलाइनमा पनि एनटी फाइबर जडानको लागि अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ। • एनटी फाइबरले रु चार हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराएको छ, जसले तुलनात्मक रूपमा कम शुल्कमा सेवा चाहने ग्राहकलाई आकर्षित गरेको ...

नेपालबहस
त्रिवि क्रिकेट मैदानमा कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन र ड्रोन उडाउन रोक
ताजा खबरJust now

त्रिवि क्रिकेट मैदानमा कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन र ड्रोन उडाउन रोक

काठमाडौँ। त्रिवि क्रिकेट मैदानमा अन्तिम तयारीका काम गर्नुपर्ने भएकाले आगामी आइतबार, कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण र ड्रोन उडाउन रोक लगाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play