Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक उपत्यका भित्र कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक उपत्यका भित्र कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक उपत्यका भित्र कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ९४७ जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक रहेका छन् । त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए । मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी कार्य भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रवक्ता सुवेदीले बताए । चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने भएकाले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ । The post मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक उपत्यका भित्र कारबाहीमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

बासस्थान विनाश, आहाराको कमी तथा मानव–वन्यजन्तु द्वन्द्वले हिउँ चितुवा संरक्षणमा समस्या
ताजा खबरJust now

बासस्थान विनाश, आहाराको कमी तथा मानव–वन्यजन्तु द्वन्द्वले हिउँ चितुवा संरक्षणमा समस्या

जलवायु परिवर्तन, बासस्थान विनाश, आहाराको कमी र मानव–वन्यजन्तु द्वन्द्वले हिउँ चितुवाको अस्तित्वमा चुनौती थपिँदै गएको छ । दुर्लभ वन्यजन्तुको संरक्षणसँगै हिमाली क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धनको सम्भावना पनि उत्तिकै छ । ...

कान्तिपुर
के तपाईं दराजमा टन्न लुगा हुँदाहुँदै नयाँ किन्न बजार जानुहुन्छ ?
ताजा खबरJust now

के तपाईं दराजमा टन्न लुगा हुँदाहुँदै नयाँ किन्न बजार जानुहुन्छ ?

चाडपर्वमा नयाँ लुगा किन्ने चलन र फास्ट फेसनको मोहले कपडाजन्य फोहोर बढ्दै गएको छ । केही पटक मात्रै लगाइएका वा प्रयोग नै नभएका कपडा थन्क्याउने र फाल्ने प्रवृत्तिले सहरमा फोहोरको समस्या थप जटिल बनाएको छ । ...

कान्तिपुर
नवलपुरमा अटो दुर्घटना, चौध जना घाइते
ताजा खबरJust now

नवलपुरमा अटो दुर्घटना, चौध जना घाइते

बोमलाल गिरीनवलपुर, कात्तिक ६ गते । नवलपुरको देवचुली नगरपालिका–६ मा भएको अटो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जना बालबालिका, ५ महिला र एक पुरुष रहेको नवलपुर प्रहरीले... ...

गोरखापत्र
विद्युत् महसुलमा लगाइएको भ्याट हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल असुल गर्न माग गर्दै ठोसेमा हस्ताक्षर अभियान
ताजा खबरJust now

विद्युत् महसुलमा लगाइएको भ्याट हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल असुल गर्न माग गर्दै ठोसेमा हस्ताक्षर अभियान

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज रामेछाप जिल्लाका विभिन्न गाउँबस्तीमा स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक, समाजसेवी, अग्रज व्यक्तित्व तथा सर्वसाधारणसँग भेटघाट एवं अन्तरक्रिया गरेका छन् । बिहानैदेखि आफ्नो जन्मथलो आसपासका तीन स्थानमा स्थानीयवासीसँग भेटघाट गर्दै उनले गाउँको विकास, स्थानीय आवश्यकता, जनसरोकारका विषय तथा उज्यालो नेपाल पार्टीको नीति, उद्देश्य र भावी कार्यक्रमबारे छलफल गरे । सो क्रममा पार्टीप्रति स्थानीयवासीको चासो, ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play