Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

मानिसभन्दा अगाडि मेसिन

Share:WhatsAppFacebookX (Twitter)Telegram
मानिसभन्दा अगाडि मेसिन
Photo / Coverage: नेपालन्युज

कुनै समय मानिसले घण्टौँ लगाएर गर्ने काम अहिले केही मिनेटमै पूरा हुन थालेका छन्। लामो प्रतिवेदनको सारांश निकाल्न, सयौँ पृष्ठका कागजात पढ्न, भाषान्तरण गर्न, समाचारको प्रारम्भिक मस्यौदा तयार गर्न, तस्बिर बनाउन, भिडियो सम्पादन गर्न र कम्प्युटर प्रोग्राम लेख्न अब पहिलेजस्तो समय खर्चिनु पर्दैन। कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले काम गर्ने परम्परागत शैलीलाई तीव्र गतिमा परिवर्तन गरिरहेको छ। मानिसले बनाएको प्रविधि मानिसकै क्षमताभन्दा अगाडि बढ्न थालेको अनुभूति विश्वभर हुन थालेको छ। प्रश्नको उत्तर दिनु, तर्क प्रस्तुत गर्नु, तथ्याङ्क विश्लेषण गर्नु, नयाँ विचार सुझाउनु र सिर्जनात्मक सामग्री उत्पादन गर्नु एआईका सामान्य क्षमता बन्दै गएका छन्। कुनै समय विशेषज्ञको सीप मानिने काम पनि अहिले सामान्य डिजिटल उपकरणको पहुँचमा पुगेका छन्। ठूलो युवा जनशक्ति, वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्र, कमजोर औद्योगिक आधार, सीमित अनुसन्धान क्षमता र विदेशमा सेवा निर्यातको सम्भावना बोकेको देशका लागि एआई अवसर पनि हो, चुनौती पनि। यो परिवर्तन प्रविधि क्षेत्रमा मात्र सीमित छैन। बैंकिङ, शिक्षा, स्वास्थ्य, पत्रकारिता, कानुन, उद्योग, व्यापार, कृषि, पर्यटन र सरकारी सेवासम्म यसको प्रभाव विस्तार भइरहेको छ। मानिसले गर्ने कामको प्रकृति बदलिँदै छ। कतिपय काममा मानिसको आवश्यकता घटिरहेको छ भने नयाँ सीप र रोजगारीका अवसर पनि जन्मिरहेका छन्। नेपालका लागि यो परिवर्तन झन् महत्त्वपूर्ण छ। ठूलो युवा जनशक्ति, वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्र, कमजोर औद्योगिक आधार, सीमित अनुसन्धान क्षमता र विदेशमा सेवा निर्यातको सम्भावना बोकेको देशका लागि एआई अवसर पनि हो, चुनौती पनि। यसले नेपाललाई कम लगानीमा विश्व बजारसँग प्रतिस्पर्धा गर्ने अवसर दिन सक्छ। तर प्रविधिको प्रयोगमा पछाडि परे नेपाली श्रम बजारको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्न सक्छ। विश्व आर्थिक मञ्च (डब्लूईएफ) को सन् २०२५ को ‘फ्युचर अफ जब्स रिपोर्ट’ ले सन् २०३० सम्म विश्वमा प्रविधि, अर्थतन्त्र, जनसांख्यिकी र हरित रूपान्तरणका कारण १७ करोड नयाँ रोजगारी सिर्जना हुने र ९ करोड २० लाख रोजगारी विस्थापित हुने प्रक्षेपण गरेको छ। अर्थात्, पुराना काम हराउने र नयाँ काम जन्मिने प्रक्रियाले विश्व श्रम बजारको स्वरूप नै बदल्नेछ। समग्रमा ७ करोड ८० लाख रोजगारी थपिने अनुमान गरिएको छ। प्रतिवेदनले प्रविधि, तथ्याङ्क र एआईसँग सम्बन्धित पेसालाई तीव्र गतिमा विस्तार हुने रोजगारीमध्ये राखेको छ। तर स्वास्थ्य सेवा, शिक्षा, कृषि र वितरण सेवाजस्ता परम्परागत क्षेत्रमा पनि नयाँ रोजगारी सिर्जना हुने अनुमान छ। प्रविधिसम्बन्धी सीपसँगै आलोचनात्मक सोच, सिर्जनशीलता र सहकार्यजस्ता मानवीय सीपको महत्त्व पनि बढ्ने प्रतिवेदनले औँल्याएको छ। अब प्रतिस्पर्धा मानिस र मेसिनबीच मात्र रहने छैन। एआई प्रयोग गर्न जान्ने र त्यसको प्रयोग गर्न नसक्ने मानिसबीच पनि नयाँ विभाजन देखिन सक्छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सन् २०२५ को अध्ययनले विश्वका चारमध्ये एक कामदार कुनै न कुनै रूपमा जेनेरेटिभ एआईको प्रभावमा पर्ने पेसामा रहेको देखाएको छ। तर अध्ययनको निष्कर्ष सबै रोजगारी समाप्त हुन्छन् भन्ने होइन। धेरैजसो पेसा पूर्ण रूपमा विस्थापित हुनुभन्दा तिनको काम गर्ने तरिका परिवर्तन हुने सम्भावना बढी छ। यसको अर्थ मानिसको भविष्य मेसिनले खोस्ने मात्र होइन, मानिस र मेसिनबीचको सम्बन्धले निर्धारण गर्ने समय सुरु भएको छ। अब प्रतिस्पर्धा मानिस र मेसिनबीच मात्र रहने छैन। एआई प्रयोग गर्न जान्ने र त्यसको प्रयोग गर्न नसक्ने मानिसबीच पनि नयाँ विभाजन देखिन सक्छ। रोजगारीको पुरानो संरचनामाथि दबाब एआईको सबैभन्दा प्रत्यक्ष प्रभाव श्रम बजारमा देखिन थालेको छ। कार्यालयमा दैनिक गरिने दोहोरिने काम, तथ्याङ्क प्रविष्टि, सामान्य ग्राहक सेवा, भाषान्तरण, प्रतिवेदन लेखन, प्रारम्भिक डिजाइन र सामान्य कोडिङजस्ता काम स्वचालित प्रणालीबाट हुन थालेका छन्। यसले कम्पनीलाई कम समयमा बढी काम गर्न र सञ्चालन खर्च घटाउन मद्दत गरेको छ। व्यवसायका दृष्टिले यो उत्पादकत्व वृद्धि हो। तर कामदारका दृष्टिले भविष्यको अनिश्चितता पनि हो। पहिले एउटा कम्पनीमा पाँच जना कर्मचारीले गर्ने काम अहिले एआईको सहयोगमा दुई वा तीन जनाले गर्न सक्ने अवस्था बनेको छ। यसको अर्थ कम्पनीले सबै कर्मचारी हटाउँछ भन्ने होइन। तर नयाँ कर्मचारी नियुक्त गर्दा चाहिने संख्या, सीप र दक्षताको मापदण्ड बदलिन सक्छ। नेपालको सूचना प्रविधि क्षेत्रमा पनि यसको प्रभाव देखिन थालेको छ। सफ्टवेयर कम्पनीहरूले एआई उपकरण प्रयोग गरेर कोड लेख्ने, त्रुटि पत्ता लगाउने, परीक्षण गर्ने र परियोजनाको दस्तावेज तयार गर्ने काम छिटो बनाउन थालेका छन्। यसले दक्ष कर्मचारीको उत्पादकत्व बढाएको छ भने सामान्य सीप भएका नयाँ जनशक्तिका लागि प्रवेशको बाटो कठिन बनाउने जोखिम पनि बढाएको छ। सफ्टवेयर कम्पनीहरूले विद्यमान कर्मचारीलाई एआई प्रयोग गर्न सिकाइरहेका छन्। नयाँ जनशक्ति भर्ना गर्दा उनीहरूबाट पहिलेभन्दा फरक सीप अपेक्षा गर्न थालिएको छ। कम्पनीहरू एआईले दिएको उत्तर जस्ताको तस्तै प्रयोग गर्नेभन्दा त्यसलाई जाँच्न, सुधार्न र सही निर्देशन दिन सक्ने जनशक्ति खोजिरहेका छन्। यसले नेपाली युवाका अगाडि नयाँ प्रश्न खडा गरेको छ। विश्वविद्यालयबाट प्राप्त डिग्री मात्रै पर्याप्त हुन्छ कि अब एआईसँग काम गर्न सक्ने व्यावहारिक दक्षता पनि अनिवार्य बन्नेछ? एउटा सामान्य तथ्याङ्क प्रविष्टि कर्मचारीलाई एआई प्रणालीको प्राविधिक व्यवस्थापन गर्ने जनशक्तिमा रूपान्तरण गर्न समय, तालिम र लगानी आवश्यक हुन्छ। सामान्य लेखन, अनुवाद, ग्राफिक्स डिजाइन, भिडियो सम्पादन, तथ्याङ्क व्यवस्थापन र सफ्टवेयर विकासमा प्रवेश गर्न चाहने युवाले यसलाई गम्भीर रूपमा लिनुपर्ने देखिन्छ। पहिले यी क्षेत्रमा प्रारम्भिक काम गरेर अनुभव बटुल्ने अवसर पाइन्थ्यो। अहिले एआईले त्यही तहका कामको ठूलो हिस्सा गर्न थालेपछि नयाँ पुस्ताले आफ्नो क्षमता प्रमाणित गर्न थप प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ। तर एआईले रोजगारी समाप्त गर्ने मात्र होइन, नयाँ काम पनि सिर्जना गरिरहेको छ। एआई प्रणाली विकासकर्ता, डाटा इन्जिनियर, एआई सुरक्षा विशेषज्ञ, मेसिन लर्निङ अनुसन्धानकर्ता, साइबर सुरक्षा विश्लेषक, एआई परामर्शदाता र डिजिटल उत्पादन व्यवस्थापकजस्ता कामको माग बढिरहेको छ। समस्या के हो भने पुरानो रोजगारी गुमाउने मानिस र नयाँ रोजगारीका लागि आवश्यक सीप भएका मानिस एउटै समूहका नहुन सक्छन्। एउटा सामान्य तथ्याङ्क प्रविष्टि कर्मचारीलाई एआई प्रणालीको प्राविधिक व्यवस्थापन गर्ने जनशक्तिमा रूपान्तरण गर्न समय, तालिम र लगानी आवश्यक हुन्छ। यसैले एआईको बहसलाई रोजगारी घट्ने वा बढ्ने भन्ने सामान्य हिसाबमा सीमित गर्न मिल्दैन। मुख्य प्रश्न श्रम बजारले कति छिटो आफूलाई परिवर्तन गर्न सक्छ भन्ने हो। शिक्षालयमा नयाँ बहस एआईको सबैभन्दा ठूलो प्रभाव पर्ने क्षेत्रमध्ये शिक्षा पनि एक हो। विद्यार्थीले गृहकार्य गर्न, निबन्ध लेख्न, गणितीय समस्या समाधान गर्न, अनुसन्धानको प्रारम्भिक सामग्री जुटाउन र भाषागत कमजोरी सुधार्न एआई प्रयोग गर्न थालेका छन्। शिक्षकले पाठयोजना बनाउन, प्रश्न तयार गर्न र विद्यार्थीको सिकाइ मूल्याङ्कन गर्न यसको सहयोग लिन सक्छन्। यसले शिक्षालाई व्यक्तिगत आवश्यकताअनुसार अनुकूल बनाउन सक्ने सम्भावना पनि खोलेको छ। एउटै कक्षामा फरक क्षमता र सिकाइ गति भएका विद्यार्थीलाई उनीहरूको स्तरअनुसार व्याख्या र अभ्यास उपलब्ध गराउन सकिन्छ। इन्टरनेट र उपयुक्त उपकरणको पहुँच भएमा ग्रामीण क्षेत्रका विद्यार्थीले पनि धेरै शैक्षिक स्रोत प्राप्त गर्न सक्छन्। काठमाडौं विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरूमा एआई प्रयोगलाई औपचारिक रूपमा स्वीकार गर्ने नीति अघि बढाएको छ भने त्रिभुवन विश्वविद्यालयले परीक्षामा एआई प्रयोगलाई निषेध गर्ने अभ्यास अपनाएको छ। तर यही प्रविधिले शिक्षाको आधारभूत उद्देश्यबारे प्रश्न उठाएको छ। विद्यार्थीले आफैँ सोचेर लेख्नुपर्ने निबन्ध एआईले लेखिदिएमा उसले के सिक्यो? अनुसन्धानका लागि आवश्यक स्रोत अध्ययन नगरी एआईले तयार गरेको सामग्री बुझाउँदा त्यसलाई मौलिक अनुसन्धान मान्न सकिन्छ? कुनै विद्यार्थीले परीक्षामा एआई प्रयोग गरेर उत्तर लेखेमा उसको वास्तविक ज्ञान कसरी मापन गर्ने? नेपालका विश्वविद्यालयमा यो बहस सुरु भइसकेको छ। काठमाडौं विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरूमा एआई प्रयोगलाई औपचारिक रूपमा स्वीकार गर्ने नीति अघि बढाएको छ भने त्रिभुवन विश्वविद्यालयले परीक्षामा एआई प्रयोगलाई निषेध गर्ने अभ्यास अपनाएको छ। पूर्वाञ्चल विश्वविद्यालयले एआईलाई छुट्टै विषयका रूपमा समावेश गरेको छ। एउटै देशका विश्वविद्यालयबीच एआई प्रयोगबारे फरक दृष्टिकोण देखिनुले शैक्षिक नीतिमा एकरूपताको आवश्यकता देखाएको छ। शिक्षामा एआई प्रयोगलाई पूर्ण रूपमा रोक्नु समाधान नहुन सक्छ। विद्यार्थीलाई यसको प्रयोग गर्नै नदिने हो भने उनीहरू भविष्यको कार्यक्षेत्रमा आवश्यक पर्ने सीपबाट वञ्चित हुन सक्छन्। अर्कोतर्फ, एआईले तयार गरेको सामग्रीलाई आफ्नै बौद्धिक उत्पादनका रूपमा प्रस्तुत गर्न छुट दिने हो भने सिकाइ र अनुसन्धानको विश्वसनीयता कमजोर हुन सक्छ। शिक्षाका विषयमा युनेस्कोले सन् २०२५ को अन्तर्राष्ट्रिय शिक्षा दिवसको मूल अवधारणा नै ‘स्वचालनको संसारमा मानवीय स्वायत्तताको संरक्षण’ राखेको थियो। युनेस्कोले सन् २०२५ मा सार्वजनिक गरेको अध्ययनअनुसार उच्च शिक्षासँग सम्बन्धित संस्थामध्ये झन्डै दुईतिहाइले एआई प्रयोगसम्बन्धी निर्देशिका बनाइसकेका छन् वा बनाउने प्रक्रियामा छन्। अध्ययनमा सहभागी संस्थाका प्रतिनिधिमध्ये ९० प्रतिशतले आफ्नो व्यावसायिक काममा एआई प्रयोग गर्ने गरेको बताएका थिए। तर यसको शैक्षिक, नैतिक र सामाजिक प्रभावबारे अनिश्चितता पनि उल्लेख्य रहेको थियो। शिक्षाका विषयमा युनेस्कोले सन् २०२५ को अन्तर्राष्ट्रिय शिक्षा दिवसको मूल अवधारणा नै ‘स्वचालनको संसारमा मानवीय स्वायत्तताको संरक्षण’ राखेको थियो। संस्थाको दृष्टिकोणमा प्रविधि मानिसको नियन्त्रणमा रहनुपर्छ र मानिसले नै यसको दिशा निर्धारण गर्न सक्नुपर्छ। यसले एउटा महत्त्वपूर्ण कुरा स्पष्ट पार्छ। शिक्षाको उद्देश्य एआईभन्दा छिटो उत्तर दिन सक्ने मानिस उत्पादन गर्नु होइन। प्रश्न गर्न, प्रमाण खोज्न, तर्क गर्न, फरक दृष्टिकोण बुझ्न र सही निर्णय गर्न सक्ने मानिस तयार गर्नु हो। मेसिनले उत्तर दिन सक्ने युगमा सही प्रश्न गर्न सक्ने क्षमताको महत्त्व झन् बढ्नेछ। एआईले गलत तथ्य वा अस्तित्वमै नभएका सन्दर्भ सामग्री प्रस्तुत गर्न सक्ने भएकाले विद्यार्थी र अनुसन्धानकर्ताले त्यसको प्रमाणीकरण गर्न सक्ने क्षमता विकास गर्नु पनि उत्तिकै आवश्यक छ। नेपालका विश्वविद्यालयले पनि एआईलाई नक्कल गर्ने उपकरणका रूपमा मात्र हेर्ने कि सिकाइ र अनुसन्धान सुधार गर्ने माध्यमका रूपमा विकास गर्ने भन्ने स्पष्ट नीति बनाउनुपर्ने देखिन्छ। अनुसन्धानमा एआई प्रयोग गरिएको छ भने कुन प्रयोजनमा, कति हदसम्म र कुन सामग्री मानिसले आफैँ तयार गरेको हो भन्ने खुलाउनुपर्ने व्यवस्था आवश्यक हुन सक्छ। विशेषगरी शोधपत्र, अनुसन्धान प्रतिवेदन र शैक्षिक प्रकाशनमा एआईको प्रयोगबारे स्पष्ट मापदण्ड नहुँदा लेखकत्व, मौलिकता र बौद्धिक सम्पत्तिको विवाद बढ्न सक्छ। एआईले गलत तथ्य वा अस्तित्वमै नभएका सन्दर्भ सामग्री प्रस्तुत गर्न सक्ने भएकाले विद्यार्थी र अनुसन्धानकर्ताले त्यसको प्रमाणीकरण गर्न सक्ने क्षमता विकास गर्नु पनि उत्तिकै आवश्यक छ। एआई डिटेक्टरमाथि सर्वोच्चको बहस नेपालमा एआईको प्रयोगसम्बन्धी बहसलाई नयाँ मोड दिने घटना विश्वविद्यालयका विद्यार्थी र एआई डिटेक्सन सफ्टवेयरबीच उत्पन्न विवाद हो। त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थाले विद्यार्थीका शोधपत्र, अनुसन्धान सामग्री र अन्य शैक्षिक लेखनमा एआई प्रयोग भएको छ कि छैन भनेर परीक्षण गर्न विदेशी सफ्टवेयर प्रयोग गरिरहेका छन्। तर त्यस्ता सफ्टवेयरको नतिजालाई कति विश्वसनीय मान्ने भन्ने प्रश्न उठेको छ। कानुनका विद्यार्थी रोशन आउजी, विवेक चौधरीलगायतले एआई प्रयोग र साहित्यिक चोरीलाई एउटै विषयका रूपमा हेर्न नहुने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्। उनीहरूको माग एआई डिटेक्सन सफ्टवेयरको अनुमानित रिपोर्टलाई मात्रै आधार बनाएर विद्यार्थीका अनुसन्धान सामग्री अस्वीकार गर्ने वा कारबाही गर्ने व्यवस्था रोक्नुपर्ने भन्ने छ। सर्वोच्च अदालतका फैसलासमेत परीक्षण गर्दा सफ्टवेयरले ७० देखि ८० प्रतिशतसम्म एआई प्रयोग भएको देखाएको थियो। यसले यस्ता उपकरणको नतिजालाई अन्तिम प्रमाण मान्न मिल्ने कि नमिल्ने भन्ने गम्भीर प्रश्न उठाएको छ। रोशन आउजीले आफ्नो शोधपत्र आफैँले लेखेको भए पनि सफ्टवेयरले एआईबाट बनेको देखाएपछि क्याम्पसले अस्वीकार गरेको बताएका छन्। उनको भनाइमा, “सफ्टवेयरले अनुमानका आधारमा नतिजा दिन्छ, तर त्यसलाई चुनौती दिने अवसर मलाई दिइएन। यस्तो मूल्याङ्कनका आधारमा विद्यार्थीको शैक्षिक भविष्य जोखिममा पार्नु अन्यायपूर्ण हो।” अर्का निवेदक विवेक चौधरीले एआईसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा विश्वविद्यालयले प्रयोग गरिरहेको सफ्टवेयरको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। उनले भनेका छन्, “नेपालमा एआईसम्बन्धी साहित्यिक चोरीलाई नियमन गर्ने स्पष्ट कानुनी संरचना छैन। आईथेन्टिकेटले दिने नतिजा शतप्रतिशत विश्वसनीय छैनन्।” उनका अनुसार सर्वोच्च अदालतका फैसलासमेत परीक्षण गर्दा सफ्टवेयरले ७० देखि ८० प्रतिशतसम्म एआई प्रयोग भएको देखाएको थियो। यसले यस्ता उपकरणको नतिजालाई अन्तिम प्रमाण मान्न मिल्ने कि नमिल्ने भन्ने गम्भीर प्रश्न उठाएको छ। एआई प्रयोग गर्नु आफैँमा साहित्यिक चोरी हो कि होइन? कुनै विद्यार्थीले एआईको सहयोगमा भाषा सुधार गरेको, सामग्रीको संरचना बनाएको वा अनुसन्धानका लागि प्रारम्भिक विचार प्राप्त गरेको छ भने त्यसलाई पनि चोरी मान्न मिल्छ? सर्वोच्च अदालत प्रशासनले सुरुमा रिट दर्ता गर्न अस्वीकार गरे पनि त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले रजिस्ट्रारको दरपीठ आदेश बदर गरी रिट दर्ता गर्न निर्देशन दिएको छ। यसले विषयमाथि न्यायिक सुनुवाइको बाटो खोलेको छ। यो आदेश रिटको माग स्वीकार भएको अन्तिम फैसला भने होइन। विवादको केन्द्रमा एउटा आधारभूत प्रश्न छ। एआई प्रयोग गर्नु आफैँमा साहित्यिक चोरी हो कि होइन? कुनै विद्यार्थीले एआईको सहयोगमा भाषा सुधार गरेको, सामग्रीको संरचना बनाएको वा अनुसन्धानका लागि प्रारम्भिक विचार प्राप्त गरेको छ भने त्यसलाई पनि चोरी मान्न मिल्छ? अर्कोतर्फ, एआईले तयार गरेको सम्पूर्ण सामग्री आफ्नो मौलिक सिर्जना भन्दै बुझाउनु कति उचित हुन्छ? यी प्रश्नको जवाफ सफ्टवेयरले देखाउने एउटा प्रतिशतले दिन सक्दैन। त्यसका लागि अनुसन्धानको प्रकृति, प्रयोग गरिएको सामग्री, लेखकको मौलिक योगदान र एआईको भूमिकाको मूल्याङ्कन आवश्यक हुन्छ। एआई डिटेक्टरले कुनै सामग्री एआईबाट बनेको हुन सक्ने सम्भावना देखाउन सक्छ। तर त्यसले मात्रै लेखकले कसरी लेख्यो, कुन स्रोत प्रयोग गर्‍यो र बौद्धिक योगदान कति छ भन्ने प्रमाणित गर्न सक्दैन। प्रविधिको नतिजालाई अन्तिम निर्णयको आधार बनाउँदा निर्दोष विद्यार्थी अन्यायमा पर्न सक्छन्। समाचार सङ्कलन, भाषान्तरण, सम्पादन, तथ्याङ्क विश्लेषण, शीर्षक निर्माण, भिडियो सम्पादन र सामाजिक सञ्जालका सामग्री तयार गर्न एआई प्रयोग हुन थालेको छ। यस विवादले नेपालका विश्वविद्यालयलाई पनि आफ्नो नीति पुनरावलोकन गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ। एआई प्रयोग निषेध गर्ने वा स्वीकार गर्नेभन्दा पनि कुन अवस्थामा स्वीकार गर्ने, कसरी खुलाउने, कसरी परीक्षण गर्ने र विवाद भएमा विद्यार्थीले कसरी आफ्नो पक्ष राख्न पाउने भन्ने व्यवस्था आवश्यक छ। पत्रकारिताको विश्वसनीयता कसले जोगाउने? एआईको प्रभाव पत्रकारितामा झन् संवेदनशील छ। समाचार सङ्कलन, भाषान्तरण, सम्पादन, तथ्याङ्क विश्लेषण, शीर्षक निर्माण, भिडियो सम्पादन र सामाजिक सञ्जालका सामग्री तयार गर्न एआई प्रयोग हुन थालेको छ। यसले समाचार कक्षको काम छिटो र प्रभावकारी बनाउन सक्छ। एउटा पत्रकारले लामो प्रतिवेदन पढेर मुख्य तथ्य निकाल्नुपर्ने काम एआईको सहयोगमा छोटो समयमा गर्न सक्छ। सयौँ पृष्ठका सरकारी कागजातबाट आवश्यक तथ्य खोज्न, पुराना समाचारको अभिलेख विश्लेषण गर्न र विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्क तुलना गर्न पनि यसले सहयोग पुर्‍याउन सक्छ। विशेषगरी स्रोत र जनशक्ति सीमित भएका नेपाली सञ्चारमाध्यमका लागि एआई उपयोगी उपकरण बन्न सक्छ। सानो समाचार कक्षले पनि अनुवाद, सामग्री व्यवस्थापन र प्रारम्भिक तथ्याङ्क विश्लेषणमा प्रविधिको सहयोग लिएर कामको दायरा विस्तार गर्न सक्छ। नेपाली भाषाको सन्दर्भ र भाव बुझ्न एआईमा समस्या रहने, प्रतिलिपि अधिकारको प्रश्न उठ्ने र मानवीय परीक्षणबिनाको प्रयोग जोखिमपूर्ण हुने विषय पनि औँल्याइएको थियो। तर समाचार उत्पादनमा गति बढ्नु मात्रै पत्रकारिताको सफलता होइन। समाचारको सत्यता, स्रोतको विश्वसनीयता, सार्वजनिक हित र जवाफदेहिता यसको आधार हुन्। एआईले तयार गरेको समाचारमा गलत तथ्य, नक्कली उद्धरण, गलत नाम र अस्तित्वमै नभएका स्रोत समावेश हुन सक्छन्। यस्ता गल्ती पत्रकारले परीक्षण नगरी प्रकाशित गरेमा सञ्चारमाध्यमको विश्वसनीयतामा गम्भीर असर पर्न सक्छ। एआईबाट बनाइएका नक्कली तस्बिर, आवाज र भिडियोले अर्को चुनौती थपेका छन्। कुनै सार्वजनिक व्यक्तिको आवाज नक्कल गरेर उसले नबोलेको कुरा बोलेको देखाउन सकिन्छ। कुनै घटनामा उपस्थित नभएको व्यक्तिलाई उपस्थित भएको देखाउन सकिन्छ। वास्तविक भिडियोमा नक्कली आवाज जोडेर त्यसको सन्दर्भ नै परिवर्तन गर्न सकिन्छ। नेपालमा चुनावी राजनीति र सार्वजनिक बहसमा यस्ता सामग्रीको प्रभाव देखिन थालेको छ। नेपाली, मैथिली र भोजपुरी भाषामा एआई उपकरणको सहज उपलब्धताले गलत सूचना उत्पादन र प्रसार अझ सजिलो बनाएको छ। वास्तविक दृश्यमा नक्कली आवाज जोड्ने, तस्बिरका अनुहार वा वस्तु परिवर्तन गर्ने र पुराना भिडियो नयाँ घटनाका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढ्दो चुनौती बनेको छ। एआई समाचार उत्पादनको सहयोगी हुन सक्छ, तर समाचारको जिम्मेवारी लिन सक्दैन। कुनै समाचारमा गल्ती भएमा त्यसको जवाफ एआईले होइन, सम्पादक र सञ्चारमाध्यमले दिनुपर्छ। फ्रिडम फोरमले सन् २०२६ जुनमा प्रेस काउन्सिल नेपालसँगको सहकार्यमा आयोजना गरेको छलफलमा नेपाली सञ्चारमाध्यमका सम्पादकहरूले एआई प्रयोगसम्बन्धी नैतिक मापदण्ड आवश्यक रहेको बताएका थिए। छलफलमा सहभागी सञ्चारकर्मीहरूले अनुवाद, भाषिक सम्पादन, शीर्षक छनोट, डिजाइन र सामाजिक सञ्जाल सामग्री निर्माणमा एआई प्रयोग भइरहेको उल्लेख गरेका थिए। नेपाली भाषाको सन्दर्भ र भाव बुझ्न एआईमा समस्या रहने, प्रतिलिपि अधिकारको प्रश्न उठ्ने र मानवीय परीक्षणबिनाको प्रयोग जोखिमपूर्ण हुने विषय पनि औँल्याइएको थियो। रोयटर्स इन्स्टिच्युटको सन् २०२५ को समाचारसम्बन्धी अध्ययनले पनि पाठकहरू समाचार उत्पादनमा एआईको प्रयोगप्रति सशंकित रहेको देखाएको छ। अध्ययनअनुसार विभिन्न देशका समाचार उपभोक्ताले एआईले समाचार उत्पादन लागत घटाउने र अद्यावधिक सामग्री उपलब्ध गराउने अपेक्षा गरे पनि समाचारको पारदर्शिता, शुद्धता र विश्वसनीयता कमजोर हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। बैंक तथा वित्तीय संस्थाले ग्राहकको कारोबार विश्लेषण, सम्भावित जोखिम पहिचान, ऋण मूल्याङ्कन, ठगी नियन्त्रण, ग्राहक सेवा र वित्तीय योजना निर्माणमा एआई प्रयोग गर्न सक्छन्। अध्ययनको निष्कर्षमा समाचार उत्पादनमा मानिसको भूमिका कायम रहने अवस्थालाई पाठकले बढी सहज रूपमा स्वीकार गर्ने उल्लेख छ। एआईले समाचारको सारांश तयार गर्ने, भाषान्तरण गर्ने वा पाठकलाई सामग्री खोज्न सहयोग गर्ने काममा भने सम्भावना देखिएको छ। यसले पत्रकारितामा एउटा महत्त्वपूर्ण सिद्धान्त स्थापित गर्छ। एआई समाचार उत्पादनको सहयोगी हुन सक्छ, तर समाचारको जिम्मेवारी लिन सक्दैन। कुनै समाचारमा गल्ती भएमा त्यसको जवाफ एआईले होइन, सम्पादक र सञ्चारमाध्यमले दिनुपर्छ। भविष्यको पत्रकारिता एआई प्रयोग नगर्ने र गर्ने सञ्चारमाध्यमबीचको प्रतिस्पर्धा मात्र हुने छैन। एआई प्रयोग गरेर पनि तथ्य परीक्षण, स्रोतको सुरक्षा, सम्पादकीय स्वतन्त्रता र मानवीय संवेदनशीलता जोगाउन सक्ने सञ्चारमाध्यम नै विश्वसनीय बन्नेछन्। बैंकिङ र व्यवसायमा बदलिँदो कार्यशैली एआईले वित्तीय क्षेत्रको काम गर्ने तरिकामा पनि परिवर्तन ल्याइरहेको छ। बैंक तथा वित्तीय संस्थाले ग्राहकको कारोबार विश्लेषण, सम्भावित जोखिम पहिचान, ऋण मूल्याङ्कन, ठगी नियन्त्रण, ग्राहक सेवा र वित्तीय योजना निर्माणमा एआई प्रयोग गर्न सक्छन्। बैंकमा दैनिक हुने हजारौँ कारोबारमध्ये असामान्य कारोबार पहिचान गर्न मानिसलाई लामो समय लाग्न सक्छ। एआई प्रणालीले कारोबारको ढाँचा विश्लेषण गरेर शंकास्पद गतिविधि पहिचान गर्न सहयोग पुर्‍याउन सक्छ। ग्राहकले सोध्ने सामान्य प्रश्नको जवाफ च्याटबटमार्फत दिन सकिन्छ। ऋण माग गर्ने व्यक्तिको वित्तीय इतिहास र भुक्तानी क्षमताको विश्लेषण पनि स्वचालित प्रणालीबाट गर्न सकिन्छ। एआईले गलत तथ्याङ्कका आधारमा कुनै ग्राहकलाई ऋण दिन अस्वीकार गर्‍यो भने त्यसको जिम्मेवारी कसले लिने? एल्गोरिदमले जातीय, लैङ्गिक, भौगोलिक वा आर्थिक अवस्थाका आधारमा अप्रत्यक्ष विभेद गर्‍यो भने त्यसलाई कसरी नियन्त्रण गर्ने? नेपालको वित्तीय क्षेत्रमा एआई प्रयोगबारे सन् २०२५ मा प्रकाशित एक अध्ययनले बैंक, लघुवित्त र बीमा कम्पनीमा यसको सम्भावना औँल्याएको छ। अध्ययनमा समेटिएको सन् २०२४ को अनलाइन सर्वेक्षणअनुसार सहभागी वाणिज्य बैंकमध्ये ४५ प्रतिशतले एआई वा मेसिन लर्निङ प्रयोग गरिरहेको बताएका थिए। लघुवित्त संस्थामा यो अनुपात २० प्रतिशत र बीमा कम्पनीमा ३५ प्रतिशत थियो। यो सम्पूर्ण नेपाली वित्तीय क्षेत्रको आधिकारिक जनगणना भने होइन, अध्ययनमा सहभागी संस्थाको सर्वेक्षणमा आधारित तथ्य हो। यसले वित्तीय क्षेत्रमा प्रविधि प्रयोगको सम्भावना देखाए पनि जोखिम पनि उत्तिकै छन्। एआईले गलत तथ्याङ्कका आधारमा कुनै ग्राहकलाई ऋण दिन अस्वीकार गर्‍यो भने त्यसको जिम्मेवारी कसले लिने? एल्गोरिदमले जातीय, लैङ्गिक, भौगोलिक वा आर्थिक अवस्थाका आधारमा अप्रत्यक्ष विभेद गर्‍यो भने त्यसलाई कसरी नियन्त्रण गर्ने? ग्राहकको व्यक्तिगत र वित्तीय विवरण सुरक्षित राख्ने जिम्मेवारी कसको हुने? यस्ता प्रश्नको जवाफबिना एआईको विस्तारले वित्तीय सेवामा असमानता र गोपनीयताको जोखिम बढाउन सक्छ। व्यवसायमा भने एआईले लागत घटाउने र उत्पादन क्षमता बढाउने अवसर प्रदान गरेको छ। बजारको माग विश्लेषण, ग्राहकको व्यवहार बुझ्ने, विज्ञापन तयार गर्ने, स्टक व्यवस्थापन गर्ने र व्यावसायिक निर्णयका लागि तथ्याङ्क विश्लेषण गर्ने काममा यसको प्रयोग बढ्न सक्छ। भरपर्दो इन्टरनेट, डिजिटल भुक्तानी, गुणस्तरीय तथ्याङ्क, दक्ष जनशक्ति र साइबर सुरक्षाको व्यवस्था नभएसम्म एआईले सबै व्यवसायलाई समान लाभ दिन सक्दैन। विशेषगरी साना तथा मझौला व्यवसायका लागि यो महत्त्वपूर्ण अवसर हो। ठूलो कम्पनीले मात्र उपयोग गर्न सक्ने बजार अनुसन्धान, डिजाइन र विज्ञापनसम्बन्धी केही सुविधा अब कम खर्चमा प्राप्त गर्न सकिन्छ। नेपाली उद्यमीले विदेशी बजारका ग्राहक, प्रतिस्पर्धी र सम्भावित मागको प्रारम्भिक विश्लेषण गर्न पनि एआईको सहयोग लिन सक्छन्। तर प्रविधिमा पहुँच हुनु र त्यसबाट व्यावसायिक लाभ लिन सक्नु फरक कुरा हुन्। भरपर्दो इन्टरनेट, डिजिटल भुक्तानी, गुणस्तरीय तथ्याङ्क, दक्ष जनशक्ति र साइबर सुरक्षाको व्यवस्था नभएसम्म एआईले सबै व्यवसायलाई समान लाभ दिन सक्दैन। सिर्जनशीलता र मानवीय पहिचानको प्रश्न एआईले मानिसको बौद्धिक र सिर्जनात्मक क्षमताबारे पनि बहस जन्माएको छ। गीत, कविता, कथा, चित्र, डिजाइन, विज्ञापन, चलचित्रको पटकथा र भिडियो निर्माणमा एआईले उल्लेखनीय क्षमता देखाउन थालेको छ। यसले सिर्जनात्मक कामका लागि आवश्यक समय र लागत घटाएको छ। पहिले एउटा विज्ञापनको डिजाइन तयार गर्न डिजाइनरले घण्टौँ खर्चिनुपर्ने अवस्था थियो। अहिले केही निर्देशन दिएर विभिन्न डिजाइन विकल्प तयार गर्न सकिन्छ। भिडियोको प्रारम्भिक सम्पादन, आवाजको सफाइ, उपशीर्षक निर्माण र भाषान्तरण पनि सहज भएको छ। यसले सिर्जनात्मक क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ पुस्ताका लागि अवसर खोलेको छ। ठूलो स्टुडियो वा महँगो उपकरण नभए पनि सामान्य डिजिटल साधनबाट सामग्री उत्पादन गर्न सकिने भएको छ। प्रविधिले विकल्प दिन सक्छ, तर कुन विकल्प अर्थपूर्ण छ भन्ने निर्णय मानिसले गर्नुपर्ने हुन्छ। तर यसले कलाकार, लेखक, संगीतकार, फोटोग्राफर र डिजाइनरको बौद्धिक सम्पत्तिको अधिकारबारे गम्भीर प्रश्न उठाएको छ। एआईलाई प्रशिक्षण दिन प्रयोग गरिएका सामग्री कसका हुन्? कलाकारको अनुमति नलिई उसको शैलीमा सामग्री उत्पादन गर्नु उचित हुन्छ? एआईले तयार गरेको सिर्जनाको वास्तविक सर्जक को हो? त्यसबाट प्राप्त आम्दानीमा कसको अधिकार रहन्छ? अर्को प्रश्न मानिसको सिर्जनशील क्षमतासँग जोडिएको छ। यदि विद्यार्थीले हरेक निबन्ध एआईबाट लेखाउन थाल्यो, डिजाइनरले हरेक कल्पना एआईलाई सुम्पियो र लेखकले हरेक विचार मेसिनबाट खोज्न थाल्यो भने मानिसको आफ्नै सोच्ने र सिर्जना गर्ने अभ्यास कमजोर हुन सक्छ। एआईले मानिसको सिर्जनशीलता विस्तार गर्ने कि मानिसलाई त्यसैमा निर्भर बनाउने भन्ने कुरा प्रयोगको तरिकाले निर्धारण गर्नेछ। प्रविधिले विकल्प दिन सक्छ, तर कुन विकल्प अर्थपूर्ण छ भन्ने निर्णय मानिसले गर्नुपर्ने हुन्छ। नेपालको नीति र कार्यान्वयनको चुनौती एआईको विश्वव्यापी विस्तारसँगै नेपालले पनि यसको विकास र प्रयोगका लागि नीतिगत आधार तयार गरेको छ। सरकारले सन् २०२५ मा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता नीति स्वीकृत गरेको थियो। नीतिले एआईलाई आर्थिक तथा सामाजिक विकासको माध्यम बनाउने, दक्ष जनशक्ति उत्पादन गर्ने र यसको सुरक्षित, नैतिक तथा समावेशी प्रयोग सुनिश्चित गर्ने लक्ष्य राखेको छ। नीतिको दृष्टि नै ‘मानवकेन्द्रित, नैतिक र समृद्ध नेपाल निर्माणका लागि कृत्रिम बुद्धिमत्ता प्रविधिको विकास’ भन्ने छ। यसले एआईलाई केवल प्रविधिको विषय नभई सामाजिक तथा आर्थिक रूपान्तरणको माध्यमका रूपमा परिभाषित गरेको छ। एआई प्रणालीको गुणस्तर, पारदर्शिता, जवाफदेहिता, बौद्धिक सम्पत्ति संरक्षण, गोपनीयता र साइबर सुरक्षाका लागि आवश्यक मापदण्ड तथा कानुनी व्यवस्था विकास गर्ने विषय पनि समेटिएको छ। नीतिमा पाँच वर्षभित्र कम्तीमा पाँच हजार दक्ष एआई जनशक्ति उत्पादन गर्ने, सबै प्रदेशमा एआई उत्कृष्टता केन्द्र स्थापना गर्ने र आधारभूत तहका विद्यार्थीसमेतलाई एआई साक्षर बनाउने लक्ष्य राखिएको छ। सूचना प्रविधि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान एक प्रतिशतले बढाउने तथा सरकारी एआई तयारीको अन्तर्राष्ट्रिय सूचकाङ्कमा नेपालको स्थान शीर्ष ५० भित्र पुर्‍याउने लक्ष्यसमेत समेटिएको छ। नीतिले राष्ट्रिय एआई केन्द्र र एआई नियमन परिषद्को संरचना प्रस्ताव गरेको छ। एआई प्रणालीको गुणस्तर, पारदर्शिता, जवाफदेहिता, बौद्धिक सम्पत्ति संरक्षण, गोपनीयता र साइबर सुरक्षाका लागि आवश्यक मापदण्ड तथा कानुनी व्यवस्था विकास गर्ने विषय पनि समेटिएको छ। तर नीति घोषणा गर्नु र त्यसको कार्यान्वयन गर्नु फरक विषय हुन्। नेपालमा एआई अनुसन्धानका लागि आवश्यक कम्प्युटिङ पूर्वाधार, पर्याप्त लगानी, उच्चस्तरीय प्राविधिक जनशक्ति र अनुसन्धान संस्थाको क्षमता सीमित छ। विश्वविद्यालयमा अनुसन्धान र उद्योगबीचको सहकार्य पनि पर्याप्त छैन। नेपालको चुनौती प्रविधि भित्र्याउनु मात्र होइन, त्यसलाई आफ्नै आवश्यकता र क्षमताअनुसार प्रयोग गर्न सक्ने संस्थागत आधार निर्माण गर्नु पनि हो। नेपालले आफ्नै भाषामा काम गर्न सक्ने एआई प्रणाली विकास गर्न सके त्यसको उपयोगिता अझ व्यापक हुन सक्छ। नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, थारू, नेपाल भाषा, तामाङ, मगरलगायत भाषामा पनि प्रविधिको पहुँच विस्तार गर्न सकिन्छ। अहिले अन्तर्राष्ट्रिय एआई प्रणालीले नेपाली भाषामा काम गरे पनि भाषाको स्थानीय सन्दर्भ, सांस्कृतिक अर्थ र क्षेत्रीय विविधता बुझ्ने क्षमतामा सुधार आवश्यक छ। नेपालको सरकारी सेवा प्रवाहमा पनि एआईको ठूलो सम्भावना छ। नागरिकले सरकारी कार्यालयमा धाउनुपर्ने अवस्था घटाउन, सार्वजनिक गुनासो वर्गीकरण गर्न, सरकारी तथ्याङ्क विश्लेषण गर्न, विपद्को पूर्वानुमान गर्न र कृषि उत्पादनको सम्भावित अवस्थाबारे जानकारी दिन एआई प्रयोग गर्न सकिन्छ। तर सार्वजनिक प्रशासनमा एआई प्रयोग गर्दा नागरिकको व्यक्तिगत विवरण, सरकारी अभिलेख र संवेदनशील सूचनाको सुरक्षा अनिवार्य हुनुपर्छ। सरकारी निर्णयको आधार एआईले तयार गरेको सामग्री मात्रै हुनु हुँदैन। निर्णय गर्ने अधिकारीको जिम्मेवारी र नागरिकको अपिल गर्न पाउने अधिकार कायम रहनुपर्छ। नेपालको चुनौती प्रविधि भित्र्याउनु मात्र होइन, त्यसलाई आफ्नै आवश्यकता र क्षमताअनुसार प्रयोग गर्न सक्ने संस्थागत आधार निर्माण गर्नु पनि हो। डिजिटल विभाजनको नयाँ जोखिम एआईले सबै मानिसलाई समान अवसर दिन्छ भन्ने छैन। प्रविधिमा पहुँच भएका र नभएका मानिसबीचको दूरी अझ फराकिलो हुन सक्छ। सहरी क्षेत्रमा उच्च गतिको इन्टरनेट, आधुनिक उपकरण र डिजिटल सीप भएका विद्यार्थीले एआईको लाभ लिन सक्छन्। तर ग्रामीण क्षेत्रका विद्यालयमा इन्टरनेट, कम्प्युटर र दक्ष शिक्षकको अभाव रहेमा त्यहाँका विद्यार्थी यो अवसरबाट वञ्चित हुन सक्छन्। यसले नेपालको विद्यमान शैक्षिक असमानतालाई नयाँ स्वरूप दिन सक्छ। सम्पन्न परिवारका विद्यार्थीले एआईको सहयोगमा आफ्नो सिकाइ र सीप विकास गर्न सक्ने तर आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थी आधारभूत डिजिटल पहुँचबाटै वञ्चित हुने अवस्था आउन सक्छ। एआईले दिएको उत्तर सही छ कि छैन भनेर परीक्षण गर्ने, गलत सूचना छुट्याउने, व्यक्तिगत विवरण सुरक्षित राख्ने, स्रोत पहिचान गर्ने र प्रविधिको नैतिक प्रयोग गर्न सक्ने क्षमता पनि यसको हिस्सा हो। युनेस्कोले सन् २०२५ मा सार्वजनिक गरेको ‘एआई एन्ड एजुकेसन : प्रोटेक्टिङ द राइट्स अफ लर्नर्स’ प्रतिवेदनले पनि डिजिटल विभाजनलाई एआई युगको गम्भीर चुनौती मानेको छ। प्रतिवेदनअनुसार सन् २०२४ सम्म विश्वका करिब २ अर्ब ६० करोड मानिस इन्टरनेट पहुँचबाहिर थिए। यस्तो अवस्थामा एआईको विकासले प्रविधिमा पहुँच भएका र नभएका समुदायबीचको असमानता अझ बढाउन सक्ने जोखिम छ। नेपालको सन्दर्भमा एआई साक्षरता केवल कम्प्युटर चलाउन जान्ने विषय होइन। एआईले दिएको उत्तर सही छ कि छैन भनेर परीक्षण गर्ने, गलत सूचना छुट्याउने, व्यक्तिगत विवरण सुरक्षित राख्ने, स्रोत पहिचान गर्ने र प्रविधिको नैतिक प्रयोग गर्न सक्ने क्षमता पनि यसको हिस्सा हो। विद्यालय तहदेखि नै यस्तो शिक्षा दिन आवश्यक छ। विद्यार्थीलाई एआईबाट उत्तर निकाल्न मात्र होइन, त्यसको उत्तरमाथि प्रश्न गर्न र प्रमाण खोज्न पनि सिकाउनुपर्छ। मानिसको भविष्य मानिसकै हातमा एआईको विकास रोक्न सम्भव छैन। यसलाई अस्वीकार गरेर पुरानै काम गर्ने शैलीमा फर्किने विकल्प पनि व्यावहारिक देखिँदैन। प्रविधिको विकाससँगै समाज, शिक्षा, अर्थतन्त्र र श्रम बजारले आफूलाई अनुकूल बनाउनुपर्ने हुन्छ। विश्वका विकसित अर्थतन्त्रले एआईलाई उत्पादकत्व बढाउने माध्यमका रूपमा प्रयोग गरिरहेका छन्। नेपालले पनि यसलाई केवल उपभोक्ता प्रविधिका रूपमा प्रयोग गर्ने कि आफ्नै आर्थिक विकासको आधार बनाउने भन्ने निर्णय गर्नुपर्ने समय आएको छ। नेपालका लागि पहिलो आवश्यकता जनशक्ति तयार गर्नु हो। विश्वविद्यालयको पाठ्यक्रम समयानुकूल बनाउने, विद्यालय तहमा एआई साक्षरता विस्तार गर्ने, प्राविधिक तालिमलाई व्यावहारिक बनाउने र उद्योगसँग शैक्षिक संस्थाको सहकार्य बढाउने काम आवश्यक छ। मानिसले एआईलाई कसरी प्रयोग गर्छ, त्यसको नियन्त्रण कसरी गर्छ र त्यसबाट प्राप्त लाभ कसरी बाँड्छ भन्ने कुराले पनि निर्धारण गर्छ। दोस्रो आवश्यकता रोजगारीमा आउन सक्ने परिवर्तन व्यवस्थापन गर्नु हो। एआईका कारण कामको प्रकृति बदलिने क्षेत्रमा कार्यरत कर्मचारीलाई पुनःसीप विकास र नयाँ सीप सिक्ने अवसर दिनुपर्छ। कम्पनीले प्रविधिको प्रयोगबाट उत्पादकत्व बढाउँदा कर्मचारीको क्षमता विकास र रोजगारी सुरक्षाबारे पनि सोच्नुपर्छ। तेस्रो आवश्यकता स्पष्ट कानुनी तथा नैतिक मापदण्ड निर्माण गर्नु हो। एआईबाट तयार भएको सामग्रीको जिम्मेवारी, व्यक्तिगत विवरणको सुरक्षा, बौद्धिक सम्पत्तिको अधिकार, गलत सूचना, डिजिटल ठगी र स्वचालित निर्णयबाट उत्पन्न हुने विभेदलाई सम्बोधन गर्ने व्यवस्था आवश्यक छ। चौथो आवश्यकता नेपाली भाषामा आफ्नै अनुसन्धान र प्रविधि विकास गर्नु हो। अरूले बनाएको एआई प्रयोग गरेर मात्रै नेपाल प्रविधिको प्रतिस्पर्धामा अगाडि बढ्न सक्दैन। नेपाली समाज, भाषा, भूगोल, संस्कृति र अर्थतन्त्रको आवश्यकता बुझ्ने प्रविधि विकासमा पनि लगानी गर्नुपर्छ। डब्लूईएफको अध्ययनले सन् २०३० सम्म कामको स्वरूपमा ठूलो परिवर्तन आउने देखाएको छ। यसले आगामी पुस्ताले एउटै सीप सिकेर जीवनभर काम गर्ने परम्परागत अवधारणा कमजोर हुँदै जाने संकेत गरेको छ। निरन्तर सिकाइ, अनुकूलन क्षमता, आलोचनात्मक सोच, सिर्जनशीलता र मानवीय सहकार्यको महत्त्व बढ्नेछ। पहिले मानिसको मूल्य उसले कति काम गर्न सक्छ भन्ने आधारमा मापन गरिन्थ्यो। अब उसले प्रविधिको सहयोगमा कति प्रभावकारी, सिर्जनात्मक र जिम्मेवार काम गर्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण बन्नेछ। मानिसको भविष्य एआईले के गर्न सक्छ भन्ने कुराले मात्र निर्धारण गर्दैन। मानिसले एआईलाई कसरी प्रयोग गर्छ, त्यसको नियन्त्रण कसरी गर्छ र त्यसबाट प्राप्त लाभ कसरी बाँड्छ भन्ने कुराले पनि निर्धारण गर्छ। मेसिनले तथ्याङ्क विश्लेषण गर्न सक्छ, तर त्यसको सामाजिक अर्थ बुझ्ने जिम्मेवारी मानिसकै हो। मेसिनले सम्भावित निर्णय सुझाउन सक्छ, तर त्यसको नैतिक परिणामको जिम्मेवारी मानिसले नै लिनुपर्छ। मेसिनले शब्द र तस्बिर सिर्जना गर्न सक्छ, तर त्यसले समाजमा पार्ने प्रभावको मूल्याङ्कन मानवीय विवेकबाटै हुनुपर्छ। एआईको युगमा मानिसको महत्त्व घट्नेभन्दा मानिसबाट अपेक्षा गरिने क्षमता बदलिने सम्भावना बढी छ। पहिले मानिसको मूल्य उसले कति काम गर्न सक्छ भन्ने आधारमा मापन गरिन्थ्यो। अब उसले प्रविधिको सहयोगमा कति प्रभावकारी, सिर्जनात्मक र जिम्मेवार काम गर्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण बन्नेछ। अन्ततः एआईसँग प्रतिस्पर्धा गरेर मानिसले आफ्नो अस्तित्व प्रमाणित गर्नुपर्ने होइन। एआईलाई मानिसको हितमा प्रयोग गर्न सक्ने समाज निर्माण गर्नु मुख्य चुनौती हो। प्रविधि जति शक्तिशाली हुँदै जान्छ, त्यसलाई नियन्त्रण गर्ने मानवीय विवेक, नैतिकता र जिम्मेवारीको आवश्यकता पनि उत्तिकै बढ्दै जानेछ। भविष्य मेसिनको मात्रै हुने छैन। तर मेसिनसँग काम गर्न नजान्ने मानिसका लागि त्यो भविष्य सहज पनि हुने छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एउटै नाम र चुनाव चिन्हमा दुई वटा कांग्रेस हुन सक्दैन :  महामन्त्री राणा
Latest NewsJust now

एउटै नाम र चुनाव चिन्हमा दुई वटा कांग्रेस हुन सक्दैन :  महामन्त्री राणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले निर्वाचन आयोगले दबाबमा परेर १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई अद्यावधिक गर्न केही ढिलाइ गरेको आरोप लगाएका छन् । शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका... ...

रातोपाटी
काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा चोरी, १२१ जना पक्राउ
Latest NewsJust now

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा चोरी, १२१ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ५ बजेदेखि ‘सुरक्षित यात्रा’ नामक विशेष अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो । ...

कान्तिपुर
सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ
Latest NewsJust now

सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

काठमाडौँ, मङ्सिर १२ गते । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको नगद, मोबाइल फोन, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी र लुटपाट गर्ने तथा महिलामाथ... ...

गोरखापत्र
१०औँ खेलकुदको अवसरमा वीरेन्द्रनगरमा बृहत् सरसफाइ
Latest NewsJust now

१०औँ खेलकुदको अवसरमा वीरेन्द्रनगरमा बृहत् सरसफाइ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले १०औँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै बृहत् सरसफाइ अभियान सुरु गरेको छ । खेलकुदको तयारीसँगै वीरेन्द्रनगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले नगरपालिकाको आयोजनामा सरसफाइ अभियान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement