Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ । हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको यस जात्रा शनिबार त्रयोदशीका दिन धार्मिक विधि र परम्पराका साथ सम्पन्न भएको मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले जानकारी दिए । “गौरवशाली इतिहास, मौलिक संस्कृति र जीवन्त परम्पराको प्रतीक मानमानेश्वरी भवानीको पायो जात्रा एक महत्वपूर्ण संस्कृति हो, आस्था, श्रद्धा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतको अनुपम उत्सव हरेक वर्ष हर्षोउल्लासका साथ मनाइने प्रचलन छ, ललितपुरको ऐतिहासिक सांस्कृतिक परम्परासँग अभिन्न रूपमा जोडिएको यो जात्राले हाम्रो धार्मिक विश्वास, गुठी परम्परा र सामुदायिक एकतालाई जीवन्त राख्दै आएको छ”, अध्यक्ष श्रेष्ठले भने। अध्यक्ष श्रेष्ठका अनुसार मानमानेश्वरी भवानीलाई लिच्छविकालीन समयदेखि नै शक्तिपीठ र राजकीय देवीका रूपमा पूजा गरिँदै आएको मानिन्छ । जात्राको मुख्य आकर्षण देवगण वा गुठियारहरूले हातहातमा खड्ग (तरवार) बोकेर परम्परागत पहिरन र मुकुण्डो लगाएर बाजागाजाका साथ सहर वा बस्ती परिक्रमा गर्नु हो । पायो (खड्ग) जात्रा ललितपुरको पाटन दरबार क्षेत्रसँग सम्बन्धित लिच्छवि, मल्ल र शाहकालीन संस्कृति बोकेको सबैभन्दा पुरानो परम्परागत जात्रा हो । नवमीका दिन महालक्ष्मीस्थानबाट थसिमलः पायो जात्रा सञ्चालन गरिएको थियो भने दशमीको साँझ मूलचोकबाट मंगलबजार चौबाटोमा श्री भवानी र श्री नवदुर्गाबीचको पावन मिलन गरी त्रयोदशीका दिन मानमानेश्वरी भवानीलाई मूल चोकबाट मुछेँ आगम घरमा पुनः विराजमान गराएपछि पायो जात्रा सम्पन्न भएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भने, “यो केवल एउटा जात्रा मात्र होइन, हाम्रो पहिचान हो । हाम्रा पुर्खाको विरासत हो । यो हामीले हाम्रो भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमुल्य सांस्कृतिक सम्पत्ति हो । यस वर्ष जात्रा सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ, अर्को वर्षका लागि सहज बनाउन हामीले के गर्नु पर्छ, सरोकारवालाहरुको सुझावअनुसार गर्नुपर्ने त्यो सबै काम गर्छौँ ।” उनले आर्थिक अभावका कारण समुदाय र समाजको जीवन्त इतिहास बोकेको ऐतिहासिक, पौराणिक जात्रा पर्वहरु सञ्चालनका लागि आर्थिक अभाव र कठिनाई हुन नदिन ललितपुर महानगरपालिकाले हरतरहले सहयोग उपलब्ध गराउने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
ताजा खबरJust now

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही

काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

नेपालखबर
म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
ताजा खबरJust now

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते

याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

नेपालन्युज
असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
ताजा खबरJust now

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play