Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

माछापुच्छ्रे बैंक र रिज रेमिटबीच विप्रेषण सम्झौता

Share:WhatsAppFacebookX (Twitter)Telegram
माछापुच्छ्रे बैंक र रिज रेमिटबीच विप्रेषण सम्झौता
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको विप्रेषण सेवा प्रदायक कम्पनी रिज रेमिट लिमिटेडबीच विप्रेषण सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतासँगै दुवै संस्थाले विप्रेषण कारोबार औपचारिक रूपमा सुरु गरेका छन् । सम्झौतापछि युरोपमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले रिज रेमिटको मोबाइल एपमार्फत नेपालमा सहजै रकम पठाउन सक्नेछन् । यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै विप्रेषण सेवा ‘एमबीएल रेमिट’मार्फत नगद भुक्तानी लिन वा माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा सिधै जम्मा गर्न सकिनेछ । त्यस्तै, नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रबाट पनि सेवाग्राहीले रकम प्राप्त गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय विप्रेषण सेवालाई सरल, सुरक्षित र किफायती बनाउने उद्देश्यले गरिएको यो सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउने बैंकको अपेक्षा छ । साथै, डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्दै सेवाग्राहीलाई आधुनिक र भरपर्दो सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विप्रेषण सेवा सञ्चालन गर्दा नेपाल राष्ट्र बैंकका निर्देशन, प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड र अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पालना गर्दै आएको जनाएको छ । माछापुच्छ्रे बैंकले देशभर १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर गरी २५५ स्थानबाट सेवा प्रदान गर्दै आएको छ । बैंकका १९४ एटीएम छन् भने १८ लाखभन्दा बढी ग्राहकलाई विभिन्न बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वैभव सूर्यवंशीको विश्व कीर्तिमान, २८ बलमै बनाए शतक
Latest NewsJust now

वैभव सूर्यवंशीको विश्व कीर्तिमान, २८ बलमै बनाए शतक

काठमाडौँ । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले लिस्ट ए क्रिकेटको इतिहासमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । १५ वर्षीय सूर्यवंशीले लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा... ...

रातोपाटी
कांग्रेसको आधिकारिकता उल्टिन्छ भन्नु संसद् पुनःस्थापना हुन्छ भन्नुजस्तै हो : थापा
Latest NewsJust now

कांग्रेसको आधिकारिकता उल्टिन्छ भन्नु संसद् पुनःस्थापना हुन्छ भन्नुजस्तै हो : थापा

सभापति थापाले अदालतमा विचाराधीन मुद्दालाई देखाएर पार्टीको नेतृत्व र आगामी गतिविधिबारे अन्योल सिर्जना गर्न खोजिएको भन्दै महाधिवेशन सम्पन्न भइसकेको र अब पार्टी आफ्नै नेतृत्वमा अघि बढ्ने बताएका छन् । ...

कान्तिपुर
चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु
Latest NewsJust now

चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० मझराकी १३ वर्षीया कमला सिंह ठकुरीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । सोमबार साँझ घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले बालिकामाथि आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement