Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले सम्हाले कार्यभार

Share:WhatsAppFacebookX (Twitter)Telegram
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले सम्हाले कार्यभार
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २२ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पदभार सम्हाल्नुभएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै केसीले पदभार सम्हाल्नुभएको हो । उहाँलाई गभर्नर पौडेलले शुक्रवार बिशेष समारोहबीच शपथ ग्रहण गराउनु भएको हो । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू सहित अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायत उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । माछापुच्छ«े बंैक लिमिटेडको २८औं वार्षिक साधारण सभामार्फत संस्थापक सेयरधनीहरूको तर्फबाट बैंक सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएलगत्तै बसेको बैंक संचालक समितिको ५६७औँ बैंठकले केसीलाई आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्ति गर्ने निणर्य गरेको थियो । यसअघि पनि एक कार्यकाल कुसलतापुर्वक बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका केसीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सहकारीमा सर्वश्व गुमाएका वृद्धवृद्धाको आँसु पुछनुभन्दा भूमाफियातिरै देखियो बालेन सरकार
Economy & BusinessJust now

सहकारीमा सर्वश्व गुमाएका वृद्धवृद्धाको आँसु पुछनुभन्दा भूमाफियातिरै देखियो बालेन सरकार

सहकारीमा जीवनभरको कमाइ डुबाएका वृद्धवृद्धाको आँसु र पीडा सम्बोधन गर्न नसक्ने सरकार भूमाफियाको मागप्रति भने तत्कालै संवेदनशील बन्नु विडम्बनापूर्ण छ । यसले सरकारको प्राथमिकता कसको पक्षमा छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ रुषा थापा दशैंपछि तिहार नेपालीहरूको दोस्रो ठूलो पर्व हो । तिहारमा अन्य चाडपर्वको तुलनामा खर्च पनि बढी हुन्छ । दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएर भाइमसलासहित विभिन्न परिकार खुवाउने ...

जनताटाइम्स
१३ हिमचुचुरा अवलोकन गर्न सकिने मर्दी पदयात्रा
Economy & BusinessJust now

१३ हिमचुचुरा अवलोकन गर्न सकिने मर्दी पदयात्रा

कास्की। छोटो समयमै हिमालको फेदीसम्म पुग्न सकिने, जङ्गलै जङ्गल शान्त वातावरणमा पदयात्रा गर्न पाइने र एकै पदमार्गबाट १३ वटा हिमचुचुराको अवलोकन गर्न सकिने विशेषताले कास्कीको मर्दी हिमाल पदमार्ग लोकप्रिय बनेको छ। पोखराबाट नजिकै रहेको यो पदमार्गमा अन्य कतिपय पदयात्रा मार्गको तुलनामा कम जोखिम छ। छोटो बिदामै हिमाली सौन्दर्यको अनुभव लिन सकिने भएकाले आन्तरिक तथा विदेशी पर्यट… ...

आर्थिक न्यूज
मुगुमा स्याउखेती : व्यापारी गाउँमै पुग्दा किसानले पाए राम्रो मूल्य
Economy & BusinessJust now

मुगुमा स्याउखेती : व्यापारी गाउँमै पुग्दा किसानले पाए राम्रो मूल्य

मुगु । हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ । तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा भारी गिरावट आएको छ । एकातिर उत्पादन घटे पनि गाउँ–गाउँमा सडक सञ्जाल जोडिएसँगै व्यापारीहरू बगैंचामा पुग्न थालेपछि कृषकहरूले विगतका वर्षहरूको दाँजोमा स्याउको राम्रो मूल्य भने… ...

आर्थिक न्यूज
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, अझै दुई जना फरार
Economy & BusinessJust now

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, अझै दुई जना फरार

काठमाडौं । डोल्पास्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँभन्दा माथिको जंगलबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भनिने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका–१ का य… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play