महिला क्लब विश्वकपको पहिलो संस्करण अमेरिकामा हुने

काठमाडौं । फिफा महिला क्लब विश्वकपको पहिलो संस्करण अमेरिकामा आयोजना हुने भएको छ । फिफाले बिहीबार प्रतियोगिताको पहिलो संस्करण आयोजना गर्ने जिम्मेवारी अमेरिकालाई दिइएको जनाएको हो । यद्यपी, खेल आयोजना हुने शहरहरू भने घोषणा गरिएको छैन । फिफाका अनुसार, प्रतियोगितामा विश्वका विभिन्न देशका कुल १९ क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगिता सन् २०२८ को जानवरी ५ देखि ३० सम्म हुनेछ । महासंघले आगामी वर्षदेखि हरेक चार वर्षको अन्तरालमा महिला क्लब विश्वकप नियमित रूपमा आयोजना गरिने जानकारी दिएको छ । हालसम्म प्रतियोगिताको लागि सात टिम छनोट भइसकेका छन् । जसमा इंग्ल्यान्डको आर्सनल, स्पेनको बार्सिलोना, मेक्सिकोको अमेरिका, आयोजक अमेरिकाको गोथम एफसी, ब्राजिलको कोरिन्थियन्स, चिनको वुहान जियांडा र उत्तर कोरियाको नागोह्याङ क्लबहरू रहेका छन् । फिफाले यस वर्ष सम्पन्न फिफा विश्वकप २०२६ र फिफा क्लब विश्वकप २०२५ को सफलतालाई मध्यनजर गर्दै अमेरिकालाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिइएको जनाएको छ । “अमेरिकाले फिफाका प्रतियोगिताहरूलाई सफलतापूर्वक समपन्न गरेको छ । महिला र पुरुष दुवैतर्फ प्रतियोगिता आयोजना गर्नुका साथै पूर्वाधारहरू पनि पर्याप्त भएकाले अमेरिका प्रतियोगिता आयोजना गर्न उपयुक्त राष्ट्र हो,” फिफा महिला फुटबलकी प्रमुख साराइ बारेमनले बताइन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृ*त्यु, २२९ घाइते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २२९ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ७८ जना घाइते भएका छन्। त्यसैगरी मधेश प्रदेशमा ५३, गण्डकी प्रदेशमा २३, काठमाडौं उपत्यकामा १९, सुदूरपश्चिम प्रदेशमा १८, लुम्बिनी प्रदेशमा १७, बागमती प्रदेशमा १५ र कर्णाली प्रदेशमा ६ जना घाइते ...

पाकिस्तानका कप्तान फरहान एनपीएल खेल्न आइपुगे काठमाडौं
काठमाडौं । पाकिस्तानका टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन् । उनी कर्णाली याक्समा अनुबन्ध भएका छन् । फरहानलाई कर्णालीको व्यवस्थापन टोलीले विमानस्थलमा स्वागत गरेको थियो । फरहान यसपटक एनपीएल खेल्ने ठूला स्टार मध्ये एक हुन् । फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो ...

विदुरलाई नयाँ आर्थिक केन्द्र बनाउने पुनर्निर्माण प्रस्तावको आधार के, चीनसँग कस्तो सहकार्य
EPA भोटेकोशी बाढीपछिको पुनर्निर्माणबारे नेपाल सरकार र दातृ निकायलाई सुझाव दिइरहेका एक जना विज्ञले नुवाकोटको विदुरलाई नयाँ आर्थिक केन्द्र बनाउने हिसाबले दीर्घकालीन नीति अवलम्बन गरिनुपर्ने बताएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ...

जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्तावित तीन परियोजना स्वीकृत
काठमाडौँ। कृषि वन तथा पर्यावरण मन्त्रालयले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन् । विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनुलाई कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएकी छिन् । मन्त्री चौधरीले यस ...


