महिलाहरूलाई बिहेको प्रलोभन दिएर लाखौं ठगी गर्ने सञ्जय थुनामा

काठमाडौं । आफू दक्षिण कोरियाको राजदूत बन्न लागेको भन्दै महिलासँग रकम मागेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सञ्जय उर्फ डम्बर खतिवडालाई उच्च अदालत पाटनले पनि थुनामै राख्ने आदेश दिएको छ। खतिवडाले एक महिलासँग विवाह गर्ने र त्यसपछि उनलाई पत्नीका रूपमा दक्षिण कोरिया लगेर व्यापार गर्ने भन्दै सम्बन्ध बनाएको आरोप छ। त्यस क्रममा उनले आफू दक्षिण कोरियाको राजदूत बन्न लागेको र त्यसका लागि सभामुख डिपी अर्याललाई १ करोड ७५ लाख रुपैयाँ दिनुपर्ने भन्दै रकम मागेको जाहेरीमा उल्लेख छ। ती महिलालाई खतिवडाले आफूले सभामुख डा. अर्याललाई ७५ लाख रुपैयाँ बुझाइसकेको र थप एक करोड रुपैयाँ बुझाउन बाँकी रहेको बताएका थिए। ती महिला अटोमोबाइल व्यवसायमा संलग्न रहेको बताइएको छ। यसैबीच, बेलायतमा बस्ने नेपालीमूलकी एक महिलालाई ४२ लाख रुपैयाँ ठगी गरेको आरोपमा खतिवडा पक्राउ परेका थिए। अनलाइन जाहेरीका आधारमा भदौ ८ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनीबाट ठगिएको दाबी गर्दै अर्की महिलाले समेत प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। खतिवडाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (१) अन्तर्गत ठगी तथा दफा २५३ (१) र (२) अन्तर्गत आपराधिक लाभ लिन नहुने कसुरमा मुद्दा चलाइएको छ। काठमाडौं जिल्ला अदालतले असोज ६ गते उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध परेको निवेदनमाथि बिहीबार उच्च अदालत पाटनका न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटा र नारायणप्रसाद सुवेदीको इजलासले जिल्ला अदालतकै आदेश सदर गरेको हो। उच्च अदालतको आदेशसँगै खतिवडा मुद्दाको अन्तिम फैसला नहुँदासम्म पुर्पक्षका लागि थुनामै रहने भएका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मेडिकल पढन विदेशी विद्यार्थीलार्ई २५०० सिट, आवेदन १७६ मात्रै
भारतको चिकित्सा शिक्षासम्बन्धी नीट परीक्षा उत्तीर्ण गरेर पनि यसबाहेकका विदेशी विद्यार्थीले नेपालका मेडिकल कलेजमा भर्ना पाउँछन् ...

एनपीएल : कर्णाली याक्सको रोमाञ्चक जित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो। विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रन बनाएको थियो। विराटनगरका लागि लोकेश बमले ५२ बलमा ९ छक्का र ३ ...

बिचौलिया सापकोटासँग नाम जोडिएपछि प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश–फूलकोर्ट) बैठक बोलाएका छन्। शुक्रबार बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल गर्न भनिएको छ। ...

विराटनगर किङ्समाथि कर्णाली याक्सको ४ विकेटको राेमाञ्चक जित
• कप्तान सोमपाल कामीको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। • कर्णालीले १८६ रनको लक्ष्य पछ्याउँदै १ बल बाँकी रहदै १८७ रन बनाएको हो। • विराटनगरले २० ओभरमा १८५ रन बनाएको थियो, जहाँ लोकेशले ८७ रनको योगदान दिएका थिए। ...


