महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा रास्वपाको प्रतिनिधिमण्डलले छिट्टै जनवादी गणतन्त्र चीनको भ्रमण गर्न लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्। शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा उक्त भ्रमणका विषयमा छलफल भएको उनले बताए। बैठकमा मधेस प्रदेशसहित केही जिल्लामा देखिएका समस्या र मधेस अडिटसम्बन्धी विषयमा सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन पनि पेस भएको थियो । प्रवक्ता खरेलका अनुसार कार्यदलको प्रतिवेदन अध्ययन गरेपछि त्यसका आधारमा पार्टीले आगामी कदम चाल्ने निर्णय गरेको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले पाँच ओभरको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध... ...

सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र विवाद’ समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निचोडमा पुगेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरिप्रसाद फुयाललगायत केही न्यायाधीशहरू बिचौलिया इनम सापकोटासँग सम्पर्कमा रहेको समाचार आएपछि सत्तारुढ रास्वपाले यसलाई ‘न्य... ...

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य
विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ। ...

एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले कीर्तिमानी रन खडा गरेको छ ...


