महानिर्देशक र आयोजना निर्देशक पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ। एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारीको आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरी गरिएको कारबाहीप्रति गम्भीर असहमति व्यक्त गरेको हो। विज्ञप्तिमा कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कसैलाई पनि नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया र आवश्यक आधारको पूर्ण पालना हुनुपर्ने उल्लेख गरिएको छ। बिना आधार र कारण सार्वजनिक नगरी गरिएको पक्राउले विधिको शासन र पेसागत मर्यादामाथि प्रश्न उठाएको एसोसिएसनको ठहर छ। एसोसिएसनले सम्बन्धित निकायसँग गिरफ्तारीको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न तथा पक्राउ परेका दुवै इन्जिनियरको मानव अधिकार र कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न माग गरेको छ। त्यस्तै, प्रचलित कानुनबमोजिम निष्पक्ष, पारदर्शी र विधिसम्मत अनुसन्धान प्रक्रिया अवलम्बन गर्न पनि एसोसिएसनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार, एक बेपत्ता
टोकियो । जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा सानो पानी जहाज (टगबोट) मा आगलागी हुँदा पाँच जनाको उद्धार गरिएको उल्लेख गर्दै एक जना अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । मियाकोजिमा कोस्ट गार्ड कार्यालयलाई स्थानीय समय अनुसार बिहान करिब ८ः१५ बजे आगलागीको खबर प्राप्त भएको थियो । पछि, जापान कोस्ट गार्डको एउटा विमानले घटनास्थल नजिकै लाइफ ...

पत्रकारमाथि धरपकडबारे रविकिरणको टिप्पणी : विनाशकाले विपरीत बुद्धि
काठमाण्डु- जेन-जी अगुवा रवि किरण हमालले सञ्चारगृहभित्र प्रहरी पठाएर पत्रकार पक्राउ गर्ने घटनाप्रति आपत्ति जनाउँदै यस्तो राज्यीय व्यवहार तत्काल बन्द गर्न माग गरेका छन्। पत्रकारमाथि प्रहरीको धरपकड र सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको घटनाक्रम सार्वजनिक भइरहेका बेला हमालले सत्ता आलोचनादेखि डराएर प्रेस स्वतन्त्रतामाथि प्रहार गर्नु लोकतन्त्रविरुद्धको कदम भएको बताएका हुन्। उनले राज्यका सम्पूर्ण संयन्त्र कार्यपालिका, व्यवस्थापिका […] ...

डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेत पक्राउ
काठमाडौँ। प्रहरीले अनलाइन सञ्चार माध्यम डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । इनम सापकोटा र न्यायाधीश हरि फुयाँलबिचको... ...

गम्भीर तनावमा रहेको भन्दै इस्टुले मागिन् माफी र सहयोग
काठमाडौं । चर्चित कन्टेन्ट क्रियटर इस्टु कार्कीले आफू पछिल्लो समय गम्भीर मानसिक तनावबाट गुज्रिरहेको भन्दै सार्वजनिक रूपमा सहयोगको अपिल गरेकी छन्। उनले आफूलाई कसैले दुःख दिइरहेको र ब्ल्याकमेलिङ गरिरहेको हुन सक्ने संकेत गरेकी छन्। टिकटक लाइभमा भावुक हुँदै उनले केही दिनयता आफ्नो जीवनमा अनौठा घटना भइरहेको बताएकी छन्। आफूलाई यस्तो अवस्थामा पुर्याउनुको कारण बुझ्न नसकेको बताउँदै उनले सम्बन्धित व्यक्तिलाई आफूबाट कुनै ...


