Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको घुइँचो

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको घुइँचो

Share:WhatsAppFacebookX (Twitter)Telegram
महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको घुइँचो

काठमाडौं । बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ। बिहानैदेखि चालक तथा सवारीधनीहरू मोटरसाइकल, कार, ट्याक्सी र बसलगायत सवारीसाधन लिएर पूजाआराधनाका लागि मन्दिर पुगेका छन्। मन्दिर परिसरमा सवारीसाधनमा टीका लगाउने, पूजा गर्ने र प्रसाद ग्रहण गर्नेहरूको चहलपहल देखिएको छ। महानवमीका दिन निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ। यस दिन सवारीसाधन र औजारको पूजा गर्दा काममा सफलता मिल्ने, दुर्घटनाबाट सुरक्षा प्राप्त हुने तथा व्यवसायमा प्रगति हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका आधारमा यातायात व्यवसायी, चालक, मिस्त्री, प्राविधिक तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तिहरूले महानवमीमा आफ्ना सवारीसाधन र औजारको पूजा गर्ने गर्छन्। पूजा गर्न आउने भक्तजनको चहलपहल बढेसँगै भद्रकाली मन्दिर आसपासका क्षेत्रमा बिहानैदेखि सवारीसाधनको आवागमनसमेत बाक्लिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार
ताजा खबरJust now

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौं।जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएका जनाएको छ। निजको उद्धारमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो। राष्ट्रिय महिला सशक्तिकरण परियोजनाले आपतकालीन सहयोग आवश्यक पर्ने महिलालाई सक्दो ...

नेपालन्युज
दशैंमा कस्ता बिरामीहरुले खानेकुरामा के कसरी ध्यान दिने ? (भिडिओ)
ताजा खबरJust now

दशैंमा कस्ता बिरामीहरुले खानेकुरामा के कसरी ध्यान दिने ? (भिडिओ)

काठमाडौं । दशैंलाई नेपालीहरुले खानपिन र रमाइलोको रुपमा लिने गर्छन् टिका, जमरा, पिङ भेटघाट रमाइलो भन्दा पनि दसैंको समयमा सबैभन्दा पहिला खानेकुराका विभिन्न परिकारहरुको कुरा नै आउँछन। दशैंको समयमा मानिसहरु बढी मात्रामा खानपिन गर्ने भएकाले निरोगी मानिस समेत रोगी हुन्छन्। झन् दीर्घ रोग लागेकाले खानपिनमा ध्यान नदिँदा बिरामीलाई गम्भिर अवस्थामा अस्पतालमा पुर्यानउनु परेका थुप्रै उदाहरणहरु पनि पाइन्छन छन। भेटघाट, रमाइलो भन्दा पनि ...

कर्पोरट खबर
गाउँघरमा ‘चचहुई..चचहुई’को रौनक हराउँदै
ताजा खबरJust now

गाउँघरमा ‘चचहुई..चचहुई’को रौनक हराउँदै

• काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित चुरीथुम्कामा दशैंको समयमा परम्परागत लिङ्गे पिङको चहलपहल कम भएको छ। • विगतका वर्षहरूमा पिङ खेल्नको लागि लामो लाइन लाग्ने गर्दथ्यो, तर यस वर्ष मानिसको अभावले पिङ सुनसान भएको छ। • वैदेशिक रोजगारी र मोबाइलको आकर्षणले गर्दा युवापुस्ताको गाउँबाट बाहिरिनु र पिङको संस्कृति घट्दै गएको स्थानीयहरूको भनाइ छ। ...

नेपालबहस
पुटिन र सीसँग त्रिपक्षीय वार्ता गर्न डोनाल्ड ट्रम्प तयार
ताजा खबरJust now

पुटिन र सीसँग त्रिपक्षीय वार्ता गर्न डोनाल्ड ट्रम्प तयार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन् । उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने संकेत गरेका हुन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play