Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा

भक्तपुर।विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिए। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले सेतो जामा लगाई खड्ग, ढाल, भाला, तरबारलगायतमा युद्धमा प्रयोग हुने हतियार हातमा बोकेर नगरका विभिन्न टोलमा युद्ध गरे जस्तै गरी तत्कालीन समयको युद्धकला प्रदर्शन गरिएको छ। लायकु दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल) को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल) को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो। जात्रामा दसैंको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्ड लिएर नगर परिक्रमा गराइएको पमा नाइके श्रेष्ठले बताए। विशेष गरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहने गर्दछ। जात्रामा महानवमीको राति तलेजुमा महिषासुर राक्षसको प्रतिकका रूपमा बलि दिइएको खःम्येको (राँगाको) टाउकोको समेत प्रर्दशनी गरी असत्य माथि सत्यको जित र अधर्ममाथि धर्मको जित भएको खुसीयालीमा महिषासुर दैत्यको छेदन गरिएको शिर र खुसीयालीमा युद्ध कला प्रर्दशन गर्दै नगर परिक्रमा गरिएको उनले बताए। जात्राका अवसरमा बालकुमारी कालो ढुङ्गाको प्वालमा राखेर पमा नाइके श्रेष्ठले भुइफर्सी (कुभिन्डो) मार हानेर बलि दिइन्छ। बलि दिइएको कुभिन्डो प्रसादको रूपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेकाले कुभिण्डो लिनेको भीड लाग्ने गर्दछ। जात्राको अन्तिममा भुइफर्सी (मार हान्ने) भएकाले यसलाई भुइफर्सी पालेगु जात्रा पनि भन्ने गरिएको स्थानीयले अर्जुन श्रेष्ठले जानकारी दिए। जात्रा अवलोकनका लागि स्थानीयवासीदेखि बिभिन्न ठाउँबाट आएकाहरुको ठूलो भीड लागेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैंमा सुनसान बन्यो पाथीभरा
ताजा खबरJust now

दसैंमा सुनसान बन्यो पाथीभरा

साहारा लिम्बूफुङलिङ, कात्तिक ५ गते । विगतका वर्षमा नवरात्र सुरु भएसँगै दर्शनार्थीको घुइँचो लाग्ने ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर यस वर्षको दसैंमा सुनसानजस्तै बन... ...

गोरखापत्र
प्रहरीको निःशुल्क बस सेवा शुक्रबारसम्म जारी, तीन हजार यात्रु लाभान्वित
ताजा खबरJust now

प्रहरीको निःशुल्क बस सेवा शुक्रबारसम्म जारी, तीन हजार यात्रु लाभान्वित

बडादशैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट ...

हाम्राकुरा
लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’
ताजा खबरJust now

लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’

काठमाडाैँ । नेपालसहित ३० भन्दा बढी देशमा रेमिट्यान्स सेवा दिँदै आएको अन्तर्राष्ट्रिय डिजिटल वित्तीय प्लेटफर्म लेम्फीले आफ्नो इतिहासकै सबैभन्दा ठुलो उत्पादन विस्तार गरेको छ । कम्पनीले बेलायतमा बचत र क्रेडिट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play