Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

ममता भट्ट प्रकरणले लियो नयाँ मोड : शव टुक्राटुक्रा पारेको कबुलसँगै नरेशलाई कति वर्ष होला जेल सजाय ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
ममता भट्ट प्रकरणले लियो नयाँ मोड : शव टुक्राटुक्रा पारेको कबुलसँगै नरेशलाई कति वर्ष होला जेल सजाय ?
Photo / Coverage: जनताटाइम्स

अमेरिका (भर्जिनिया), कात्तिक २४ । अमेरिकाको भर्जिनियामा नेपाली समुदायलाई स्तब्ध बनाएको ममता काफ्ले भट्ट बेपत्ता तथा मृत्यु प्रकरणले श्रीमान् नरेश भट्टको पछिल्लो बयानसँगै नयाँ मोड लिएको छ । दुई वर्षभन्दा लामो समयदेखि ममताको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताउँदै आउनुभएका पति नरेशले अहिले भने आफ्नै घरमा ममताको मृत्यु भएको र आफूले शव टुक्राटुक्रा पारेको अदालतमा बयानको क्रममा स्वीकार गर्नुभएको छ । यद्यपि, भट्टले ममताको हत्या गरेको आरोप भने अस्वीकार गर्दै आउनुभएको छ । बिल्कुलै फरक देखियो दुई वर्षअघिको बयान र अहिलेको दाबी ममता बेपत्ता भएपछि नरेशले प्रहरी तथा सञ्चारमाध्यमसँग कुरा गर्दै श्रीमती घरबाट निस्किएर गएको र न्यूयोर्क वा टेक्सास पुगेको हुन सक्ने बताउनुभएको थियो। उहाँले ममताको अवस्थाबारे आफूलाई कुनै जानकारी नभएको दाबी गर्नुभएको थियो।तर, नोभेम्बर ४ र ५ मा अदालतमा बयान दिने क्रममा उहाँले त्यसअघिको भनाइभन्दा फरक विवरण प्रस्तुत गर्नुभयो । नरेशका अनुसार, सन् २०२४ जुलाई ३० को बिहान करिब ४ बजे उहाँ घरको सुत्ने कोठामा पुग्दा ममता भुइँमा अचेत अवस्थामा हुनुहुन्थ्यो । उहाँको शरीर र भुइँमा बान्ता रहेको, बान्तामा औषधिका गोली देखिएको तथा नजिकै विषादीका बोतल रहेको नरेशले अदालतमा दाबी गर्नुभयो । ममताले आत्महत्या गरेको हुन सक्ने ठानेर आफूले करिब ४५ मिनेटदेखि एक घण्टासम्म बचाउने प्रयास गरेको नरेशको भनाइ छ । तर, उहाँले प्रहरीलाई ९११ नम्बरमा फोन गरेर घटनाबारे जानकारी नगराएको स्वीकार गर्नुभएको छ। बरु, डर र त्रासका कारण ममताको शव लुकाउने निर्णय गरेको नरेशले अदालतमा बताउनु भयो। आराको प्रयोग गरी शव टुक्राटुक्रा पारेको स्वीकार अदालतमा नरेशको बयानको सबैभन्दा गम्भीर पक्ष उहाँले आराको प्रयोग गरी ममताको शव टुक्राटुक्रा पारेको स्वीकार गर्नु हो।उहाँका अनुसार, शवलाई सानो टुक्रामा विभाजन गरी फोहोरका थैलामा राख्नुभएको थियो। त्यसपछि घरको नियमित फोहोर व्यवस्थापनमार्फत ती थैला बाहिर पठाउनुभएको थियो। यो काम एकदेखि डेढ दिनको अवधिमा गरेको उहाँले बयान दिनुभएको छ। ममताको मृत्युबारे प्रहरीलाई जानकारी नदिएको र शव लुकाएको कार्य आफूले डरका कारण गरेको नरेशको दाबी छ। तर, उहाँले ममताको हत्या नगरेको र जीवनमा कहिल्यै शारीरिक हानि नपु¥याएको जिकिर गर्नुभएको छ। अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाण अभियोजन पक्षले नरेशले ममताको मृत्यु आत्महत्याका कारण भएको हुन सक्ने भनी गर्नुभएको दाबीमाथि प्रश्न उठाउँदै अदालतमा विभिन्न प्रमाण प्रस्तुत गरेको छ। घरको सुत्ने कोठामा भेटिएको रगत ममताकै भएको सम्भावना अत्यन्त बलियो रहेको फरेन्सिक विज्ञले अदालतमा बताएका थिए। त्यसैगरी, आरामा भेटिएको रगत तथा डीएनए, निगरानी क्यामेराका दृश्य, फोहोरका थैला र ममताले विगतमा पठाउनुभएका चोटपटकका तस्बिरलाई पनि अभियोजन पक्षले महत्त्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गरेको छ। ममताका दाजु महेश काफ्लेले पनि अदालतमा बयान दिँदै बहिनी बेपत्ता हुनुभन्दा केही महिनाअघि अनुहारमा चोट लागेको तस्बिर आफूलाई पठाउनुभएको बताएका छन्। अभियोजन पक्षले नरेशले विगतमा प्रहरी, आफन्त र साथीहरूलाई दिनुभएका बयान तथा अहिले अदालतमा प्रस्तुत गर्नुभएको विवरणबीच देखिएको विरोधाभासलाई समेत मुद्दाको महत्त्वपूर्ण पक्षका रूपमा उठाएको छ। नरेशलाई कति वर्षसम्म हुन सक्छ जेल सजाय ? नरेश भट्टमाथि मुख्यतः तीनवटा अभियोग लगाइएको छ। १. प्रथम श्रेणीको हत्या (First–Degree Murder) यो सबैभन्दा गम्भीर अभियोग हो। भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा दोषी ठहरिएमा जन्मकैदसम्मको सजाय हुन सक्छ। तर, यस अभियोगमा दोषी ठहर गर्न अभियोजन पक्षले कानुनले तोकेको आवश्यक तत्त्व र प्रमाण स्थापित गर्नुपर्ने हुन्छ। २. मृत शरीर लुकाउने (Concealing a Dead Body) मृत्यु भएको जानकारी लुकाउने, शवको अवस्थिति लुकाउने वा शव फेला पर्न नदिने उद्देश्यले गरिएको कार्यसँग सम्बन्धित अभियोग हो। नरेशले शव लुकाएको र फोहोरका थैलामार्फत बाहिर पठाएको स्वीकार गर्नुभएको बयान यस अभियोगका सन्दर्भमा महत्त्वपूर्ण हुन सक्छ। ३. मृत शरीरको अपमान गर्ने (Physically Defiling a Dead Body) मृत शरीरलाई अनुचित रूपमा व्यवहार गर्ने वा त्यसको अपमान गर्ने कार्यसँग सम्बन्धित अभियोग हो। आराको प्रयोग गरी शव टुक्राटुक्रा पारेको स्वीकारोक्तिलाई अभियोजन पक्षले यस अभियोगसँग जोड्न सक्छ। नरेशले यी तीनवटै अभियोगमा आफू निर्दोष रहेको दाबी कायम राख्नुभएको छ। यद्यपि, अदालतमा उहाँले शव टुक्राटुक्रा पारेको र लुकाएको कार्य स्वीकार गर्नुभएको छ। यसैबीच, अभियोजन पक्षले दोस्रो श्रेणीको हत्या (क्भअयलम–म्भनचभभ ःगचमभच) लाई पनि जूरीसमक्ष विचार गर्न सकिने वैकल्पिक अभियोगका रूपमा अघि सारेको छ। भर्जिनियाको कानुनअनुसार दोस्रो श्रेणीको हत्यामा दोषी ठहरिएमा पाँचदेखि ४० वर्षसम्म कैद सजाय हुन सक्छ। यसर्थ, नरेशलाई कति वर्ष सजाय हुन्छ भन्ने कुरा जूरीले कुन अभियोगमा दोषी ठहर गर्छ र अदालतले त्यसपछि कस्तो सजाय निर्धारण गर्छ भन्नेमा निर्भर रहनेछ। अहिले नै उहाँलाई निश्चित वर्षको सजाय हुने निष्कर्ष निकाल्न सकिँदैन। अब जूरीको निर्णयको प्रतीक्षा नोभेम्बर २ मा अभियोजन पक्षले आफ्ना प्रमाण र साक्षी प्रस्तुत गर्ने काम पूरा गरेको थियो। त्यसपछि प्रतिरक्षा पक्षले आफ्नो बचाउ प्रस्तुत गर्न सुरु गरेको हो। नोभेम्बर ५ मा नरेशको बयानपछि नोभेम्बर ९, सोमबारदेखि सुनुवाइ पुनः सुरु भएको छ। अब अदालतमा अन्तिम बहस र जूरीको निर्णयको चरण नजिकिँदै गएको छ। ममताको शव अहिलेसम्म फेला परेको छैन भने उहाँको मृत्युको वास्तविक कारण पनि अदालतबाट स्थापित भइसकेको छैन। दुई वर्षभन्दा लामो समयसम्म बेपत्ता रहनुभएकी ममताको मृत्यु भएको र शव टुक्राटुक्रा पारिएको स्वीकारोक्ति आउनु यो मुद्दाको महत्त्वपूर्ण मोड हो। तर, ममताको मृत्यु आत्महत्याका कारण भएको हो वा उहाँको हत्या गरिएको हो भन्ने मुख्य प्रश्नको निरूपण हुन अझै बाँकी छ। ममताको परिवार र न्यायको प्रतीक्षामा रहेका नेपाली समुदायका लागि अब अदालतको निर्णय महत्त्वपूर्ण हुनेछ। ममताको मृत्युको वास्तविकता सार्वजनिक होस् र दोषी प्रमाणित हुने व्यक्तिले कानुनअनुसार सजाय पाऊन् भन्ने अपेक्षासहित नेपाली समुदाय अहिले मुद्दाको अन्तिम निष्कर्षको प्रतीक्षामा छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार
PoliticsJust now

विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार

‘चार वर्ष भयो भाइटिकामा बहिनीहरुसँग टिका नलगाएको । यस पटक त नेपाल गएर टिका लगाउन पाइन्छ कि भनेर योजना बनाउँदै थिए तर सम्भव भएन’, लण्डनमा बसोबास गर्ने बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगिरथ योगी तिहार सम्झदै न्यास्रो मानिरहेका छन् ।  दाङ घोराहीका स्थायी बासिन्दा पत्रकार योगी पेशाका शिलशिलामा विदेश बस्न थालेका थुप्रै भयो । उनी सम्भव भएसम्म नेपाल आउन खोज्छन् । ...

फरकधार
प्रदेशको बाहुल्यतामा रहेका भाषा र संस्कृतिको प्रवर्द्धन गर्नु संघीयताको सुन्दर पक्ष : मुख्यमन्त्री किरण थापामगर
PoliticsJust now

प्रदेशको बाहुल्यतामा रहेका भाषा र संस्कृतिको प्रवर्द्धन गर्नु संघीयताको सुन्दर पक्ष : मुख्यमन्त्री किरण थापामगर

काठमाडौं, कात्तिक २४ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संघीयताको सुन्दर पक्ष भनेकै प्रदेशमा रहेका विभिन्न जातजाति, भाषा, संस्कृति र मौलिक पहिचानलाई राज्यले सम्मान गर्दै संरक्षण र प्रवर्द्धनका लागि प्राथमिकता दिनु रहेको बताउनुभएको छ। नेपाल संवत् ११४७ को अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रदेशमा जुन जाति र भाषाको बाहुल्यता छ, त्यसको संरक्षण, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले ...

जनताटाइम्स
तिहार सम्झँदै कलाकार : कसैलाई बाल्यकालको सम्झना, कसैलाई झिलिमिलीको रमाइलो
PoliticsJust now

तिहार सम्झँदै कलाकार : कसैलाई बाल्यकालको सम्झना, कसैलाई झिलिमिलीको रमाइलो

कलाकार प्रदीप पौडेललाई तिहार भन्नेबित्तिकै बाल्यकालमा देउसीभैलो खेलेका दिन सम्झना आउँछ । परिवार र छिमेकी मिलेर देउसीभैलो खेल्न जाँदा उनलाई भट्याउन लगाइन्थ्यो । अहिले पनि ती दिन सम्झँदा उनलाई रमाइलो लाग्छ । यसपटक भने विदेशमा बस्ने उनकी बहिनी तिहार मनाउन नेपाल आउँदै छिन् । त्यसैले प्रदीपका लागि यस वर्षको तिहार परिवारसँग भेटघाट गर्ने अवसर पनि बनेको छ । उनले तिहारमा पछिल्लो ...

फरकधार
विश्वव्यापी तापक्रम वृद्धिको चेतावनी, नेपालमा बढ्दो जोखिम
PoliticsJust now

विश्वव्यापी तापक्रम वृद्धिको चेतावनी, नेपालमा बढ्दो जोखिम

विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती थपिरहेका बेला सोमबारदेखि टर्कीएको अन्ताल्यामा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा जलवायु सङ्कटको गम्भीरता र त्यसको सामना गर्ने उपायबारे गम्भीर मन्थन र बहस सुरु भएको छ । बढ्दो तापक्रम, चरम मौसमी घटना र जलवायुजन्य विपद्ले पृथ्वीको पारिस्थितिकीय सन्तुलन र मानव अस्तित्वमै चुनौती थपिरहेका बेला त्यसको सामना गर्न विश्व समुदायले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play