मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरेको छ । टानले आज एक सूचना जारी गरी बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँच मार्ग, पदमार्गका खण्ड, पुल तथा टि हाउस लज धार्चे र चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मतसम्भार गरेसँगै आशिंक रूपमा सञ्चालनमा आएको जनाएको छ । उक्त पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएसँगै सतर्कता अपनाएर पदायात्रा गर्न टानले सबै पदयात्रीलाई आग्रह गरेको छ । उक्त पदयात्रा सञ्चालनमा आएसँगै मनास्लु लार्केपास पदमार्ग पुनः सञ्चालनमा आएको हो । पदयात्रीले माछाखोला सम्म सवारीसाधनमार्फत पुगेर जगत, न्याकफेदी र लार्केपास तर्फको यात्रा गर्न सक्ने टानले जनाएको छ । यस्तै, यारु बगरको नियमित पदमार्गमा केही अफ्ठयारो बाँकी रहेकाले १० मीनेटको बैकल्पिक मार्ग प्रयोग गर्नसमेत टानले आग्रह गरेको छ । कठिन रहेकाले पदमार्गको खण्ड निर्माणका लागि धार्चे र चुमनुब्री गाउँपालिकाले काम गरिरहेको टानले जनाएको छ । टानका अनुसार उक्त पदमार्गमा पर्ने क्यान्टिलिभर पुल भत्किएपछि चुम उपत्यका पदयात्रा मार्ग हाल बन्द रहेको छ । पुल मर्मतको काम जारी रहेकाले करिब एक साताभित्र पदमार्ग पुनः सञ्चालनमा आउने गोरखा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुलायस्तै, लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि खुला रहेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको टानले जनाएको छ । पहिलो विकल्पअनुसार काठमाडौँ हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याप्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ । यसैगरी, दोस्रो विकल्पमा काठमाडौँ–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड– ठूलोस्याप्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ । टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

प्रदर्शनमा आयो कबड्डी–५, ओपनिङ उत्साहजनक
दसैंको रौनक बाँकी रहँदै कबड्डीको पाँचौँ शृङ्खला प्रदर्शनमा आएको छ । रामबाबु गुरुङ निर्देशित यो फिल्मले देशभरका सिनेमाघरमा सर्वाधिक शो पाएको छ । र, सुरुवाती अकुपेन्सी उत्साहजनक देखिएको छ । अधिकांश हलका सिट हराभरा देखिएका छन् । ठ्याक्कै १२ वर्षअघि ‘कबड्डी’ प्रदर्शनमा आएको थियो । त्यसैको सिलसिला हो, कबड्डी–५ पनि । यसलाई ‘आफ्टर द फाइनल… ...

भक्ति थापाको त्यो वीरगति
७३ वर्षको उमेर, आराम गरेर बस्नुपर्ने वृद्धावस्था; तर उनी खुँडा र खुकुरीको भरमा देउथलको उकालो चढ्दै अङ्ग्रेज फौजको तोप खोस्न जाइलागे। नेपाली इतिहासमा आफूलाई अमर बनाएका सरदार भक्ति थापाले जब युद्ध मैदानमा अन्तिम सास फेरे, उनी चरम आर्थिक सङ्कटबाट भर्खरै मात्र मुक्त भएका थिए। ...

बेनी–जोमसोम सडक मर्मतपछि पर्यटकको चहलपहल बढ्यो
म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ। अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउन आएका पर्यटकहरूको बाक्लो उपस्थिति देखिएको हो। घोडेपानी, पुनहिल, खोपारा, सिङ्गा तातोपानी, भुरुङ्ग–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से र गलेश्वर लगायतका पर्यटकीय स्थलमा बिहीबारदेखि पर्यटकको आगमन सुरु भएको स्थानीय व्यवसायीहरूले बताएका छन्। बेनी नगरपालिका–९ गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यले दसैँको टिकालगत्तै पर्यटक आगमन ...

निर्दलीय निर्वाचनले स्थानीय सरकारलाई साँच्चै जवाफदेही बनाउला ?
स्थानीय तहको निर्वाचन निर्दलीय बनाउने प्रस्ताव स्थानीय लोकतन्त्र, नागरिक अधिकार र सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले यसलाई समर्थन वा विरोधको भावनाबाट मात्र होइन, सम्भावित लाभ, जोखिम र दीर्घकालीन लोकतान्त्रिक प्रभावका आधारमा मूल्याङ्कन गर्नुपर्छ। ...


