Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

काठमाडौँ । ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अनपाएर यात्रा गर्न आग्रह गरेको छ । टानले आज एक सूचना जारी गरी बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टि हाउस लज धार्चे र चुमनुब्री गाउँपालिकाले संयुक्त रुपमा मर्मतसम्भार गरेसँगै आशिंक रुपमा सञ्चालनमा आएको जनाएको छ । उक्त पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएसँगै सर्तकता अनपाएर पदायात्रा गर्न टानले सबै पदयात्रीलाई आग्रह गरेको छ । उक्त पदयात्रा सञ्चालनमा आएसँगै मनास्लु लार्केपास पदमार्ग पुनः सञ्चालनमा आएको हो । पदयात्रीले माछाखोला सम्म सवारीसाधनमार्फत पुगेर जगत, न्याकफेदी र लार्केपास तर्फको यात्रा गर्न सक्ने टानले जनाएको छ । यस्तै, यारु बगरको नियमित पदमार्गमा केही अफ्ठयारो बाँकी रहेकाले १० मीनेटको बैकल्पिक मार्ग प्रयोग गर्नसमेत टानले आग्रह गरेको छ । कठिन रहेकाले पदमार्गको खण्ड निर्माणका लागि धार्चे र चुमनुब्री गाउँपालिकाले काम गरिरहेको टानले जनाएको छ । टानका अनुसार उक्त पदमार्गमा पर्ने क्यान्टिलिभर पुल भत्किएपछि चुम उपत्यका पदयात्रा मार्ग हाल बन्द रहेको छ । पुल मर्मतको काम जारी रहेकाले करिब एक साताभित्र पदमार्ग पुनः सञ्चालनमा आउने गोरखा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुलायस्तै, लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि खुला रहेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको टानले जनाएको छ । पहिलो विकल्पअनुसार काठमाडौँ हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याप्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ । यसैगरी, दोस्रो विकल्पमा काठमाडौँ–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड– ठूलोस्याप्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ । टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सुपर टाइफुन चाम्पी ताइवानतर्फ अघि बढ्दा पूर्वी एसियामा सयौँ उडान रद्द
ताजा खबरJust now

सुपर टाइफुन चाम्पी ताइवानतर्फ अघि बढ्दा पूर्वी एसियामा सयौँ उडान रद्द

ताइपेई । शक्तिशाली समुद्री आँधी ‘सुपर टाइफुन चाम्पी’ ताइवानतर्फ अघि बढेपछि पूर्वी एसियामा सयौँ हवाई उडान रद्द गरिएका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै ताइवानमा विद्यालय, सरकारी कार्यालय र सेयर... ...

रातोपाटी
असोजमा कास्कीमा ५९ सवारी दुर्घटना :  ११ जनाको मृत्यु
ताजा खबरJust now

असोजमा कास्कीमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो... ...

रातोपाटी
चीनको सिजाङमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु, ३२ घाइते
ताजा खबरJust now

चीनको सिजाङमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु, ३२ घाइते

• दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्पले १६ जनाको मृत्यु र ३२ जना घाइते भएका छन्। • भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन् र उद्धार तथा राहत कार्य जारी छ। • ३०० भन्दा बढी प्रहरी र ३४७ जनाको उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको छ। ...

नेपालबहस
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
ताजा खबरJust now

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन् । गाउँका धेरै युवाहरू वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play